मोतीराम भट्टको १५३ औं जन्मजयन्ती
काठमाडौं २४ भाद्र
भाद्र कृष्ण औँसीका दिन आज राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १५३ औँ जन्मजयन्ती नेपाल राज्यभर विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइँदैछ। विसं १९२३ भाद्र कृष्ण कुशे औँसीका दिन जन्मेर विसं १९५३ भाद्र कृष्ण कुशे औँसीकै दिन ३० वर्षको उमेरमा भट्टको मृत्यु भएको थियो। उनले नेपाली साहित्यको श्रीवृद्धिका लागि गहन योगदान पु¥याएका थिए। नेपाली साहित्यको शृङ्गार रसलाई योगदान दिएका युवाकवि मोतीराम भट्टले आदिकवि भानुभक्तको जीवनी पहिलो पटक प्रकाशनमा ल्याएका थिए। नेपालमा छापाखाना भित्र््याएको श्रेय समेत उनले नै पाए।
‘मोतीराम भट्टका उपलब्ध ग्रन्थावली’, ‘गजेन्द्रमोक्ष’, ‘प्रह्लाद भक्ति कथा’, ‘पिकदूत’, ‘भानुभक्तको जीवन चरित्र’ लगायत उनका कृति प्रकाशित छन्। आदिकवि भानुभक्त आचार्यले नेपालीमा अनुवाद गरेकोे रामायणको पाण्डुलिपी खोजी उनले नै विसं १९४१ मा प्रकाशन गराएका थिए। भट्ट नेपाली साहित्यका पहिलो भूमिका लेखकसमेत हुन्। यससम्बन्धी अनुसन्धान हुन बाँकी नै रहेको पद्मकन्या बहुमुखी क्याम्पस नेपाली विषयका उपप्राध्यापक ज्ञाननिष्ठ ज्ञवालीले जानकारी दिए। रासस
फेसबुकबाट तपाईको प्रतिक्रिया