मित्रको सम्झनामा–युगकवि सिद्धिचरण श्रेष्ठ

स्वयम्भू शाक्य
आज अतीतका कुरालाई सम्झेर युगकवि सिद्धिचरण श्रेष्ठले आफ्ना मित्रको सम्झनामा मनका थुप्रै भावहरु पोख्दैछन् । यौटा साधारण मान्छेको हृदयभित्र असंख्य असाधारण गुणहरm देखेर होला गुरुत्वाकर्षणले ताने जस्तै, झल्लल वत्ती बले जस्तैं, यौटा वीर यौध्दाले आफ्नो देशको रक्षा गरे जस्तै, यौटा शहीदले आफ्नो प्राणको आहुति दिए जस्तैं तिमीले त सवै कुरा दिन मात्र खोजे तर कहिल्यैं पनि लिन चाहेनौं । किनहोला, यौटा ज्यूँदो मान्छेले पनि ढुङ्गाले जस्तो निर्जिब जीवन विताउँन सकिन्छ र ? यौटा ज्यूँदो मान्छेले पनि असंख्य गुणहरm बोकेर वाँच्न सकिन्छ र ? यौटा ज्यूँदो मान्छेले पनि ईश्वरको ठाउँ लिन सकिन्छ र ? यौटा ज्यूँदो मान्छेले पनि अध्यारोलाई निल्न सकिन्छ र ? हो सकिन्दो रहेछ । ज्यूँदो मान्छेले चाहेमा गर्न नसकने के छ र ? मान्छे–मान्छेभित्र मानवताको दीयो बाल्न सकिन्छ । मान्छे–मान्छेभित्र कमलको फूल रोप्न सकिन्छ । मान्छे–मान्छेभित्र नयाँ युगको जन्म दिन सकिन्छ । मान्छे–मान्छेभित्र हृदयको वत्ती बाल्न सकिन्छ । त्यसैले आज तिमी नभएकोमा मेरो मन खड्की रहेको छ । हिजो थियो आज छैन । यो नै ईश्वरको लीला हो । तिमी वाँच्दा यो धरतीमातालाई थुप्रै गुण लगाएर होला आज तिमी नभए पनि सवैले तिमीलाई झल्झली सम्झिरहेका छन् । विजुली जस्तैं अध्यारोलाई हटाउने यौटा वीर यौध्दाका रुपमा सवैले आ–आफ्नो मनले पुजिरहेका छन् ।
आज मलाई अनौठो लागिरहेको छ । तिमी र म त्यही बाटोमा संगसंगै हिडिरहेका थियौं । तर खैं ईश्वरले तिमीलाई मात्र किन यति धेरै माया गरेका होलान् ? तिमी अमर छौं । म आभाग्यी तिमी संगसगंै हिडे पनि आज म तिम्रो बाटो किन पहिराउन सकेनौं ? हिड्न त संगै हिड्यौ । खान त संगै खायौं । तर तिमीले खोजेको वाटो मैले अहिले सम्म भेटाउन सकेको छैन । मलाई दुःख छ,मैले किन त्यो बाटो भेटाउन सकेन ? तिमी त आकाशको तारा जस्तो पिल्पील चम्केर मुसुमुसु हाँसिरहेका छौं । तर म तिमीलाई हेरिरहेको छु । हिजो संगै भए पनि आज धेरै टाढा बसिरहेको छु ।
यो कुरो सत्य हो, पारसको मणिले फलामलाई छोए पनि सुन बन्दो रहेछ । त्यसैले यो मान्छेको चोलोमा उसको भित्री हृदयलाई जगाउन सक्नु पर्दछ । तवमात्र हृदयको द्यौता जागिने छ । सुतिरहेको मन खोलाझैं सलल् बग्ने छ । लोकहितको लागि लोक कल्याणकारी काम गरि यौटा मान्छेले पनि धेरै सत्कार्य गर्न सकिन्दो रहेछ । उपेक्षाले होइन, छिः छिः दूरदूरले होइन प्रेम, माया र स्नेह विना यो मान्छे कसरी सप्रिन सकिन्छ र ? समाजले उसको कुरा नसुन्ने हो भने उसले समाजको हितमा किन काम गरिन्छ ? तसर्थ छिः छिः मात्र गरेर यो जगत्मा विग्रेको त्यो मान्छेले समाजको हित भन्दा अहितमा सोचेर जान्दैन र ?
ज्यूँदा मानिसका असंख्य गुण ती साधारणैं देखिने
मर्दामा तक झल्झली भई तिनै विद्युत बनी झल्कने
तिम्रो जीवनको अभाव अहिले खड्की रहेको छ जो
मेरो यो मनलाई सोध्छु म यहाँ होला र के पूर्ति त्यो ।
मान्छेलाई चिनेर भित्र उसको द्यौता जगायो भने
त्यस्ले सक्दछ गर्न लोकहितमा सत्कार्य टेवा हुने
छिः छिः मात्र ग¥यो भने जगत्मा विग्रेर त्यो मानिस
गर्नै हुन्छ समाजको अहितमा लाग्ने कुनै राक्षस ।

तिमी शुन्य भएर हराए पछि तिम्रो गाँस, बास र कपास सवै गंगाले बगाई सकें । अब त यहाँ जे भयो–भयो सवै तिमै्रलाई भईसकें । किनकि तिम्रो बास उढि सक्यो । बास उढेको मान्छेले फेरि यहाँ बास पाउने छैन । यो नै संसारको रीत हो । त्यो रीतलाई हामीले सहर्ष स्वीकानै पर्छ । हिजो तिमी थियौं । यो भवसागरमा दुइ दिनको लागि डेरा लिएर बसेका थिए । छोटो यात्रामा लामो कथाहरm बोकेर थुप्रैं पीडाहरmसंगंै अनन्त यात्रा गर्नु छ । खोला जस्तो यौटा यात्रीले आफ्ना जीवनका कथाहरु बाँसको लेखनीले खोलाको जलधारलाई कागज सम्झेर लेख्दैछन् । के लेखेको होला त्यो त मलाई थाहा छैन । किनकि जिन्दगीको वाटामा सुख र दुःखका कथाहरु मात्र होइन त्याग र तपस्याका कथाहरु पनि लेख्नु पर्छ । त्यही लेखिरहेको होला । मनमा ज्वालामुखी फुटेर ज्वारभाट चलेको बेला कति कष्टपूर्ण जीवन बिताउनु पर्छ भनी आफ्नो व्यथाहरु कोरिरहेका होलान् ।
यो छोटो जीवनमा लामो यात्रा गर्नु छ । त्यसैले यो जीवनको यात्रा कहाँ गएर टुङ्गिने हो थाहा छैन । जहाँ पनि टुङ्गिन सक्छ । जता पनि रोकिन सक्छ । खोचै खोचमा अल्झेर जीवन बरवाद भएर पनि बित्न सक्छ । यात्रीको आफ्नो गतव्यमा पुग्ने आशा र अभिलाषा भए पनि कतै गतव्य विना नै सहजै टुटिन सक्छ । त्यसैले यी सबै मेरा होइनन् । यौटा यात्रीको दुई दिनको बसाई मात्र हो । सम्झना मात्र हो । अनन्त गतिको साँचो कुरालाई बोल्दै नबोली बग्दैं गएको गंगा जस्तो सम्झिनु पर्छ ।
यो संसारमा असंख्य नामहरm छन् । ती असंख्य नामहरm मध्ये तिम्रो नाम पनि हुन सक्छ तर कसलाई के थाहा तिम्रो नामले के काम गदैछ ? तिम्रो नामले के लहर ल्याउँदैछ ? तिम्रो अस्तित्वको मूल्यांकन कसरी गर्न सकिन्छ र ? त्यसैले नामहरm त थुप्रैं आउँछ जान्छ । यो त चलिरहने प्रक्रिया हो । यो प्रक्रियाभित्र तिमी कहाँ छौं ? के गदै छौं ? कति गुण लगाएका छौं ? तिमीलाई सम्झिने सम्झनाहरm के के हुने छौ ? बस् यसैलाई नै तिम्रो अनन्त चोलाको साँचो अर्थमा लिन सकिन्छ । होइन भने तिमी त जन्म र मृत्युको दोभानामा असंख्य नामहरुमध्ये यौटा त्यसै हटाउने नाम मात्र हुने छ ।
तिम्रो बास उठीसक्यो जब यहाँ जे भयो भयो त्यो सब
डेरा मात्र समस्त जो जति भयो लामो छ यात्रा अझ
खोलाको जलधार कागज गरी ली बाँसको लेखनी
लेखेको सरि सार कति नहुने सम्पूर्ण यो जीवनी ।
यात्रा जीवनको छ दिर्घ सहजैं टुगिन्न टुगिन्न यो
चोला यो क्षणको अनन्त गतिको साँचो कुरा यै न हो
तिम्रो नाम र कामको लहरले जे कोरियो विश्वमा
अड्नेछौ तिमी कालको गतिमहाँ हाम्रो वनी सम्झना ।

म–मबाट अलग भएर सबैको लागि उज्यालो खोजिरहेको वेला म हराएर के भो ? साराका सारा मान्छेहरुले रविको त्यो न्यानो घाममा भिजेको जीऊ सुकाएको देख्न पाए हुन्थ्यो । यौटा नयाँ बोटोले नयाँ जीवन दिएको हेर्न पाए हुन्थ्यो । सम्झनाका लागि पैतलाका डोबहरु छोडेर जान पाए हुन्थ्यो । आफ्नो घरसम्म पुग्न यौटा सफल यात्री भएर हिड्न पाए हुन्थ्यो । त्यसैले सारावाट अलग भएर हिडिरहेको यौटा पाइलालाई हामीले यात्रा सफल बनोस् भनी मंगलमय् कामना नगर्ने हो भने ती पाइलाले बाटो विराउने छ । दुई पाइला पछाडि फर्केर आफ्नो गतब्य विर्सिने छ । अतः यो जीवन त यात्रा हो । आज यहाँ भोलि कहाँ पुग्ने हो, थाहा छैन । हो, जीवनमा धन सम्पति, नातागोता र सुखसयलमा मात्र जीवन विताउने हो भने वास्तवमा त्यो जीवन होइन् । यो त जीवनको काँढा हो । काँढाले एकचोटी मात्र होइन ननिस्कूँन्जेलसम्म पनि घोचिरहन्छ । जसरी धन सम्पतिको माया र मोहले यौटा मान्छेले अर्को मान्छेलाई कुल्चिन सक्छ । नातागोताले अशान्तिको भूमरीमा ढकेल्न सक्छ । मान सम्मानले आफ्नै आँखाले नदेख्न सक्छ । स्वार्थी भावनाले म नै ईश्वर हुँ भनी भन्न सक्छ । त्यसैले यो मानव जीवनमा यीता घोर अन्यायका पापक हुन् या भूमरीभित्र अल्झिरहेका छटपट्टिएका प्राणी हुन् ।
रुखको बोक्रा जस्तो जीवन सतमा मात्रैं बाच्ने हो भने यहाँ थुप्रै रागहरुले थुप्रैं कामहरु गर्ने छन् । मनमा मानवताको दीयो बालेर मात्र हेर्ने हो भने यहाँ थुप्रै प्राणीहरmको उध्दार हुने छन् । त्यसैले यो लोकमा मात्र होइन परलोकसम्म यौटा मान्छेले यात्रै यात्रामा थुप्रैं सत्कर्म गर्नु पर्ने रहेछ । शाश्वत सत्यलाई आत्मसाथ गदैं निरन्तर रुपमा बग्ने नदीझैं हाम्रो यात्राले पनि समुन्द्रमा गएर मिसिनु पर्ने रहेछ । अथाह पानीहरmका वीच एक थोपा पानीले पनि आफ्नो अस्तित्व पाउने रहेछ । बाधा विरोधको यो जगत् भन्दा सत्यतालाई महसूस गर्न सक्ने रहेछ । त्यसैले यहाँका कुरा मात्र होइन त्यहाँका कुराहरुलाई पनि शाश्वत सत्यलाई माने हो भने तिमीले सच्चा कुराहरm भेटिने छन् । तिम्रो वेगले बाधा विरोधलाई पन्छाएर सलल् बग्ने हो भने तिमी परमसम्म खुशी रहोस् भनी हामीले कामना गर्नु पर्ने छ ।
भनिन्छ, जसरी दुःख आउछँ त्यसरी सुख नआउने रहेछ । सुख त आफैले आफैलाई दिने उपहार पो रहेछ । मनभित्र जतिसुकैं दुःख र कष्ट भए पनि यो जीवन घामछाँया सम्झेर सुखलाई समाल्न सक्नु पर्ने रहेछ । जसरी अध्यारोलाई पन्छाउन उज्यालाले थुप्रै मेहिनत गर्न खोज्छ त्यस्तै यो मानव जीवनमा पनि बाँचुन्जेलसम्म यो धरतीमा शाश्वत सत्यलाई अंगाली सुखलाई आत्मसाथ गर्नु पर्ने रहेछ । हो समय त्यसैं वितिरहेको छ । यो समयसंगै हामी पनि टुक्रा टुक्रा भएर वितिरहेका छौं । त्यसैले समयसगं हामी पनि हिड्न सकेनौं भने समयले नै हामीलाई सुख खोसेर दुःख मात्र दिएर जाने छन् ।
सारावाट अलग नै तिमी हुँदै लम्किरहेछौं अझ
तिम्रो त्यो घर पुग्नमा सफल भै यात्रा बनोस् मंगल
नाता पुत्र कलत्र मान धन यी ठानेर आफ्नो सुख
भडकी घोर अशान्तिको भुमरीमा प्राणी यहाँ छट्पट ।
बोक्रा हुन् सव काम रागहरुले जे जे गराए यहाँ
भित्री शाश्वत सत्य सुख हो यात्रा त्यही पुग्नमा
बाधा मात्र सवै जगत् यिनीहरm सच्चा कुरा भेट्नमा
तिम्रो बेग पुगोस् त्यही परममा मेरो यही कामना ।

सम्झना त्यसै आउने कुरो होइन् । सम्झन त सम्झिने खालको कामहरm गरेको हुनुपर्छ । यो जीवनमा सवैले सवैलाई कसैले पनि सम्झन सक्दैनन् । किनकि सम्झिनका लागि कुनै न कुनै आधार चाहिन्छ । तवमात्र यो जगत्मा त्यसलाई सम्झिने गर्छ । होइन भने यो आउने र जाने संसारमा कसले कसलाई सम्झिरहन्छ । त्यसैले मान्छे भएर मान्छेलाई मात्र होइन प्राणी जगत्लाई नै उध्दार गर्ने चाहना राख्नु पर्छ । तब मात्र थाहा हुनेछ मलाई पोल्ने आगोले सवैलाई पोल्न सक्छ । तिमीलाई भिजाउने पानीले सवैलाई भिजाउन सक्छ । यो त नदीको तीर हो, जहाँ जिम्दा मान्छेहरु बस्न सक्दैनन् । किनकि आखीर मृत्यु न हो, मलाई मात्र होइन् यो भवसागरमा बाँच्ने सबै प्राणीहरmलाई पनि अवश्य एक दिन टपक टिपेर लग्ने छन् ।
युगकवि सिद्धिचरण श्रेष्ठले मित्रको सम्झना किन गरे होलान् ? को मित्र होला जसलाई यति धेरै माया गर्ने होला ? को मित्र होला जो संग सगंसगंै हिड्ने होला ? को मित्र होला जसले वीच बाटोमैं छोडेर गएको होला ? को मित्र होला जसको चाँडै साध्य पुरा गरेको होला ? को मित्र होला जसले नयाँ युगको लागि आव्हान गरेको होला ? को मित्र होला जसले आफ्नो रगत अरmलाई पिलाएको होला ? को मित्र होला जसले युगै युगसम्म सम्झिने लायक काम गरेको होला ? को मित्र होला जसलाई आज सम्झेर युगकविको शिर झुकेको होला ?

प्रकासित मिति २०८०-६-२२

फेसबुकबाट तपाईको प्रतिक्रिया