यस्तो छ मेलम्चीको रामकथा
काठमाडौं ८ अशोज
प्रधानमन्त्री प्रचण्डले आगामी नयाँ वर्ष उपहारमा उपत्यकावासीलाई मेलम्ची पानी दिन सम्बद्व अधिकारीलाई निर्देशन दिएका छन् । आजको नागरिक दैनिकमा खबर छ ।
मेलम्ची कथा यस्तो :
-सन् १९७० को दशकदेखि नै उपत्यकामा खानेपालीको समस्या । खानेपानी वितरण सुर्धान खानेपानी तथा ढल निकास विकास समिति निर्माण ।
-सन् १९८८ मा ब्रिटिस कम्पनी विनियम पार्टनरलाई खानेपानीको वैकल्पिक स्रोत पहिचान गर्ने जिम्मा । २० वटा विकल्पमा मेलम्ची पहिलो प्राथमिकतामा ।
-२०५३/५४ मा मेलम्ची वाटर लिमिटेड गठन ।
-सन् १९९८ मा अस्ट्रेलियाको स्प्रे माउन्टेनलगायत कम्पनीद्वारा मेलम्चीको संभाव्यता अध्धयन । सोही वर्ष नरप्लान्टद्वारा विस्तृत सर्भे ।
-२०५५ मा मेलम्ची खानेपानी विकास समिति गठन ।
-सन् २००० बाट मेलम्ची खानेपानी आयोजना सुरु । एसियाली विकास बैंक र विकास समितिबीच १ सय २० मिलियन अमेरिकी डलर ऋण सम्झौता ।
-सन् २००७ मा आयोजना सम्पन्न गर्ने पहिलो लक्ष्य ।
-सन् २००८ मा आयोजनाको पुनःसंरचना ।
-२००९ अप्रिलमा चाइना रेलवे १५ ब्यूरो ग्रुपसँग सुरुङ निर्माण सम्झौता ।
-सन् २०१२ मा एकतर्फी रुपमा चाइना रेलवद्वारा ठेक्का तोडिएको घोषणा । आयोजनाले सेप्टेम्बर २५ मा ठेक्का रद्द गर्यो ।
-२०७० असारमा नयाँ ठेकेदारको रुपमा सिएमसी नियुक्त ।
-२०७३ असोजमा आयोजना सम्पन्न तेस्रो संशोधन लक्ष्य ।
फेसबुकबाट तपाईको प्रतिक्रिया