काठमाडौँ १८ पौष

२० प्रतिशत लाभांश पारित गर्दै मेरो माइक्रोफाइनान्सको चौथो साधारणसभा सम्पन्न भएको छ। नुवाकोटमा सम्पन्न साधारणसभाले संचालक समितिले प्रस्ताब गरेको १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश पारित गरेको हो।

गत आर्थिक बर्षमा कमाएको ७ करोड ५६ लाख खुद मुनाफाबाट लगानीकर्तालाई २० प्रतिशत लाभांश दिएको हो। माइक्रोफाइनान्सले पुष ४ देखि पुष १५ सम्मका लागि बुक क्लोज गर्ने निर्णय गरेकाले पुष ३ सम्म कायम सेयरधनीहरुले मात्र माइक्रोफाइनान्सको २० प्रतिशत लाभांश पाउने छन।  त्यस्तै साधारणसभाले संचालक समितिमा प्रतिनिधित्व गर्ने दुई जना संचालक समितिको निर्वाचन गरेको छ। १० प्रतिशत बोनस सेयरपछि माइक्रोफाइनान्सको चुक्ता पुंजी २२ कारोड रुपैयाँ पुग्ने छ। हाल माइक्रोफाइनान्सको चुक्ता पुंजी २० करोड रुपैयाँ रहेको छ।