यस्तो आयो धितोपत्र बोर्डको कडा मापदण्ड, कस्तो असर पर्ला ?

बिजनेसपाटी २२ मंसिर

एफफिओ  र हकप्रद निष्काशनका लागि  धितोपत्र बोर्डले मापदण्ड निर्धारण गरेको छ । बोर्डका आनुसार धितोपत्र बजारमा सुचिकृत प्रत्यक्ष नियमनकारी नभएको संस्थाहरुका लागि हकप्रद तथा एफपीओ निष्काशनमा सो मापदण्ड लागु हुनेछ ।  बैंकिङ, वित्तीय वा बीमा संस्था बाहेकका अन्यहरुका लागि हकप्रद र नयाँ शेयर निष्काशनका लागि ८ वटा शर्त एबम मापदण्ड लागु गरेको छ।    मापदण्ड निर्धारणपछि  प्रत्यक्ष नियमनकारी नभएका सुचिकृत संस्थाहरुले हकप्रद तथा एफपीओ मार्फत पुंजी बढाउँदा पुरा गर्नुपर्ने मापदण्ड सम्बन्धमा स्पष्ट नीतिगत व्यवस्था भई लगानी व्यवस्थित हुने  धितोपत्रबोर्डको विश्वास छ । सो मापदण्डका कारण लगानीकर्ताको बिश्वास वृद्धि भई समयअनुकुल सेयर बजारको विकास तथा बिस्तार हुने अपेक्षा गरिएको छ।  मापदण्ड निर्धारणसंगै हकप्रद निष्काशनका लागि अनुमतिको पर्खाईमा रहेका सानिमा माई हाइड्रो, बुटवल पावर कम्पनी, अपि पावर कम्पनी, अरुण भ्याली हाइड्रोपावर कम्पनी लगायतका संस्थाहरुमा प्रत्यक्ष प्रभाब पर्ने भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया