मोदी भ्रमणः दुबै अतिवाद घातक

विरोध अधिकारी
श्री नरेन्द« मोदी भारतको प्रधानमन्त्री भएपछि नेपालमा तेस्रो राजकिय भ्रमण गरेका छन् । भारतीय राज्य गुजरातबाट उदाएका नरेन्द« मोदीले आफू प्रधानमन्त्रि भएपछि अमेरिका ५ पटक, चीन र जमर्नी ४ पटक र नेपाल, रसिया तथा फ्रान्स तिन पटक भ्रमण गरेका छन् । नेपाल तेस्रो पटक भ्रमण गरेको कारण पनि मोदीको नेपाल प्रतिको चासो र महत्व प्रष्ट हुन्छ । भारतको प्रधानमन्त्री भएपछिको पहिलो नेपाल भ्रमण गर्दा मोदीले नेपालको तत्कालिन संविधानसभामा दिएको मन्तब्यले नेपालमा खुबै चर्चा पाएको थियो । त्यो भ्रमणमा मोदीले नेपाली जनताको अन्तस्करणबाटै अत्यन्तै ठूलो मान सम्मान प्राप्त गरे । दोस्रो पटक उनले सार्क सम्मेलनको लागि भारतको राष्ट्र प्रमुखको हैसियतले नेपाल आएका थिए ।
त्यहिबेला नै उनले मुक्तिनाथ र जनकपुर भ्रमण गर्ने ईच्छा ब्यक्त गरेका थिए । तर प्राविधिक कारणबाट उनको ईच्छा पुरा हुन सकेन । नेपालमा उनको पहिलो भ्रमण देखि आजसम्म धेरै परिवर्तनहरु भईसके । दोस्रो संविधानसभाले संविधान पनि बनायो । नयाँ संविधान अनुसार स्थानिय, प्रदेश तथा संघिय तिनै तहको निर्वाचन पनि भईसक्यो । यहि अवधिमा भारत र नेपाल सम्वन्धमा धेरै उतर चडाव आए । सार्वभौम संविधान सभाले बनाएको संविधानमा चित्त नबुछे पछि केहि मधेशबादीको सहयोगमा छ महिना भन्दा लामो नाकाबन्दि भयो ।
नयाँ सरकार बन्ने वित्तिकै पहिलो भ्रमण भारत हुने पुरानै परम्परा अनुसार प्रधानमन्त्री केपि ओलीले भारत भ्रमण गरिसकेका छन् । उनकै निमन्त्रणामा भारतीय प्रधानमन्त्रिले पनि यहि २८ र २९ गते नेपालको राजकिय भ्रमण गरेर फिर्ति सवारी भईसकेको छ । पहिलेको भन्दा यो भ्रमण विभिन्न कारणले गर्दा चर्चाको शिखरमा पुग्यो । प्रधानमन्त्रिको शपथ ग्रहणमा नै सार्क राष्ट्रका प्रमुखहरुलाई निम्तो दिएर मोदीले आफूलाई बडा भार्ई भएको संकेत दिइसकेका थिए । नेपालको पहिलो भ्रमणमा संसदमा नेपाललाई गौतम बुद्धको जन्मभुमि भन्दिएकोमा गर्ब गरेर तालि पिट्ने हाम्रा तत्कालिन संविधान सभाका सांसदहरुलाई रैति बनाई सकेका थिए । दोस्रो भ्रमण सार्क सम्मेलन भएपनि उनी चर्चाको शिखरमा नै थिए । दुबै भ्रमणमा उनको राज्य र सर्वसाधारण जनताको वावाहि पाएका थिए । उनले जे भनेर नेपालबाट विदा लिएका थिए, त्यसको केहि समयबाट नै सामान्य भुपरिवेष्टिक राष्ट्रको अन्तराष्ट्रिय अधिकारलाई समेत वेवास्था गरि छ । महिना लामो नाकाबन्दी लाग्यो । यहि नाकावन्दीको कारण नेपाली जनता छ । महिना भन्दा बढि समय अभाव र पिडामा बसे । २०७२ साल बैशाख १२ गतेको भुकम्पको पारो नसेलाउदै नेपाली जनताले भारतिय सरकारबाट न्यानो मायाको बदला नाकाबन्दीको पिडा पाए । यहि बीचमा भारतिय सिमा सुरक्षा बलबाट नेपाली भुमि अतिक्रमण भईरह्यो । होनाहार नेपाली जनताका छोराले ज्यान समेत गुमाउनु पर्यो । यस्तो अवस्थामा भएको मोदीको भ्रमणले नेपाली जनताको स्नेह आतिथ्यता अवश्य पाउने अवस्था थिएन र पाएनन् पनि ।
नेपालको राजनितिमा राणा शासनकाल होस् वा २००७ सालको परिर्बतन भारतीय भुमिका अग्रस्थानमा नै थियो । २००७ साल पछि झनै भारतिय पक्ष नेपालको राजनितिमा शुक्ष्म ब्यवस्थापनमा सक्रिय छ । २०१७ साल, २०३६ साल, २०४६ साल, २०५२ साल देखिको माओवादी बिद«ोह तथा २०६२÷०६३ को दोस्रो जन आन्दोलन सवै भारतिय पक्षको अपेक्षा अनुसार नै भएको थियो । पैसा र पदको लोभ देखाउदै यो बीचमा भारतले नेपालमा कुनै शक्तिलाई पनि स्थिर हुन दिएन ।
राणाहरुको शासनकालमा जहानिया राणशासन फाल्ने भनि अन्य पक्षलाई उक्साए, २०४६ सालमा निरंकुश राजतन्त्र फाल्ने भनि राजनैतिक दललाई उक्साए, २०५२ साल देखि अस्थिर राजनैतिक बातावरण बनाउन तत्कालिन विद«ोहि माओवादीलाई आफ्नो भुमिमा लुक्न दिई अप्रत्यक्ष सहयोग गरेकै हो । २०४८ सालमा नेपाली काग्रेंसले बहुमत ल्याउदा गिरिजाप्रसाद कोईरालालाई उक्साई आफ्नै सरकार ढाल्न लगाएकै हो । २०५१ सालको मध्यवधिमा नेकमा एमालेले बहुमत ल्याउदा बामदेव गौतमलाई प्रयोग गरि एमालेलाई टुक्राउने काम पनि भारतले नै गरेको हो भने २०५८ सालमा नेपाली काग्रेश लाई फुटाउने भुमिका पनि भारतको नै हो । पद र पैसाको भोका नेपाली राजनैतिक दलका नेताहरु भारतले प्रयोग गर्ने प्रमुख हतियार बने भने अझै पनि नेपालको प्रशासनमा उच्च तहमा नै भारतिय तलव खाएर भारतिय कुख्यात एजेन्सी “र” को एजेन्टहरु भएको कुरा सुन्नमा आउदछ । भारतले नेपालमा कहिले पनि स्थिरता चाहेन र अझै पनि चाहेको छैन । पानी धमिलो बनाएर माछा मार्ने धुनमा भारत हिजो पनि थियो आज पनि छ । २०७० सालमा भएको दोस्रो संविधान सभाको चुनावले बनाएको संविधान सभाले २०७२ सालको भुकम्पको पिडा विर्साउनको लागि भएपनि एकमतले संविधान लेखिदै गर्दा सवै भन्दा टाउको दुखाउने भारत नै हो । तत्कालिन प्रधानमन्त्रि शुशिल कोईरालाकै कारण संविधान बन्न नदिने भारतको चालबाजि ले काम गरेन । मोदिको विषेश द्रुत बनेर आएका तत्कालिन विदेश सचिव को नेपाल भ्रमण पनि निरर्थक रह्यो । यसरी नाग्गो हस्तक्षप गर्दा पनि संविधान सभाले संविधान जारी गरेर नै छाड्यो । यहि संविधान लाई नरुचाईएको कारण भारतले नेपाल माथि अधोषित नाकाबन्दी लगायो । भुकम्प र नाकाबन्दीको कारण नेपाली जनताले कति पिडा भोक्नुपर्यो । त्यसको लेखा जोखा कसैले गर्न सक्दैन । यसले गर्दा आर्थिक क्षति कति भयो त्यसको कुनै आंकडा नै छैन । यसको प्रमुख मात्र मोदि भएको कारण पनि भारतिय प्रधानमन्त्रि मोदी प्रतिको नेपाली जनताको आघात माया प्रेम स्नेह फगत घृणा र तिरस्कारमा रुपान्तरण भयो ।
मोदीकै भाषामा पनि यो मोदिको राजनैतिक कम र धार्मिक भ्रमण बढि हो । धार्मिक भ्रमणको अवसरमा केहि औपचारिकताको लागि गरिएका सम्झौताहरु मात्र हुन् । मोदि लाई थाहा थियो नेपाली जनता उनि संग खुसि छैन र हदय देखि उनिलाई अतिथि देवो भवः भन्ने छैनन् । यसैले पनि अघिल्लो पटक गाडि बाट ओर्लेर नेपाली जनतासंग हात हल्लउदै हिडेका मोदी यो पटक कफ्रयु लगाएर रोडमा निस्किए । उनले नेपाल प्रवेश गर्दा आफ्नो सुरक्षाको लागि सुरक्षाबल भित्राए । नेपाल लाई आफ्ना सुरक्षाकर्मिको क्रिडा स्थल बनाए । अफू चठ्ने हेलिकप्टर समेत आफै ल्याए । यसरी हेर्दा उनि नेपाली जनता सामु दादा गिरी देखाउन आए जस्तो पनि देखियो । उनि प्रति नेपाली जनता कति नकारात्मक थिए भन्ने कुरा सामाजिक संजालहरुमा नेपालीले पोखेका विचारहरुले पनि प्रष्ट पार्दछ । टुईटरमा ब्ल्केट वाज क्राईम मिष्टर मोदी ट्रेडिगमा ४० हजार भन्दा बठि टुईट भए । यसै बाट पनि नेपाली जनताको उनि प्रतिको नकारात्मकता प्रष्ट पार्दछ ।
ईतिहास देखि नै भारत नेपाललाई आफ्नो प्रान्त भन्दा वढि ठान्दैन । नेपालका शासकहरु पनि भरतलाई आफू समान हैसियतका मान्दैनन् । बडेभाई कै ब्यवहार गर्दछन् । प्रदेश नं. २ का मन्त्रि तथा सांसदहरु त झनै आफूलाई नेपाली भन्दा पनि भारतिय भन्दा गर्व गर्दछन् । नेपाली राजनैतिक दल, तिनका नेता, उच्च पदस्त कर्मचारीहरुकै कारण नेपाल भारत संग हेपिन चेपिन विवस छ । समान हैसिएतको राष्ट्र भएता पनि दोस्रो दर्जाको ब्यवहार सहन बाध्य पारिएको छ ।
भनिन्छ सबै कुरा फेर्न सकिन्छ छिमेकी फेर्न सकिदैन । टाढाको देवता भन्दा नजिकको भुत कै महत्व बढि हुन्छ । भारतको जति विरोध गरे पनि हामी भारत संग निर्भर हुनुको विकल्प छैन । भौगोलिक, सामाजिक, सांक्रितिक हरेक कुरामा भारत र हाम्रो समानता रहेको छ । भनिन्छ नेपाल र भारत को सम्बन्ध रोटी र बेटीको छ । भारतले यस्तो गयो उसो गयो भन्दा पनि हामीले राष्ट्रिय एकता कायम गर्दै समान हैसियत बनाउन आवश्यक छ । जति कुरा गरेपनि भारत संग नेपालको तुलना गर्न मिल्दैन । दुबै राष्ट्र स्वतन्त्र हैसिएतको भएपनि विश्वमा आर्थिक रुपमा भारत धेरै माथि पुगिसकेको छ । विकासले उच्चतम फड्को मारिसकेको छ । विश्वको शक्तिशाली राष्ट्रको लाईनमा पुगिसकेको छ । आडविक रुममा होस् वा विज्ञानको नविनतम विकासमा होस् भारतले एक उचाई हासिल गरिसकेको छ । भारतको हेपाई चेपाईकै ब्यवहारको कारण उसको छिमेकी राष्ट्रहरु संग राम्रो संबन्ध छैन । यसैले पनि नेपालले आफ्नो कुटनिति प्रयोग गरेर समान हैसियत बनाई भारतसंग आर्थिक, सामाजिक र अन्य सहयोग लिन आवश्यक छ । आर्थिक अनुदान भन्दा पनि बैदेशिक लगानि, प्रविधि भित्राउन आवश्यक छ । आर्थिक हैसियत नउठे सम्म छिमेकीले गर्ने ब्यवहार सधै उस्तै हो । अमेरीका र मेक्सिको को संबन्ध पनि यस्तै हो । चिन र भियतनामको संबन्ध पनि यस्तै छ । ठूलो माछाले सानो माछा लाई खाने प्राक्रितिक नियम नै हो । भारतिय हस्तक्षप रोक्नको लागि नेपालमा नै राँको बालेर विरोध प्रदर्शन गर्न भन्दा पहिला आफू बलियो बन्ने तर्फ लाग्नु पर्दछ । यसको लागि नेपालको सबै दलको विदेश निति मा एकरुपता हुन आवश्यक छ ।
साधारणतया नेपालमा भारत प्रति दुई अतिवादी धारणाले काम गरेको छ । पहिलो जो सत्तामा बस्दछ उसले सोचेको हुन्छ भारत विना एक कदम पनि अगाडि बढ्न सकिदैन त्यसैले आफू सत्तामा टिकिरहन उसको गुलामि गरिरहनु पर्दछ । यो हारको मानसिकता हो । सत्तामा बसेकाहरु कहिल्यै कुटनितिको सहि प्रयोग गरेर आफू समान हैसियतमा आउने प्रयास गर्दैनन् । केवल के कुराले भारतलाई खुसि बनाउन सकिन्छ भन्ने कुरामा नै लागि रहन्छन् । सत्ता बाहिर रहदाँ जति भारत विरोधि देखिए पनि सत्तामा पुग्ने वित्तिकै उनिहरुको निति मा यू टर्न भई हाल्छ । अनि भारत संगका हरेक सम्झौंता उनिहरुकै ड्राफ्टमा हस्ताक्षर गरिन्छ । अनि यसै पनि भारत हरेक सम्झौतामा माथि पर्दछ ।
दोस्रो अतिवाद भनेको सत्ता वाहिर बस्दा जहिल्यै भारतको विरोध गरेर राष्ट्रबादी बन्ने होड । ईतिहास देखि बर्तमान सम्म आई पुग्दा हेर्ने हो भने सत्ता बाहिर बस्दा जुन राजनैतिक दल पनि भारत विरोधि नै बन्न खोज्दछन् । नेपाली जनताको मानसिकता पनि भारत विरोधि नै रहेको छ । यसलाई क्यास गर्नको लागि जो सत्ता वाहिर छ उसले भारत विरोध कार्ड फ्याकि हाल्छन् । केपि ओलीको सात्ता रोहणमा पनि यो फ्याक्टरले काम गरेको छ । नेपाली कांगे्रश ले नाकाबन्दिको बेलामा नाकाबन्दी भनि एक शब्द पनि उच्चारहण गरेन अहिले मोदिको भ्रमण मा चर्को विरोधको आवाज उठाउने यहि पार्टीका नेता कार्यकर्ता भए । अरुको त कुरै छाडौ आफूलाई तेस्रो धारको नैतिकवान पार्टी भनि दावि गरिरहेको रविन्द« मिश्रको विवेकशिल साझा पार्टी पनि मोदी भ्रमणको विरोध गर्न पहिलो पंतिमा देखा पयो । अन्य बाम बुद्धिजिविहरु, आफूलाई सामाजिक कार्यकर्ता, राजनैतिक विश्लेशक भन्नेहरु अनि ¥याडिकल पोलिटिक्स गर्ने विप्लप, बैध्य माओवादीहरुको त कुरा नै गर्न परेन । यिनिहरुको आम बुझाई भनेको भारतको विरोध गर्दा सर्वसाधारण जनताको समर्थन पाईन्छ, उनिहरुलाई आफूअनुकुल प्रयोग गर्न पाईन्छ अनि भोट बैंक बनाउन सकिन्छ भन्ने मानसिकताले काम गरेको छ ।
बिजयकुमारको शब्द सापटि लिदा कुनै पनि कुरा पुरै कालो र पुरै सेतो हुदैन ।
अर्थात हरेक कुराको सकारात्मक र नकारात्मक पक्ष हुन्छ । भारत को समर्थनमा पुरै लम्पसार पर्ने काम जति हानिकारका छ भारतको पुरै विरोध गर्ने पनि त्यति नै हानिकारक हुन्छ । वास्तविक धरातलमा उभिएर सहिलाई सहि र गलत लाई गलत भन्ने हिम्मत राखे मात्र नेपालको विदेश निति आफ्नो अनुकुलतामा प्रयोग गर्न सकिन्छ । छोटो समयको फाईदाको लागि कुरा लाई बग्याएर जनतालाई आफ्नो प्रभावमा पार्न विरोध गर्नु वा सत्ता जोगाई राख्नको लागि जे कुरालाई पनि समर्थन गर्नु नेपाली जनता, नेपालको सार्वभौमिकता को लागि हानिकारक छ । यसको लागि नेपालले सर्वपक्षिय भेला गरि सवैलाई सर्वमान्य हुने गरि वैदेशिक निति बनाउन आवश्यक रहेको छ । भारत तथा अन्य देश लाई हेर्ने ब्यवहार गर्ने नितिमा एक रुपता भएमात्र हामी गौरवका साथ नेपाली भएर बाँच्न सक्छौ अन्यथा बहादुर भएर हेपिन चेपिन बाध्य हुने छौ । सरोकार वाला सवैको समयमा नै ध्यान पुगोस् । जय नेपाल ।
प्रकाशित मिति २०७५-२-८
फेसबुकबाट तपाईको प्रतिक्रिया