माछापुच्छ्रे बैंकद्वारा शितलहर पीडितहरुलाइ कम्बल बितरण
बिजनेसपाटी ११ माघ ।
संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्ने क्रममा बुधबार महोत्तरीको बर्दिबास नगरपालिका ३ स्थित गौरीबासका शितलहर पीडितहरुलाई माछापुच्छ«े बैंक लिमिटेड बर्दिबास शाखाले ६० घरपरिवारलाई कम्बल वितरण गरेको छ ।
बर्दिबास नगरपालिकाका मेयर बिदुरकुमार कार्की र बैंकका बर्दिबास शाखा प्रबन्धक रमेश अधिकारीले एकल महिला देखि शितलहरबाट पीडित पर्साहिधाप, राजाबास, कालापानी, गौरीबास, पाटु, भब्सी र गौरीडाँडाका गरिब तथा विपन्न स्थानीयहरुलाई ६० थान न्यानो कम्बल वितरण गरे ।
माछापुच्छ«े बैकले नेपाल अधिराज्यभर छरिएर रहेका आफ्ना शाखा कार्यालयहरु मार्फत देशको सामाजिक, आर्थिक, शैक्षिक तथा खेलकुद लगायतका क्षेत्रको बिकासमा उल्लेख्य योगदान गर्दै आएको छ । साथै भविष्यमा पनि यस्ता कार्यक्रमहरु जारी रहने बैकले विज्ञप्ती मार्फत जनाएको छ ।
बैकले पुर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमालदेखि पहाड, र तराईसम्म आफ्ना ६४ वटा शाखाहरु, २ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत १३ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा ७९ स्थानवाट ग्राहक महानुभावहरुमा सम्पुर्ण बंैकिङ्ग सुबिधा प्रदान गरिरहेको छ । साथै बंैकको देशभर ८६ वटा एटीएमहरु संचालनमा रहेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया