मिडास टेक्नोलोजिज सँगको सहकार्यमा धुलिखेल अस्पतालको “मोबाइल एप”सन्चालनमा

काठमाडौँ ०८ चैत्र २०७९-आइएमई समूह अन्तर्गतको मिडास टेक्नोलोजिज सँगको सहकार्यमा धुलिखेल अस्पतालले आफ्नो मोबाइल एप सन्चालनमा ल्याएको छ ।यो एपमार्फत बिरामीहरूले सजिलै र सुविधाजनक ढंगले धुलिखेल अस्पतालमॉअनलाइन अपोइन्टमेन्ट’बुकिंग गर्न र त्यहाँबाट प्रयोगशाला रिपोर्टहरू प्राप्त गर्न सक्छन् । यसले बिरामीहरूलाई अस्पतालसम्म आइपुग्न र लामो लाइनमा उभिने झन्झट हटाउँदै धेरै समय बचत गराउने छ ।

संगसंगै यो एपमार्फत नेपाल सरकारको स्वास्थ्य बीमाबोर्ड द्वारा प्रदान हुने स्वास्थ्य बीमाको सुविधा प्राप्त गर्न, निःशुल्क रुपमा अस्पताल टिकट बुक गर्ने र आफ्नो बीमा जानकारी प्राप्त गर्न समेत सकिने छ । मिडास टेक्नोलोजीद्वारा विकसित मोबाइल एप सन्चालनमा ल्याउदा सन् १९९६ देखि बिरामीलाई उत्कृष्ट सेवा प्रदान गरिरहेको धुलिखेल अस्पतालले बिरामीहरूलाई दिने सेवाहरूमा थप सुधार हुने छ ।

मिडास टेक्नोलोजिजप्रा. लि.ः मिडास टेक्नोलोजीज, आइएमई समूह अन्तर्गतको कम्पनी हो । मिडासले विकास गरेको सूचना प्रविधिमा आधारित स्वास्थ्य सेवा सूचना प्रणाली १७० भन्दा बढी अस्पतालहरूले प्रयोगमा ल्याएका छन् । सूचना प्रविधिको उपयोग बढाएर स्वास्थ्य सेवाका ेआधुनिकीकरण तथा सुधार गर्न ‘मिडास टेक्नोलोजीज’ अस्पतालहरूका लागि भरपर्दो साझेदार बनेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया