माथिल्लो कर्णाली बारे प्रधानमन्त्री किन चुप !

 

बिजनेसपाटी सम्बाददाता,

२८जुन, सिड्नी, अस्ट्रेलिया

सिड्नी निवासी समाजसेवी तथा पत्रकार श्री तिर्थ खतिवडा माथिल्लो कर्णालीको बारेमा के भन्नु हुन्छ त ? वहाँले बिजनेसपाटीलाई दिनुभयको यो रिपोर्ट जस्ताको त्यस्तै!

के पी ओलीले पद ग्रहण गरेको दिन सिड्नीको अबर्नमा रहेको एक नेपाली रेस्टुरामा हामी केहि साथीहरुले १ ,२ ग्लास ठर्रा पियौ, तेस्पछि नजिकैको आरएसलमा गयर अरु १ / १ ग्लास थप्यौ | ठर्रा पिएर खुसियाली मनाउन हामि भेला भएका थियनौ | एउटा बिसेस बैठकको लागि भेट्ने कार्यक्रम पहिला नै तय भयको थियो | बैठक सकिय पछि कति साथीहरु घर गए | हामि ८ / १० जना बसेर १,२ ग्लास पिउने रह गर्यौ | पिउदै गर्दा एक जना साथीले बडो गर्बका साथ भने “बुढाले केहि गर्दछन, उनलाई मैले नजिकै बाट चिनेको छु | बुढालाई देशको निकै चिन्ता छ | उनको स्वास्थ्यमा समस्या पनि छ | उनले कसैको लागि कमाउनु पर्ने छैन तसर्थ बुढाले नेपाल बनाउदछन | अब नेपाल बन्दछ ” बढो धाक लगाउदै भने उनले | तर तत्कालै प्रतिबाद गर्दै मैले भने “बुढाले केहि गर्न सक्दैनन्,अहिलेको परिस्थितिमा त्यो सम्भब नै छैन| बुढाका अगाढी निकै चुनौती छन | आफ्नै पार्टिका कार्यकर्ता तथा नेता र अरु दलको सहयोग र समर्थनले ठुलो भूमिका निर्बाह गर्दछ |” केहि साथीले मलाइ साथ दिए केहिले मेरो साथीलाई | म बाहेकका अरु सबै साथीहरु कुनै न कुनै दलमा संग्लग्न थिए |kar

मिश्रित प्रतिक्रिया आयो, एकछिन गफिए पछि हामि बाटो लागेउ | मैले के पी ओलीले खासै केहि गर्न सक्दैनन भनेर प्रतिबाद गर्नुका पछाडी धेरै कारण छन | त्यो मध्ये एउटा प्रमुख कारण हो “केहि गर्नलाई या परिबर्तन ल्याउनलाई कम्तिमा पनि टिम चाहिन्छ, स्रोत र साधन चाहिन्छ, तेसको सहि ब्यबस्थापन चाहिन्छ | चाहे राम्रो परिबर्तन ल्याउन होस् चाहे नराम्रो परिबर्तन ल्याउन होस्, एक्लै गाह्रो छ | अर्थमन्त्री हुदा राम्रै काम गरेका बाबुराम भट्टराइले प्रधानमन्त्री हुदा बजेट सम्म पास गराउन सकेनन | तसर्थ के पी ओली एक्लैले चाहेर पनि धेरै काम गर्न सक्दैनन | यो सबैले बुझेको नै कुरो हो | तर समय बित्दै जादा धेरैले के पी ओलीलाइ रास्ट्रबादि नेताको रुपमा पनि उभ्याए | बिसेस गरेर एमालेहरुले | ठिकै हो मन परेको कुराको गुनगान गाउनु र मन नपरेका मान्छेको कुरा काट्नु |

तर अस्ति ” प्रधानमन्त्रि संग सिधा कुरा” मा गरियको प्रश्नमा “माथिल्लो कर्णाली” को बारेमा प्रधानमन्त्रीले दियको उत्तरले भने सबै नेपालीको मन निकै दुखेको छ | किनकि प्रम ले हामीलाई सिधै उल्लु बनाउन प्रयास गरे | प्र मले कसरि उल्लु बनाए त ? पुल्चोक इन्जिनीयिरिंग क्याम्पसका प्रोफेसर हरि पण्डितले उक्त कार्यक्रम हेरेपछि सामजिक संजालामा गरेको टिप्पणी हेर्नुहोस | प्रोसेसर पण्डितले उक्त भिडियो सेयर गर्दै यस्तो प्रतिक्रिया गरेका छन् | (स्मरण रहोस प्रोफेसर पण्डित “माथिल्लो कर्णाली” बचाउन शुरुका दिन देखि नै लागि परेका छन् |) PDA गर्नु भन्दा करिब ८ महिना पहिले ब्यक्तिगत/सामुहिक रुपमा भेटेर तत्कालिन मुख्य सचिब, लगानी बोर्ड, गगन थापा, योजना आयोग उपाध्यक्ष,डा. गोबिन्द पोख्रेल, हालका अर्थ मन्त्री, बिष्णु पौडेल, डा. बाबुराम भट्टराई ( लिखित पत्र), प्र म सुशील कोइरालाका सल्लाहकार लाई मैले मात्र होइन, विश्व बैंकको सहयोगमा भएको अध्ययनले ४१८० को जलाशय देखएको छ, त्यो नमासिने गरेर संझौता गर्नुपर्छ भनेर खबरदारी गरेको हो। सबैले त्यसमा समर्थन जनाए तर मुख्य सचिब लिलामणी पौडेल बाहेक कसैले पनि पछि यो बिषय उठाएनन। त्यसैले यो त्यो बेला थाहा थिएन भन्नू मिल्दैन प्रमज्यु। के पी ओली एक्लैले “माथिल्लो कर्णाली” सम्झौता को न त बिरोध गर्ने सामर्थ्य राख्दछन न त रद्द | तर यो सम्झौता पुनराबोलाकन गरिनु पर्दछ भनेर कम्तिमा पनि संसदमा छलफल गर्न सकिन्छ |

यो सम्झौताको बारेमा आवाज उठाउन नेपालका सबै राजनीतिक दल एक ठाउमा उभिनु आवस्यक छ, जुन कल्पना पनि गर्न सकिन्न | कम्तिमा पनि कोशी ,गण्डकी र महाकाली बेच्नेहरु कर्णाली नदि बचाउन उभिदैनन | त्यो हामीलाई थाहा छ | हामीले गर्न सक्ने भनेको फटाहा नेता र दलहरुको असली औकात जनताको सामु देखाइदिने हो | हिजो कोशी, महाकाली र गण्डकी सम्झौता हुदा हामि कति त जन्मियका पनि थियनौ | ति सम्झौताको बारेमा हामीलाई केहि पनि थाहा थियन | तसर्थ ति सम्झौताको हामीले बिरोध गर्ने कुरो पनि भएन | “माथिल्लो कर्णाली” सम्झौता रास्ट्रको हितमा छ भनेर हामीले बुझ्न सकेनौ | न त कसैले हामीलाई बुझायो | तसर्थ “माथिल्लो कर्णाली” रास्ट्रको अहितमा छ भन्ने जानी जानी हामि लट्ठक भएर बस्न सक्दैनौ | “माथिल्लो कर्णाली” सम्झौता देशको हितमा छ कि छैन बुझाइदिनु पर्यो भनेर देशका प्रमलाइ सोद्दा देशका प्रमले थाहा भइ भइ पनि मलाइ थाहा नै छैन भनेर जनतालाई उल्लु बनाउनु कति सम्म उचित छ ?

फेसबुकबाट तपाईको प्रतिक्रिया