मेगा बैंकको ६५ प्रतिशत हकप्रदको प्रस्ताव

बिजनेसपाटी २१ मंसिर

गतबर्षको कमाईबाट मेगा बैंक सेयरधनीलाई १३.२५ प्रतिशत बोनस सेयर र  ०.७० प्रतिशत नगद लाभांस वितरण गर्ने प्रस्ताव गरेको छ । बैंक संचालक समितिको आइतबार बसेको बैठकले बोनस वितरण पश्चात ६५ प्रतिशत हकप्रद सेयर बिक्री गर्ने प्रस्ताव समेत पास गरेको छ ।  प्रस्ताबित लाभांस राष्ट्र बैंकको स्वीकृति पश्चात बैंकआगामी साधारणसभाले पारित गरेपछि वितरण गरिनेछ ।

बैंकको चुक्ता पूँजी ३ अर्ब २४ करोड रुपैयाँ रहेको छ भने केही समय अगाडि मात्र २५ प्रतिशत हकप्रद बैंकले  बिक्री गरेको थियो । २५ प्रतिशत  हकप्रदपछि बैंकको पूँजी चार अर्ब ५ करोड रुपैयाँ पुगेको छ । त्यसमा १३.२५ प्रतिशत बोनस र फेरि ६५ प्रतिशत हकप्रद बिक्री गरेपछि बैंकको चुक्ता पूँजी ७ अर्ब ५७ करोड रुपैयाँको हाराहारीमा पुग्नेछ । बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमाससम्ममा १४ करोड ६९ लाख रुपैयाँ खुद मुनाफा गरेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया