युगकवि सिद्धिचरणका भ्रान्ति कविता

स्वयम्भू शाक्य

मान्छेको मन न हो । एकचित्त गर्न गाह्रो छ । चञ्चल स्वभावको यो मनलाई समालेर राख्न कठीन छ । छिनभरमा कता कता पुगेर समालेर ल्याउन मुस्किल छ । त्यसैले यो चित्तवृत्तिलाई चित्तज्ञले मात्र चित्तकल्पित पुरा गर्न सकिन्छ । भूवा भन्दा हलुको, वायु भन्दा छिटो, पानीको रूप जस्तै आकाश भन्दा ठूलो न बाँधेर राख्न सकिन्छ न थुनेर बन्द गर्न सकिन्छ । अदृश्य, कसैले पनि देख्न नसक्ने यो कस्तो मन हो ? यो कस्तो विचित्र स्वभाव हो । मात्र विचार र चिन्तनले मनलाई बाँध्नका लागि अन्तःकरणमा थुप्रै तर्क बिर्तक गरेर विकारलाई हटाउन सक्नु पर्छ । चित्त परिशुद्ध गर्नका लागि मसानघाटमा लगेर मान्छे पोलेको देखाउनु पर्छ । मरुभूमिमा पानीको प्यास लागेको बेला एक थोपा पानीको महत्व बुझाउँन सक्नुपर्छ । त्यसैले मनलाई एकचित्त पार्नका लागि परमात्माको सियोले सिउँनुपर्छ । चिन्तन मनन् गरेर बैरागीको कथा सुनाउँनुपर्छ । चकुले काटे जस्तै, सियोले गाँसे जस्तै यो भवसागरको बन्धनबाट मुक्त गर्नका लागि मनलाई आत्माले साधना गर्नुपर्छ । भनिन्छ, चन्द्र र सूर्यलाई यो संसारमा कसैले पनि लुकाउँन सक्दैन । यो स्वासक्त सत्य हो । त्यसैले सत्यलाई आगोले पोल्न सक्दैन । सत्यलाई पानीले पखाल्न सक्दैन । यो त कहिले नर्मने अजम्मरको प्रतिक हो । अजा जस्तो कहिल्यै नहोइलिने ईश्वरको माया हो । त्यसैले यो मनलाई भ्रान्ति होइन् सकभर एकमुठ्ठी पारेर त्यो निलो आकाशमा नयनलाई ओछ्याएर हेर्दा कतै घाम लागेर होला आकाश निर्मल भएर उज्यालो छ । कतैं बादल लागेर होला कालो छ । किनकि यो गतिशील संसारमा सबै एकनास कहिल्यै हुँदैन । यो त प्रकृतिको नियम हो । कतै घाम लाग्छ त कतै पानी पर्छ । कतै दिन हुन्छ त कतै रात । यो संसार यसरी नै चलिरहेको छ । जसरी संसार चल्छ त्यसरी नै हामी पनि चल्नुपर्छ । यो मरणशील प्राणीमा कोही अजर हुन सक्दैन । एक दिन मृत्युको मुखमा हामी पस्नु छ । चिरनिद्रामा आफ्नै शरीरलाई छोडी पिँजराको सुगा उडे जस्तै यो आत्मा उडेर परमात्मालाई भेट्नु छ । त्यसैले आज यो आकाश कतै कालो छ कतै उज्यालो भएर निर्मल छ ।
भर्सक्य चित्तकन एक गरेर बाँधी
हेरें दुवै नयनले नभतफ्र्m ताकी
आकाश निर्मल थियो तर केहि कालो
बाँकी थियो अलि अलि नभ त्यो उज्यालो ।
हाम्रो बाटो आकाशतिर होइन् आत्मातिर हुनुपर्छ । आकाश त विशाल छ । त्यो विशाल आकाशभित्र के के पाइन्छ थाहा हुँदैन । हामीले सोचेर मात्र हेर्नुपर्छ । चाँदीले लिपेको त्यो बादलका टुक्राहरू कहिले हात्ती बन्छ । कहिले मृग बन्छ । कहिले बिरुवा बन्छ त कहिले नचिताएको सपनाको महल बन्छ । त्यसैले यो आकार र घेरामा अनेकौं प्रकारका विचित्र चित्रले मान्छेको मनमा किन सन्तोष दिन खोज्छ ? मनले विचार गरेपछि यो आँखाले त्यस्तै देखिने त्यो नभभित्र के के रहेछ ? हेर्दा हेर्दै कतै हराए जस्तो, हेर्दा हेर्दै कतै आपूmले खोजेको पाए जस्तो कस्तो कस्तो यो विशाल आकाशमा मान्छेले किन मनको कुरा खोजिरहन्छ ? सत्य नपत्याए इन्द्रेणीलाई सोधेर हेर । नढाँटीकन आकाश गंगालाई बुझेर हेर । यो आकाशमा नौ लाखे तारा कहिले आउँछ ? चाँदीका बादलहरू किन उडिरहन्छ ? वर्षाको बेला बिजुली चम्केर मेघ किन गर्जिरहन्छ ? आगो बलेर होला यो धर्तीमा किन चट्टान पर्छ ? त्यसैले हामीले बुझ्नुपर्छ । यो विशाल आकाशभित्र सवथोक पाइने रहेछ । मनमा कुरा मात्र खेलाएर हेर ईश्वरले तिमीलाई खोजेको चित्र देखाउँन थाल्छ ।
विशाल त्यो सुन्दर नभमा बादलका टुक्राहरूले हाम्रो मन खेलाइरहेको छ । खण्डहरू भैंm शेष भागमा मात्र कहिले हाँसेर त कहिले रोएर मुटुको व्यथासँगैं मितेरी गाँसिरहेको छ । बुझ्नै नसक्ने यो संसारमा मनमा किन विचारहरू पलाएर आउँछ ? सोच्नै नपाईकन लाखौं लाख विचारहरू क्षणभरमैं किन तुहेर जान्छ । मनले किन सोच्नै सकेन ? जन्मिएका ती राम्रा विचारहरूलाई किन हेर विचार गर्न सकिएन ? केवल कल्पना जस्तो कल्पनै कल्पनामा हराउँने हो भने त्यस्ता विचारहरू क्षणभरीका लागि भए पनि किन पलाएर राख्ने ? मन भारी हुने गरी मनलाई उकुस मुकुस पारी संसारमा लाखौं लाख सपनाहरू नभमा किन जन्मिरहन्छ ? विभिन्न प्रकारका स्वरूपहरू लिएर मनले खोजे जस्तै त्यस्तै रूपहरू बनेर यो नभमा सजिव र निर्जिवका आकृतिहरू यो आँखाले किन देखिरहेछ ? मनलाई चङ्गा भैंm उडाएर मान्छेको दिलमा बादलका टुक्राहरू पसेर आज मनको विचारमा किन विचित्र पैदा भैरहेछ ?
त्यै शेष भाग नभ मण्डलमा थियो जो
हात्ती भयो, मृग भयो, बिरुवा भयो त्यो
आकार धेर नभमा विविध प्रकार
आएर विचित्र ग¥यो मनको बिचार ।
मान्छेले जस्तो सुकैं काम गरे पनि आखीरमा आफ्नै हृदयमा डुबेर सबै कुरा गर्नु पर्नेरहेछ । मुटुको स्पन्दनले रगतलाई सफा गरी खराबलाई पनि असल बनाउँदोरहेछ । कोमल भावना र भावुकतामा डुबेर यो अन्तःकरणले ठीक बेठीक छुट्याउनु पर्नेरहेछ । हृदयहीन निष्ठुरी मुटुले निर्दयतापूर्वक हृदयलाई पनि छिया छिया पारी छेड्ने रहेछ । त्यसैले यो हृदयभित्र कहिले काहिँ आँधीबेरी पनि चल्दोरहेछ । दुःख कष्टले रोइरहेको बेला सागर पनि बग्दोरहेछ ।
हामीले सारतत्व बुझ्ने हो भने भित्री सहस्य खोतल्नु पर्छ । सरल, सुन्दर र स्वच्छता ल्याउनका लागि हामीले थुप्रैं मेहनत गर्नुपर्छ । निर्मल स्वच्छ त्यो कञ्चन पानी जस्तो, सुन्दर त्यो वसन्त हरियाली जस्तो, सरल सोझो अनि छलकपट नभएको जस्तो यो हृदयमा डुबेर प्रत्येक मान्छेले आ–आफ्नो अतीत सम्झनु पर्छ । हिज्जो हामीले के रोप्यौं ? आज त्यसैको फल पाइरहेका छौं । आज हामीले के रोप्छौं । भोलि त्यसको फल पाउनेछौं । त्यसैले यो हृदयमा हामीले के रोप्यौं त्यही फल्ने छ ।
हृदय आकाश भन्दा ठूलो छ । सागर भन्दा गहिरो छ । दुःख, व्यथा र कष्ट सहेर पनि सरल, सुन्दर र स्वच्छ छ । भ्रान्ति त्यसबेला हुन्छ, जुनबेला देख्दा र सुन्दा अर्को कुराको भान पर्छ । भ्रामक त्यही मात्र हुन सक्छ जसले भ्रमको सृजना गर्छ । शंका उपशंकाको बीऊ रोपेर नानाभाती तर्क र वितर्कको आगोमा पोल्न खोज्छ । भ्रान्ति आपैmमा दुबिधा हो । दोमनमा परेपछि अपनाउँने दोधारे नीति हो । त्यसैले भ्रान्तिलाई हताएर मनमा शान्ति ल्याउनका लागि सृष्टिदेखि विनाशसम्मको कथा सुनाउँनु छ । चित्तलाई शुद्ध पार्न सुनलाई आगोमा पोले जस्तो सत्य र असत्यको कथा सुनाउँनु छ । संसार नाशवान छ । हामीले देखे भोगेका कुराहरू सबै अनित्य छ । जसरी आयो त्यसरी नै जानु पर्ने यही हाम्रो संसारको नियम हो । मान्छे, माटो बन्नु भन्दा पहिला धुँवा हुनु पर्नेरहेछ । कसैले आगो पिलाएर मात्र दनदनी लाशलाई जलाउँनु पर्नेरहेछ । एक थोपा आँशु झारी बैकुण्ठ बास् होस् भन्नाका लागि भगवान्सँग प्रार्थना गर्नुपर्ने रहेछ । मान्छेको जीवनमा चित्त शुद्ध हुनु पर्छ । नाना कुराहरूमा नअल्झि सबै कुरा बुझ्नुपर्छ । नयन त के भो ? केवल दुःखको बेला आँशु बगाउनु बाहेक अरु पो के गर्न सक्छ र ? आँखा चिम्लेर बस्दा केहि नदेखे पनि मनको आँखाले यो संसारलाई देख्न सकिन्छ । त्यसैले यो हृदय हरियो हुनुपर्छ । लालीगुराँस जस्तै सधैं मुस्कानले हाँसिरहनुपर्छ । शीर ठाडो पारेर सागरमाथा जस्तै अटल हुनुपर्छ । बैरी नै किन नहोस् हामीले दया र मायाले बाटो देखाई दिनुपर्छ । आखीर यो हृदयदधिमा डुबेर सरल, सुन्दर र स्वच्छ सार पाउन चित्रलाई भ्रान्ति हुनबाट जोगाउँनु पर्छ । भ्रान्ति के हो भन्ने बारे चित्तलाई सँधैं सम्झाई राख्नुपर्छ । भ्रान्ति फोहोर पानी हो । सफा गर्नका लागि धेरै समय लाग्न सक्छ । ठिग्याएर राखेपछि पानी आपैmं सफा भएर आउँन थाल्छ । त्यसैले यो चित्तलाई भ्रान्तिबाट जोगाउँन त्याग र तपस्याले सफा गर्नुपर्ने रहेछ । आँखा चिम्लेर पञ्चशीलको साधनाले बिकारहरू सबै बाहिर फाल्नु पर्ने रहेछ । त्यसैले आँखा चिम्लनु मनको आँखाले हेर्नु हो । मनको आँखा नै रोगीलाई निको पार्ने औषधि हो । कहाँ, कसलाई के चाहियो पूर्ति गर्ने माध्यम हो । भनिन्छ, औषधि भन्दा आत्मबल धेरै ठूलो कुरो हो । आत्मबल मनको आँखा हो । चित्तलाई एकचित्त गरी यो कहाली लाग्दो भवसागरबाट तरेर जाने उत्तम उपाय हो ।
आखीर आफ्नु हृदयोदधिमा डुबेर
ल्याएँ सखे सरल सुन्दर स्वच्छ सार
यो चित्तलाई सव भ्रान्ति भनी बुझाएँ
चिम्ली अनि नयन खुब म हत्पताएँ ।
वीर योद्धा हो । युद्धको बेला वीरको पहिचान हुन्छ । आपूm निभेर पनि जन्मभूमिलाई रक्षा गर्ने महान सपूतको रूपमा लिन सकिन्छ । न डर छ, न क्रास छ । कोही कसैसँग न मोल मोलाईजा छ । खुकुरीको धारमा हिँड्ने उसको आफ्नै बानी छ । त्यसैले वीर भ्रान्तिमा होइन् शान्तिको लागि हुनुपर्छ । समृद्धि र उत्थानको लागि जीवन बलिदान दिएको हुन्छ । वीरको हृदयमा भ्रान्ति हुनैं सक्दैन । यो त वीरलाई अधीर बनाउँने चाला हो । स्थिरलाई अस्थिर बनाउने माध्यम हो । जतिसुकै बेला भएपनि बलहीन बनाउने खाडल हो । खण्ड–खण्डमा विभाजित गरेर बैरीको अगाडी पराजित गराउने बाहाना हो । त्यसैले वीर योद्धालाई भ्रान्ति शोभणीय हुन सक्दैन । अधि र पछि जे जस्तो भए पनि बलहीन भएर ऊ बाँच्नै सक्दैन । विचार तेजिलो भएर होला क्रमशः बलियो भैरहेछ । यो हृदयभित्र आज किन हो किन मन्दिरको ध्वजा फरफारई रहेको छ । यो त शुभ साइत हो । ईश्वरको ध्वजा फरफराई रहनु चित्त शुद्ध हुनु हो । सत् विचारको प्रवेशले सदाका लागि मान्छेले मुक्ती पाउनु हो । मुक्ती जीवनको सार हो । मान्छे भएर अपनाउँनु पर्ने आधार हो । बाँचुञ्जेल सुख र शान्तिले जीवन व्यक्तित गरे पनि भोलिका लागि पनि बाँच्ने बाटो हो । भनिन्छ, मन्दिरमा ईश्वरको वास हुन्छ । मन्दिरको ध्वजाले यो चित्तलाई पवित्र बनाउँछ । सुनपानीले छर्के जस्तै गंगाजलले सिँचित गरे जस्तै यो पवित्र मन्दिर हृदयमा वास बसेपछि मनुष्यलाई अरु नै के चाहिन्छ र ?
अ‍ैले पनि अधि भए सरि भ्रान्ति वीर
हुन्छन् तथापि बलहीन छ त्यो अधीर
मेरो विचार अब भो बलियो मजाको
मेरो वही हृदय–मन्दिरको ध्वजा हो ।
यो संसारमा भ्रान्तिको उपमा दिनयोग्य वस्तु कहाँ छ भनी यो आँखाले मात्र होइन् मनको आँखाले पनि छानेर हेर्दा आखीर मन पो रहेछ । हामीलाई के थाहा ? टाढा टाढासम्म खोजेर समयलाई पो बर्वाद पारिरहेछौं । मृगले कस्तुरी खोजे जस्तैं आफ्नै मनमा भ्रान्तिको उपमा पाए पनि हामी किन होला यो मनलाई छोडेर दुःखको सागरमा पौडिरहेछौं ? शान्तिको लागि आफ्नैं मनलाई नसोधिकन अर्काको मनमा किन भौतारि रहेछौं ? सुन्दर र शान्त यो मनको तलाउँमा काम, क्रोध र मोहले किन तरङ्गित पारिरहेछ ? आखीर मन त हो । मनमा संसार अटाउन सक्छ । तैपनि हामीले यो मनलाई किन बुझ्न सकेनौं ?
मनले जे भन्छ यो शरीर त्यसै चल्ने गरिन्छ । त्यसैले यो मनले हामीलाई नियन्त्रित गर्दोरहेछ । घोडा जस्तो कुडेर हिँड्नेलाई पनि लगाम लगाए पछि आफ्नैं इशाराले चलाउँदोरहेछ । भनिन्छ, मनको स्वभाव चञ्चल हुन्छ । स्थिर नभएर अस्थिर हुन्छ । आपूmलाई जे मन लाग्यो त्यस्तै गरी कसैको मतलबैं नगरी हिँड्न खोज्छ । यो त प्राकृतिक नियमको खिलाप हो । पानी ओरालोमा बग्छ । धूँवा उडेर जान्छ । आगोले पोल्न खोज्छ । पानीले भिजाउँन खोज्छ । यो त आ–आफ्नो स्व–धर्मको नियम हो । त्यसैले यो संसार चलाउँनका लागि हाम्रो मनले पनि स्व–धर्म निभाउनु पर्छ । दुई दिनको पाहुना भन्दैमा जे मन लाग्यो त्यस्तै कहाँ गर्न पाइन्छ र ? मन निर्मल हुनुपर्छ । झरणाको पानी जस्तो कञ्चन भएर तिर्खा लागेको बेला पिउँन योग्य हुनुपर्छ । मन त्यस्तो हुनु पर्छ, जहाँ वसन्तले बा¥है महिना राज गरेको होस् । सुख र दुःखका कथाहरू पढेर कहिले काहिँ दुःखको बेला आँशु चुहाउँने गरोस् । सुखका कथाहरू सुनेर कहिले काहिँ अरुलाई पनि सुख बाँडिदिन सकोस् ।
मन शरीरको केन्द्र हो । मन बिग्रेपछि मतिभ्रष्ट भएर कुबाटोमा हिँड्ने गरिन्छ । राम्रो–नराम्रो, ठीक–बेठीकको कुनै मतलवैं नगरी दैत्यले भैंm राज चलाउँन सक्छ । नीति र नियमलाई उपेक्षा गरि आफ्नै इच्छानुसार हिँड्न खोज्छ । त्यसैले हामीले मनलाई समालेर राख्नुपर्छ । कतै हिँड्यो कि आँखा ओछ्याएर हेर्नुपर्छ । यता उता कता कता कहिले काहिँ हराउँन सक्छ ।
यो भ्रान्तिलाई उपमा दिन योग्य वस्तु
संसारमा छ कि भनेर म छामी हेर्छु
पाएँ रहेछ मन नैं त्यसलाई जोडा
जो चढ्न सक्छ सबलाई बनाई घोडा
यो कुरो सत्य हो । भ्रान्तिले वीरलाई पनि व्याकुल बनाएर बलहीन बनाउँदो रहेछ । जतिसुकै बहादुर हुँ भनेपनि एकै छिनमा ढाल्न सक्छ । त्यसैले यो संसारमा सबैभन्दा ठूलो कुरो मनै रहेछ । हामीले जस्तो सोच्छौं त्यस्तै हामी बन्ने रहेछ । आफ्नो मोक्षको लागि अरुले होइन हामी आपैmले नै अथक प्रयास गर्नु पर्ने रहेछ । एक प्रकारको छायाँ जस्तो कहिल्यै छोडेर नजाने सोच अनुसारको व्यवहार बन्दोरहेछ । राम्रो नराम्रो मनमा सृष्टि भएर होला एक थोपा पानीको अस्तित्व समुन्द्रमा के पाउँन सकिन्छ र ? अपितु हामीले ज्ञानको ज्योति मात्र बाल्न सके लाखौं ज्ञानको ज्योतिहरू अझ बाल्न सकिन्छ ।
यो मनमा पानी हाल्न बिर्सिएर होला दुवो मर्न लागेपछि फेरि पलाउँन समय लाग्दोरहेछ । हो, समयले भ्रान्तिलाई चिन्न आवश्यक छैन । समय त निरन्तर बगिरहने खोला हो । उसको कसैसँग स्वार्थ छैन । ऊ त आफ्नै स्व–धर्म निभाउँदैछ । भ्रान्ति जस्तो होइन अर्काको मनमा पसेर दोमन पार्ने काम कहिल्यै गर्दैन । मान्छेलाई ढलमल पारेर लक्ष्यहीन कहिल्यै बनाउँन सक्दैन । आकाशमा खेली रहेका बादलका टुक्राहरू, हावाका झोकासँगै यता र उता गएर मान्छेको मनलाई कहिल्यै लोभ्याउँदैन । त्यसैले हाम्रो चित्तलाई समय समयमा सफा गरि राख्नु पर्ने रहेछ । भाँडा माझे जस्तो माझ्दा माझ्दै टलक टल्किने गरी हेर्दैमा लोभलाग्ने वस्तु बनाई राख्नु पर्ने रहेछ । के थाहा ! युगकवि सिद्धिचरण श्रेष्ठलाई आज भ्रान्तिले किन मन सा¥हो पारिरहेछ । मनको गाँठो फुकाउँनका लागि सकि–नसकि अल्झिएको धागो यौटा यौटा फुकाल्दैछ ।

प्रकासित मिति २०७७–११–२५

फेसबुकबाट तपाईको प्रतिक्रिया