मोदीको सपना २०२४ सम्ममा पूरा होला ?
एजेन्सी १७ माघ।
भारतमा नरेन्द्र मोदी नेतृत्वको सरकारले सन् २०२४ सम्ममा भारतीय अर्थतन्त्रलाई ५ ट्रिलियन डलर बनाउने लक्ष्य राखेको छ। अर्थशास्त्रीहरूको अनुसार यो लक्ष्यमा पुग्नको लागि जीडीपी वृद्धि दर प्रतिवर्ष ८ प्रतिशत हुनुपर्छ। तर, यो लक्ष्य राखेको पहिलो वर्षमा नै भारत सरकारलाई नराम्रो झट्का लागेको छ। आर्थिक सर्वेक्षणले अनुसार यो वर्ष जीडीपी वृद्धि ५ प्रतिशत हुने अपेक्षा गरिएको छ, अर्को वर्षको लागि पनि जीडीपी वृद्धि दर ६ देखि ६.५ प्रतिशतको बीचमा रहने विश्वास मोदी सरकार आफैंले गरेको छ।
भारत सरकारले आर्थिक सर्वेक्षण २०१९-२०२० लाई संसदमा पेश गरेको छ। सर्वेक्षण प्रतिवेदनमा देशको अर्थतन्त्रका बारेमा धेरै महत्वपूर्ण कुराहरू प्रस्तुत गरिएको छ। प्रतिवेदनमा उल्लेख छ, ‘आर्थिक वर्ष २०२०-२१ मा जीडीपी वृद्धि दर ६-६.५ प्रतिशत बीचको हुनेछ। यसरी हेर्दा त्यो ५ ट्रिलियन डलरको अर्थतन्त्रका लागि निर्धारित जीडीपी लक्ष्यमा डेढ प्रतिशतले वृद्धि दर कम हो।
के मोदीको सपना २०२४ सम्ममा पूरा होला ?
जब गत वर्ष मोदी सरकार फेरि सत्तामा आयो त्यस लगत्तै २०१९ जुलाईको बजेट अगाडि आर्थिक सर्वेक्षणमा भारतीय अर्थव्यवस्थालाई ५ वर्षमा ५ ट्रिलियन बनाउने घोषणा गर्यो। यो अनुमान गरिएको थियो कि २०२४ सम्ममा कम्तिमा ८ प्रतिशत जीडीपी वृद्धि दर हुनेछ। त्यो अब सम्भव देखिएको छैन।
अर्को महत्त्वपूर्ण कुरा भोलि फेब्रुअरी १ मा वित्तमन्त्री निर्मला सीतारमणले २०२०-२१ को बजेट त्यहाँको संसदमा पेश गर्ने छिन्। बजेट अघि प्रधानमन्त्री नरेन्द्र मोदी आफैं आर्थिक मोर्चामा सक्रिय देखिएका थिए। उनले यस बीच निरन्तर धेरै ठूला उद्योगपति र अर्थशास्त्रीहरूसँग बैठकहरू गरे। बैठकमा ५ ट्रिलियन डलरको भारतीय अर्थव्यवस्थाका बारेमा पनि व्यापक छलफल भएको भारतीय संचार माध्यमहरुले उल्लेख गरेका छन्।
फेसबुकबाट तपाईको प्रतिक्रिया