मुसिकोट नगरपालिकाको मेयरमा माओवादीका गौतम विजयी

काठमाडौं २ जेठ ।

रुकुमको मुसिकोट नगरपालिकाको मेयरमा माओवादका देविलाल गौतम विजयी भएका छन् ।

देविलाल गौतमले ४३४० मत प्राप्त गरेका छन् । उनका प्रतिद्वन्दी नेपाली कांग्रेसका महेन्द्र केसीले ४१७४ मत ल्याएका छन् ।

यस्तै उपमेयरमा माओवादी केन्द्रकै प्रेमकुमारी सुनारले कांग्रेसका बालकुमारी गिरीलाई पराजित गर्दै विजयी भएकी छन् । सुनारले ४५११ प्राप्त गरेकी छन् भने प्रतिद्वन्दी गिरीले ४१५४ मत ल्याएकी छन् ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया