माछापुच्छ्रे बैंकलाई ३ अर्वको ऋणपत्र जारी गर्न इक्रा रेटिङ्ग

बिजनेसपाटी २३ असार ।
माछापुच्छ्रे बैंक लिमिटेडले आइसिआरएएन–आइआर–ए–माइनस (ICRANP-IR ‘A-‘) रेटिङ्ग प्राप्त गरेको छ । आइसिआर नेपालले प्रदान गर्ने उक्त रेटिङ्गले माछापुच्छ«े बैंक लिमिटेड लगानीका लागि जोखिममुक्त बैंक रहेको जनाउदँछ । आइसिआर नेपालले नेपालका वित्तिय संघसंसथाहरुमा क्रेडिट रेटिङ्ग सम्बन्धमा समयसमयमा विभिन्न अध्ययन अनुसन्धानहरु गर्दै आएको छ । माछापुच्छ«े बैंक लिमिटेडले (ICRANP-IR ‘A-‘) रेटिङ्ग प्राप्त गरेपछि ३ अर्व ऋणपत्र जारी गर्नका लागि बाटो खुलेको छ । बैंकले श्रावणको पहिलो साताबाट रु. ३ अर्व बराबरको ऋणपत्र बजारमा ल्याउदै छ ।
माछापुच्छ्रे बैंक लिमिटेडले पूर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड र तराई गरी सातै प्रदेशमा आफ्ना ११९ वटा शाखाहरु र ११२ शाखारहित बैकिङ्ग सेवा समेत गरी जम्मा २३१ स्थानवाट करिब ७ लाख ग्राहक महानुभावहरुमा सम्पुर्ण बंैकिङ्ग सुबिधा प्रदान गरिरहेको छ । साथै, बंैकको देशभर १४१ वटा एटीएमहरु संचालनमा रहेको छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया