यता लाग या उता लाग

कविता लेखकः- भुपेन्द्र थापा(माधव)

यता लाग या उता लाग

कमरेड जाने त चिहान नै हो!

निद्राको क्याप्सुल खाएर समृद्धिको

महल उठाउने हो!

सपनाको लास अनि खोक्राे अाश बोकेर।

अन्तत्: सढेको लास नै त उठाउने हो !

यता लाग या उता लाग

कमरेड जाने त चिहान नै हो!

एउटा लासको विरुद्ध अर्को

लासको रोदन नारा घन्काएर।

निवस्त्र हैकमी र अहङ्कारी तिम्रो

लास जलाएर।

कमरेड फर्कने त कल्पनाको

समाजवादी झुपडी मै हो!

यता लाग या उता लाग

कमरेड जाने त चिहानै हो!

भोक,शोक,रोग र वेदना थाप्लोमा बोकेर।

अभाव, अशिक्षा र वेरोजगारीको झिना बटुलेर।

उत्साह, उमङ्ग र उद्देश्यको अागो दन्काउने नै हो !

यता लाग या उता लाग

कमरेड जाने त चिहान नै हो!

झुकेको स्वाभिमान,ढलेको विचार र गलेको अार्दश भो।

रित्तो भावना,मानवताहिन संस्कार र

समवेदनहिन ब्यवहारले।

वर्तमान खरानीको थुप्रो माथी

भविष्य तिम्रो अपार हुने भो।

यता लाग या उता लाग

कमरेड जाने त चिहान नै हो!

फेसबुकबाट तपाईको प्रतिक्रिया