युगकविका कविता “मानिस छैनन्”

–स्वयम्भू शाक्य
मान्छे पूर्ण रmपमा स्वस्थ भएन भने जीवनमा धेरै गाह्रो हुदो रहेछ । अर्काको भरमाबाँचेर जीवन निर्वाह गर्नु आफैंमा एउटा ठूलो भार रहेछ । तसर्थ अस्वस्थ त आफैमा समस्याहो । जसलाई जुन कुराको आवश्यकता छ त्यसलाई त्यही समस्याले संधै पिरोलिन्दो रहेछ । माग र अभावको युध्दमा जहिले पनि मागको हार हुन्दो रहेछ । त्यसैले कसैले चाहेर मात्रहुँदैन । किनकिचाहनाअसीमित छ । जो जहाँपनि फैलिन सक्छ । समय र परस्थिति हेरेर कहिले काहि खुम्चेर पनि बस्न सक्नु पर्छ । तर त्यस्तो कहिले भएन । किनहोला, यो असीमितचाहनाले कहिले पनि सीमा भेटाउन सकेन् । मैले मात्रहोइन । तिमीले मात्र होइन् । यो संसारमा वाँच्ने सवै मान्छेहरmले पनियसको सीमा कसैले पनिभन्न सकेन् । आखीर मान्छे न हो, यहाँ मान्छेँहरmको बस्ती भएर पनि मान्छेहरm छ, छैन थाहा छैन । किनकि यौटा मान्छेले दैलोमा बसरे ठूलो स्वरले स्वरनै सुक्ने गरि जतिसुकैं चिच्याएर वोलाउँदा पनि यहाँ कसैले नसुने पछि मान्छे छ भन्नुको कुनै अर्थ छैन । मान्छेहरmको बस्तीमा मान्छेहरm छैनन् भन्ने भान हुन्छ । किनकि जसलाई बोलाएको थियो । त्यसैले नसुने पनि अरmले त सुन्नु पर्ने हो । ठूलो स्वरले घाँटीनै फुट्ने गरि चिच्याएर बोलाउँदा पनि सवै मान्छेहरmले नसुन्ने हो भने यहाँ मान्छेहरmको बस्ती छैनन् भनीबुझ्नु पर्ने हुन्छ । त्यसैले बुझ पचाएर काननसुन्ने मान्छेहरmलाई के साँच्चै मान्छे भन्न सक्छ र ?जबकि एक दुई जनाले मात्रहोइन् साराका सारा वस्तीहरmमा बस्ने मान्छेहरmले नसुन्ने पछि के यो अनौठो होइन् र ?
हो मान्छे स्वार्थी बन्न सक्छ । तिमी जतिसुकै चिच्याएर बोलाएपनि मैले सुनेर पनिनसुने जस्तो गरि बसीदिएपछि कसको के लाग्छ र ?तिमी बाँच्नु र मर्नुसंग कुनै मतलब नराखी पछि मान्छे छ छैन् भनी कसले थाहा पाउन सकिन्छ र ?तिमीले दैलो फोर्छु भनीजति धम्किदिए पनि आखीर दैलोनै खोल्न नआए पछि मान्छे छैन भनी फर्कनु वाहेक अरm के विकल्प हुनसक्छ र ? तिमीले जतिसुकै घचघच्याउँदा पनि मान्छेहरmले केहि प्रतिकृया दिदैनौं भने तिमीले अवश्य पनि यहाँ मुर्दाहरmको वस्ती रहेछ भनीबुझ्नु पर्छ । यो चिसो मौसममा रातभरि बाहिर बसेर कसैले वषैं वर्षसम्म कुरेर बसिरहेको छ भने यस्तो कोलाहल वस्तीमा यौटा न यौटा मान्छेले नदेख्नु के दृष्टि विहिन मान्छेहरmको वस्ती रहेछ भनी सोच्नु पर्छ । त्यसैले यो मानवहरmको वस्त ीहोइन्, जहाँ मानवहरm बस्ने गरिन्छ ।यहाँ त आँखाभएर पनि अाँखा नभएका मानवहरmको वस्ती रहेछ । कानै नभएका मानवहरmको वस्ती रहेछ । मानवीयता नभएका मानवहरmको वस्ती रहेछ । मुखैं नभएका मानवहरmको वस्ती रहेछ । त्यसैले यहाँ जति चिच्याए पनि कसैले सुन्दैन्न । जति घचघच्याए पनि कसैले बोल्दैनन् । जति पर्खे पनि कसैले देख्र्दैनन् । जति धम्की दिएपनि कसैले मतलबै गर्दैनन् । त्यसैले यहाँ मान्छेहरmको वस्ती भएपनि मान्छेहरm बस्दैनन् । किनकि यहाँदिन छोटो छ, रात लामो छ । दिनमा चन्द्रमा, रातमा सूर्य उडेको हेर्न चाहन्छ ।
स्वर सुकाई कराउँदापनि कसैले दैलो खोल्न आएन
कति घचघच्याउँदा पनि कसैले प्रत्युत्तरसम्म दिएन
खोल्ने भएखोल नत्र…! दैलो फोर्ने धम्की दिदा पनि कोही लागेन्
भन्दैं यो जाडो रातमा तिमीहरm पर्खिरहेको पनि धेरै भइसक्यो ।

मैले आजमात्र होइन् धेरै पहिले देखि भन्दै आएको छु । यहाँ मान्छेहरmको बस्ती छैनन् । सुन म फेरि भन्दै छु । यहाँ मान्छेहरmको वस्ती छैनन् । किनकियहाँ मान्छे भएर पनि मान्छे जस्तो छैन् । मान्छे हुनका लागि त मान्छे जस्तै भएको हुनु पर्छ । रmखलाई हामी मान्छे भन्न सक्दैनांै । मान्छेलाई हामीरmख भन्न सक्दैनौं । किनकि मान्छे–मान्छेको बस्तीमा बस्ने गरिन्छ । रmख–रmखको वस्तीमा बस्ने गरिन्छ । एक आपसमा गहिरो सम्बन्ध भएपनि आखीर एकले अर्काको ठाउँमा उभिन सक्दैन । त्यसैले तिमीले ती रङ्गीचङ्गी लुगालाई नक्कलझक्कल पादैं झ्यालमा राखेर मान्छे भन्छौ भने म त तिनीहरmलाई केवल पुतली भन्छु । किनकि रङ्गीचङ्गी लुगा लगाउँदैमा मान्छेहुन सक्दैन् । नक्कलझक्कल पार्दै झ्यालमा बसेर हेर्दैमा मान्छे हुदैनन् । कसैको इशारामा बस्नु छ भने, कसैको कठपुतली भएर नाच्नु छ भने त्यो मान्छे होइन् त्यो त पुतली हो । पुतलीले अहिलेसम्म मान्छेको पीडा सुनेको छैन् । मान्छेको व्यथा बुझेको छैन । मान्छेको क्रन्दन देखेको छैन । मान्छेको आँसु पुछेको छैन । त्यस्तो पुतलीलाई म कसरी मान्छे भन्न सक्छु र ? झ्यालमा बसेर हेर्दैमा यौटा पुतलीलाई साँच्चैको मान्छे भनी म कसरी अर्थ लगाउन सक्छ ुर ? त्यसैले पुतली मान्छे बन्न सक्दैनन् । मान्छे, पुतलीबन्न सक्छ । कसैको लै लैमालागेर रङ्गीचङ्गी लुगा लगाएर नक्कलझक्कल पार्दै झ्यालमा बसेर को को हिड्दैछन् भनी केहि नदेख्ने आँखाले हेर्ने गरिन्छ ।
सुन,म भन्छ ुत्यहाँ मानिस नै छैन, छैन, छैन ।
तिमी भनौ लाती रङ्गीचङ्गी लुगालाई
नक्कल झक्कल गदै झ्यालमा देखा पर्ने को हुन् ती?
म भन्छु तिनीहरm ता पुतली हुन् पुतली
पुतलीहरmले पनि कहि तिमीहरmको क्रन्दन सुन्छ ?

मान्छेलाई दुःख र पीडाले सटाएपछि मुटु त्यसैं दुःखेर आउँदो रहेछ । आँसुले कतै वाटो नपाएपछि आँखावाट त्यसै झर्दो रहेछ । त्यसैले होला मुटुको व्यथाले छट्पटाई रहेको वेला, रmन्दा रmन्दै दिन ढलिरहेको वेलाती गोरा ढिटाहरm किन हरर हाँस्नेहोला ? थाहा छैन, मानवीय संवेदनशीलको एउटा उपहास हो कि ? अर्काको दुःख देखेर खुशी भएको हो कि ?मानव जीवनमा यस्तै रीत चल्छन् भनी भनेको हो कि ? मान्छे भएर पनिहामी मान्छे होइन भनी भनेको हो कि ?के थाहा, अर्काको मनको कुरो, जतिवुझे पनि वुझ्न गाह्रो हुदो रहेछ । यो बुुझ्नै नसक्ने संसारमा केही रmन्दै छन् । कोही हाँस्दै छन् । कोही लड्दै छन् । कोही हिड्दै छन् । बाटाहरm धेरै भए पछि मान्छेहरm रनभूल्लमा परेर आफ्ना बाटाहरm पहिल्याउन गाहो मान्दैछन् । किनहोला, यो मानवजीवनमा मात्र यस्तो किन भएको होला । जबकि अरm प्राणीहरm सजिलै आफ्ना बाटोहरm पहिल्याएर हिडिरहेका छन् । न तिनीहरmलाई दुःख छ, न वाटो विराएर नै हिड्ने गरिन्छ ।
के रहस्यहोला, मान्छेहरmमा विवेकभएपनि किन आफ्नो बाटोमा हिड्न नसकेको होला? अनौठो छ, यो अनौठो संसारभित्र अनौठो तरिकावाट नै हाम्रो जीवनलीला समाप्त हुने छ । यो छोटो जीवनमा वुझ्दाबुझ्दैं बुझ्न नपाउदैं आर्यघातमा मान्छेहरm त्यसै सुत्ने गरिन्छ । हामी त वाँचेरपनि केही गर्न नसक्ने जिउँदो मुर्दा रहेछौं । यो कस्तो जीवन? तिमीहरmको मन चङ्गाभई जतिसुकैं हाँसे पनि आखीरमा त्यो त मसानघातमा चिरनिन्द्रामा सुतेको मान्छेको मुखमा दागवत्ती दिएको आगोको लप्काको आवाज जस्तो हुनेछ । न आगोले पोल्यो भनी गाली गर्छ ?न जुरmक उठेर हिड्न् खोज्छ ? न आगोले पोल्दा कुनै प्रतिकिया नै दिन खोज्छ, न आफन्तोहरmलाई नै गाली गरि घर फर्किन्छ । किनहोला, ऊ त मुर्दा हो । यो पञ्चतत्वले वनेको संसारमा पञ्चतत्व संगंै जीवनको लीला समाप्त गर्न खोज्दैछन् । जहाँवाट आएका थिए त्यही गएर आत्माले विश्राम लिन खोज्दैछन् । त्यसैले यो संसारमा अहिले सम्म त्यस्तो मुर्दा भेटिएको छैन जसले कसैको प्रश्नको उत्तर देओस् । आगोमा दनदन बलेर भष्महुने वेला मुसुमुसुहाँसी तिमीहरmको आवाजको उत्तर देओस् ।
हामीलाई थाहा छ , मृत्यु मान्छेको अपरिहार्य तत्व हो । त्यो तत्वभित्र एक दिनहामीहरm सबै समाहित हुनुपर्छ । यो नै सत्यहो । यो सत्यभित्र एक दिन हामीपनि चाहेर वान चाहेर मुर्दा भएर मसानघातमा सुत्नुपर्छ । त्यसवेला हामीले पनि थाहा पाउने छन् मुर्दाको आत्माले के खोज्दैछन् ?कहा ँगएर विश्राम लिन्दैछन् ? पशुपति, गुह्येश्वरी र तारेमाम भनी तिमीले जतिसुकै भनेपनि यौटा मुर्दाका लागि त्यसकोे असर केहुन्दैछन् ? मानौ अन्तरिक्षलाई धुने ती को हुन् भनी यो हावामा उडिरहेका आत्माले के भन्दैछन् । थाहाछैन, यो भवसागरमा आगो–आगोसंग, पानी–पानीसंग, माटो–माटोसंग, हावा–हावासंग मिलेर यौटा अनौठो संयोगमा मान्छेहरm त्यसै ओरालो लागिरहेको छन् । त्यसैले यो वस्ती भित्र मान्छे छ्र्र्र , छैन थाहा छैन । मान्छेहरmको वस्तीमा मुर्दाहरm हाँस्नखोजेपछि मुर्दाहरmले जस्तै मान्छेहरmले पनि जतिसुकै बोलाएपनि बोल्दै बोल्दैनन् । जतिसुकै चलाएपनि चल्दै चल्दैनन् ।
तिमी भनौला हामी रmँदा कराउँदा हरर हाँसेर ल्याउने
ती गोरा ढिटाहरmको हुन् त ?
म भन्छु ती त केवल मुर्दा हुनु, मुर्दा
तिनीहरmको हाँसो चिताको लप्काको आवाज
कहि जलेको मुर्दाले पनि तिमीहरmको आवाजको उत्तर दिन सक्छ?
तिमी भनौला जय पशुपति, गुह्येश्वरी, तारेमाम्
भन्दै अन्तरिक्षलाई धुने ती को हुन् त ?

मान्छे न यन्त्र बन्न सक्छ न यन्त्र मान्छे बन्न सक्छ । त्यसैले युगकवि सिद्घिचरण श्रेष्ठले मानवलाई किन यन्त्रको उपमा दिएको होला । आज युगकविको मनमा गहिरो चोट लागेको छ । किनकि मान्छेले आजकल किन यन्त्रले जस्तै सुन्न छोडेको होला ?जब कि सुन्नु पर्ने कानले सुन्न छोडेपछि त्यो कानको औचित्य के वाँकी होला र ? राम्रो–नराम्रो, मीठो–नमीठो सबै कुराहरm समान रmपमा विना भेदभाव सुन्नु पर्ने यो कानले आफूलाई मनपर्ने कुरा मात्र सुनेर अरm कुरा नसुन्ने हो भने के मान्छे पनि यन्त्र जस्तै हुन खोजेको त होइन् र ? त्यसैले त्यस्तो कानलाई सुनाउनका निम्ति हामीले कानमा सुइरोले घोच्नु पर्छ । ताकि कानले निकास पाओस् । सवैको कुरा सुन्न सक्ने शतिm देओस् । वुद्घिमा ताला लागेको छ भने त्यो खिया लागेको तालालाई हामीले जसरी भएपनि खोल्नु पर्छ । होइन भने त्यो मान्छे होइन् त्यो त यन्त्र हो । यन्त्रशालामा प्रयोगमा निम्ति राखिएको मानव शरीर जस्तै जुनवेला जे गर्न मन लाग्यो त्यस्तै गरेर राख्ने छ । त्यसैले वुद्घिमा ताला लगाउने होइन । ताला त सुरक्षाका निम्ति लगाउने हो । जहाँ चोरी हुन नपाओस् । जहाँ कसैले के छ भनी हेर्न नसकोस् । त्यहाँ पो ताला लगाउनु पर्छ । वुद्घिमा होइन् । मन र मस्तिकमा होइन् । आखाँमा होइन । शरीरमा होइन । यो त सिसीमा विर्को लगाए जस्तो भो ।
हाम्रो जीवनमा कसैले कानमा सुइरो र वुद्घिमा ताला लगाउने हो भने त्यो माँन्छे होइन्, मान्छेको नाउँमा यन्त्र हो । जसले कहि गर्न नसक्ने उसलाई त अरmले चलाई दिनु पर्छ । नचाई दिनु पर्छ । हँसाई दिनु पर्छ । रmवाई दिनु पर्छ । त्यो मान्छे नै होइन् । त्यस्तो मान्छेलाई हामी कसरी मान्छे भन्न सक्छौं ?
यो मानववस्तीमा मानव कम मुर्दा धेरै बस्दो रहेछ । त्यसैले होला जतिसुकै धम्किदिए पनि, जतिसुकै क्रन्दनले चिच्याए पनि यहाँ केहि फरक नपर्ने रहेछ । दैलो नै फोरेर माथि उकले पनि कसैले तिमीलाई यस्तो किन गरेको भनी प्रश्न गर्ने छैनन् । किनकि त्यहाँ मान्छे छैन। मान्छेको नाउँमा मुर्दाहरm सुतिरहेका छन् । जसलाई जे मन लाग्यो त्यस्तै गरे पनि त्यहाँ के भयो भनी कसैले तिमीलाई भन्ने वाला छैन । जाडो याममा चिसोले जीउ कढ्याग्रे पनि किन भन्ने कसैको प्रश्न हुने छैन । मान्छेको वस्तीमा त्यस्तो हुनै सक्दैन । मान्छेले त मानवीयता देखाउनु पर्छ । यौटाले अर्काको मुटु दुःखेको पीडा थाहा पाउनु पर्छ । चिसो रातमा बाहिर होइन् भित्र वोलाएर एक रात सुत्नदिनु पर्छ । बुद्घिमा ताला होइन् खुल्ला आकाश जस्तै संधै उद्घार भएर काम गर्न सक्नु पर्छ ।
कानमा सुइरो बुद्घिमा ताला लगाएका ती यन्त्र हुन्
भनेको मान, त्यहाँ मानिस नै छैन, छैन, छैन
धम्की, क्रन्दन मात्र होइन गएर दैला नै फोर
माथि उक्ल, कसैले तिमीलाई यसो किन गप्यो पनि भन्न आउने छैन
त्यहाँ मानिस नै भएको भए साबगाँस रहित भई
तिमीहरmले यो जाडो रात यसरी काट्नु पर्ने थिएन् ।

मान्छे, प्राणीहरm मध्ये श्रेष्ठ प्राणी हो । किनकि मान्छेभित्र विवेक छ । त्यहि विवेकले गर्दा के गर्न हुन्छ, के गर्न हुँदैन भनी छुट्याउन सकिन्छ । तर युगकवि सिद्धिचरण श्रेष्ठले वि.सं २००९ सालमा रचित प्रस्तुत कवितामा किन वस्तीभित्र मान्छेहरm छैनन् भनेको होलान् ? के यो अनौठो होइन र ? के यो सत्य होला र ?पत्याउनै नसकेको कुरा किन कवितामा कोरेको होला ?थाहा छैन, यति सानो कुरालाई यति धेरै ठूलो किन वनाएको होला? आखीर मान्छेको वस्तीमा मान्छेहरm नबस्न पनि सक्छ । मान्छे बस्दैमा सवैले सुन्नै पर्छ भन्ने पनि छैन । विवेकशील मान्छेलाई अरm प्राणी सरह किन तुलना गरेको होला? पुतली जस्तै रङ्गीचङ्गी लुगा लगाएर उड्ने मान्छे किन देखेको होला ? मान्छे तमुर्दा होइन तर किन मान्छेहरmलाई मुर्दाको संझा दिएको होला ? घाँटी सुकने गरि चिच्याई चिच्याई बोलाउँदा पनि नसुनेको भनीकिन यति धेरै रीस पोखेको होला ? कानमा सुइरो र वुद्घिमा ताला लगाएको मान्छे भनी किन हामीलाई भनेको होला ? धम्की, क्रन्दनमात्र होइन दैलो नै फोरेरभित्र पसे पनि अचेतन मान्छे भनी किन धिक्कारेका होला ?विवेक किन हराएको होला ? थाहा छैन, वस्ती छ मान्छे छैन । मान्छे छ वस्ती छैन । त्यसैले युग कविसिद्घिचरण श्रेष्ठको मनभित्र थुप्रै पीडाहरmले पोलिएको वेला मान्छे–मान्छे वनेर पोलेको घाउँमा मलमपट्टी लगाई दिएको भए बेस हुन्थ्यो होला ।

प्रकाशित मिति २०८०–३ –२९

फेसबुकबाट तपाईको प्रतिक्रिया