युगकवि सिद्धिचरण श्रेष्ठको ‘विछोडको आभास’
–स्वयम्भू शाक्य
बिछोड आपैंmमा पीडादायी शब्द हो । यस्तो समयमा मान्छे दुःखी हुनु बाहेक सुखको अनुभूति गर्न सकिँदैन । भलै, जतिसुकै कठोर मुटु बोकेर आएको मान्छे नै किन नहोस् । उसको हृदयले नचाहेर पनि आपूmलाई माया गर्ने प्रिय व्यक्तिसँग सदाका लागि अलग हुनु पर्ने बियोगान्तको पीडाले मन मस्तिष्कहरू छिया छिया भैरहेका हुन्छन् । त्यसैले भन्ने गरिन्छ । साँचो माया गर्ने व्यक्तिले आफ्नो कुनै अर्थ नराखी मायालुलाई निकै महत्वपूर्ण ठानिन्छ । निशर्त प्रेममा यस्तै हुँदो रहेछ । जहाँ शर्तहरूको कुनै गुन्जायस हुँदैन । जहाँ लेनदेनको कुनै संवाद हुँदैन । त्यहाँ अपनत्वको भाव मात्र हुन्छ । न बढ्छ न घट्छ, केवल मायामा पग्लेर जानु बाहेक उम्लेर कहिले आउन सक्दैन । त्यसैले मान्छेहरू भन्ने गरिन्छ, यो त माया हो । मायामा कुनै रंग हुँदैन । यो त निर्मल छ । स्वच्छ छ । हरियो छ । कञ्चन छ । जहाँ दुःख होइन दुःखी बनाउने कुनै कारणतत्व हामीले पाउन सक्दैन । किनकि यो आपैmमा अर्थपूर्ण छ । जहाँ जहिले पनि देहको छायाँ बनेर पछि पछि आउने गरिन्छ । त्यसैलाई नै माया भन्दो रहेछ ।
बिछोड आपैmमा तितो हुँदो रहेछ । तितोको अर्थ आँसु पनि हुनसक्छ । धूवाँ पनि हुनसक्छ । पागल पनि बन्न सक्छ । कोहीसँग बोल्न मन नलागी एकान्तप्रिय पनि बन्न सक्छ । त्यसैले यो बियोगान्तभित्र के हुन सक्छ, के हुन सक्दैन हामीले यस्तै भन्न सकिँदैन । खुकुरीको चोट अचानोलाई मात्र थाहा हुने भएकोले यो बिछोडको आभासभित्र युगकवि सिद्धिचरण श्रेष्ठले आफ्नो धर्मपत्नी मिश्रीदेवी श्रेष्ठलाई उच्च रक्तचापको कारणले आज अस्पतालको आई.सि.यू मा राखेर उपचार गराउँदाको पीडा प्रस्तुत कवितामा पोखेको देखिन्छ । हुन त युगकवि सिद्धिचरण श्रेष्ठले प्रस्तुत बिछोडको आभास कविता वि.सं. २०४० सालमा रचना गर्दा “मेरो धर्मपत्नी मिश्रीलाई रक्तचापको व्यथा छ । चार वर्षअघि यसै रोगले उनी मूर्छा परिन् । हतपत्त अस्पतालमा लगियो र आई.सि.यू.मा भर्ना गरियो । एक हप्ता जति बोल्न उनी असमर्थ थिइन् । डाक्टरले उनी बाँच्ने आशा कमै छ भनेका थिए । उनको यो सिकिस्त अवस्थामा म कहिले काहिँ कुरुवा बस्न जान्थे । यदाकदा उनी केही बोल्छिन् पनि, तर वाक्यै राम्ररी फुट्दैनथ्यो । एक दिन कुरुवा बसेकी छोरी शान्तालाई तिम्रो बुवा राम्ररी सुत्नु हुन्छ कि हुन्न भनेर सोधेकी थिइन् । यस अवस्थामा पनि मेरो सुविधा प्रति उनको यो ध्याउन्न सुन्दा म झसङ्ग भएँ । त्यसैको परिणाम यो सानो टिपोट हो” भनी आफ्ना मनका भावहरू व्यक्त गरेको पाइन्छ ।
आज युगकवि सिद्धिचरण श्रेष्ठका धर्मपत्नी मिश्रीदेवी श्रेष्ठलाई पीडा छ । ऊँ ऊँ गर्दै न बोल्न सक्छ न श्वास–प्रश्वास नै राम्रो सँग चल्न सक्छ । केवल मन्ध गतिमा श्वास–प्रश्वास चलेर आज युगकवि सिद्धिचरणको छायाँ मुस्किलले बाँचिरहेको छ । कतै यो देहलीला समाप्त हुने त होइन ? कतै नाटक सकेर पर्दा झर्ने त होइन ? कतै माटोमा बिलाएर जाने त होइन ? कतै आफ्नो मायाको आयु सक्ने पो होइन ? कतै नाता गोता टुटिने त होइन ? कतै मेरो दाता अन्तै जाने त होइन ? कतै तेल सकेर दियो निभ्ने त होइन ? कतै अध्यारोमा म बाँच्नु पर्ने त होइन ? के थाहा, यो भवसागरमा पत्नी बियोग भएर म एक्लै शून्य शून्यमा हराउनु पर्ने पो हो की ? जे जति थियो आपूmसँग सबै हराएर छुट्टिने पो हो कि ? त्यसैले आज युगकविको मनमा आगो बलिरहेको छ । न निभाउन सक्छ न चाँडै दनदनी बलेर खरानी नै हुन्छ । केवल पलपलमा पीडै पीडा सहेर बिछोडको आभासमा न यता न उता कता कता हिँडिरहेको देखिन्छ ।
मान्छेको जीवन न हो, नदी र नाला भएर बगे पछि एक दिन अवश्य पनि सागरमा गएर मिल्नु पर्छ । यो नै सत्य हो । हिजो चञ्चल थियो आज सुस्तरी मन्द गतिमा चलिरहेको छ । कुनै दिन समयले गतिलाई रोकिने छ । जसरी पानसको बत्तीमा तेल सकेर जगमग हुन खोज्छ । झलक्क चम्केर प्रशस्त उज्यालो आउने छ । तेल सकेर पानसका बत्ती सदाका लागि निभ्नेछ । शेष बिनाको यो जिन्दगीमा त्यहि दिन हामीले इति शुभम्को संज्ञा दिएर मान्छे वारीबाट पारी पुगेर आफ्नो बाटो तिर लाग्ने छ । त्यसैले बाँच्नुका लाखौं पीडा सुस्ताउन खोज्दैछ । यो लोकबाट परलोक पुगेर जगत्पिताको आश्रममा आनन्दले सुखमय् दिन बिताउने कोशिस गर्दैछे ।
ऊँ ऊँ ऊँ ऊँ पीडा बोल्छ, श्वास मन्द भै अड्र्नै खोज्छ
देहलीलाको नाटकमाथि अब पर्दा झर्नै खोज्छ ।
नाता गोता दाता भन्ने मेरो सारा टुङ्गिन खोज्छ
जे जति थियो आपूmसित त्यो शून्य भइकन छुट्टिन खोज्छ ।
उसको जीवनधारा जम्मैं सागरमा लय हुन खोज्छ
इति शुभम्को पानस बत्ती जगमग जगमग हुन खोज्छ ।
लाख व्यथाको भार बिसाई अब ऊँ सुस्ताउन खोज्छ
परम सत्यको परमेश्वरको सुखमय आश्रय लिन खोज्छ ।
यो त प्रकृतिको नियम हो । झरनाबाट झरेको पानी खोला बनेर कलकल गर्दे हिडेपछि एक दिन थाहा नपाईकन अवश्य दोभानमा पुग्ने छ । थुप्रैं खोलाहरूको संगमले होला हेर्दै डरलाग्दो नदी बनेर अब सागरमा गएर मिसिने छ । को कहाँ कसरी बगिरहेको छ छुट्टयाउनै नसक्ने गरि टाँसिएर बग्ने छ । कस्तो होला यो खोलाको जीवन ? जहाँ दोभानै दोभान छ । जहाँ वारी र पारी छियै छिया छ । जहाँ जिन्दगी भरी हिडेको हिडैछ । जहाँ बाधा र अवरोधहरूको सामना छ । त्यही खोला बनेर मान्छेको जीवन जस्तै आखीरमा सागरमा गएर ओर्लिन्दो रहेछ । अनन्तसम्म निरन्तर सागर बनेर यो संसारमा आज सबै छर्लङ्ग हुँदैछ ।
निष्पाप र सरल भई जीवन बिताउन धेरै गा¥हो छ । त्यसैले हामीले आफ्नो मनलाई समालेर सोच बिचारका साथ ज्ञान र चेतनाको खोजी गरि आ–आफ्नो बाटो आपैmले नै बनाउनु पर्छ । होइन भने हामी जहाँ छौं त्यहिँ हुने छ । अरुले बनाई दिने आशामा बस्ने हो भने यो दुःखमय् संसारमा आपूmले आपैmलाई चिन्न छाड्ने छ ।
शरीरको गन्तव्य स्थान चिहान हो । जहाँबाट ऊ पर जान सक्दैन । त्यसैले मेरो जीवन मैले नै बनाउनु पर्छ । किनकि ज्ञानले अज्ञानलाई नष्ट गरे भैंm यो रिस, राग, क्रोध र मोहले समग्र रूपमा जीवनलाई नै बर्वाद पार्नेछ । संकोच र शंकाले मान्छे–मान्छेभित्र दरारको सृजना गरिन्छ । त्यसैले हामी ज्ञानको शरणमा जानुपर्छ । सत्य वचनको अनुपालक बनेर सत्कर्ममा हिड्ने हो भने एक दिन अवश्य पनि ढिलो चाँडो सम्यक ज्ञान पाउन सक्नेछ । घृणालाई प्रेमले जितिने छ । सन्तोषी भई संसारकै सबै भन्दा धनी मान्छे बन्ने छ । अहंकारलाई त्यागेर विष बमन नगरेर, गल्ती भए माफी मागेर वर्तमानलाई बहुमूल्य सम्झेर यो इच्छा र आकांक्षालाई समालेर राख्ने हो भने मान्छेको मन र मस्तिष्क शुद्ध भएर शान्तिपूर्ण बाटोमा हिडने छ । त्यसैले युगकवि सिद्धिचरण श्रेष्ठका धर्मपत्नीले अक्षर नपढेर के भो जब ऊ निष्पाप छे, सरल छे, अनि दयालु छे भने उनकी मैत्री र करुणाको ढोका सधै खुल्ला रहने छ । व्यवहारमा समानता छ । मार्गमा सत्य ज्ञान छ । चित्तमा शुद्ध छ । हेराईमा सकारात्मक सोच भएर होला मिश्री साँचै गुलियो भएर सबैको आँखामा प्रिय छे । उत्तम छे । यादगार छे । प्यारो छे । सुन्दरताको अनुपम अनुवाद जस्तै युगकविको जीवनमा यौटा अभिन्न अंग बनेर धेरै प्यारो आँखाको नानी बनेको छ । हो, छहारी जस्तो शीतलता दिएर, वसन्त जस्तो सुन्दरताको प्रतिक बनेर, निर्मल जस्तो कञ्चन भएर, माया जस्तो सुमधुर प्रेम बसेर आजसम्म धेरै दुःख र कष्टहरू सहेर पनि ऊ बाँचिरहेकी छे । अझ बाँच्नु पर्छ । सिर्जनलाई अझ हरियालीले धाक्नुपर्छ । धर्तीमा अंकुरहरू पलाएर जगजगमा खुशीयाली छाउनु पर्छ । तब मात्र बाँच्नुको सार हुनेछ । बाँच्नु मर्नु मात्र होइन । बाँच्नु बचाउनु पनि हो । त्यसैले युगकवि सिद्धिचरणको मनमा मिश्रीदेवी निर्मलको धार हो । जीवनको उत्तम याद हो । सुन्दरताको सुमधुर सम्बन्ध हो । शितलताको हरियो अवतार हो ।
अब यो खोला दोभान पुग्यो, अब सागरमा ओर्लन खोज्छ
जो गुप्त थियो भर्खरसम्म अब सब छर्लङ्गिन खोज्छ ।
निष्पाप सरल जीवन तिम्रो, कहिल्यै फाप भएन
सेवा, करुणा, माया र दया कहिल्यै बन्द रहेन ।
व्यवहारमहाँ सत्यज्ञानको सुन्दरतम अनुवाद तिमी
यस जीवनको धेरै प्यारो सुमधुर उत्तम याद तिमी ।
शीतलताको, सुन्दरताको सुमधुर निर्मल धार तिमी
सिर्जनलाई हरियो पार्ने छायाको अबतार तिमी ।
सुन्दर आँखाको नानी हो । नानी सानै भएर के भो यसको आफ्नै अस्तित्व छ । यदि नानी विनाको आँखा हुँदो हो त यो संसार हामीले कसरी देख्न सकिन्छ र ? त्यसैले साधारण आपैmमा सुन्दर हुने भएकोले यो दुर्लभ भन्दा पनि उत्तम छ । दुर्लभ स्वभाबले नै जति खोजे पनि पाउन धेरै गा¥हो हुन्छ तर साधारण दुर्लभ भन्दा धेरै भए पनि यसको मूल्य र मान्यता मान्छेहरूले तय गर्न कठिन छ ।
कुरो हावापानीको हो । यदि हावापानी नहुँदो हो त माछा छट्पटेर मरे जस्तै यो संसारमा संजिव प्राणीहरू पनि सदाका निम्ति अन्त्य हुनेछ । अस्तित्व मेटेर सृष्टिको ढोका बन्द हुनेछ । तसर्थ हावा र पानी विनाको यो संसार चल्न सक्दैन भने कुरा हामी सबैले बुझेकै कुरो हो । तर हावापानी सबै प्राणीको निमित सुलभ भए पछि यसको महिमा के साँचै मान्छेहरूले सधैं गाउदै हिड्छ र ? यो त सामान्य कुरो भो । सुलभ आपैmमा दुर्लभ हुन सक्दैन । जबसम्म दुर्लभ हुँदैन तबसम्म मान्छेको स्वभाब न हो त्यसको महिमा त्यति धेरै गाउन चाहँदैन । त्यसैले हावापानी सुलभ भए पनि यो आपैmमा दुर्लभ छ । पलपलमा संजिबहरूका लागि नभै नहुने अमूल्य बस्तु हो । त्यसैले होला युगकवि सिद्धिचरण श्रेष्ठले आफ्नो धर्मपत्नी प्रति अगाध माया र ममताले होला आपूmलाई नभै नहुने हावापानी जस्तो अमूल्य रत्नको रूपमा लिएको देखिन्छ । सुन्दर जतिसुकै साधारण भए पनि यो दुर्लभ भन्दा पनि महादुर्लभ हुने कुरा आफ्ना मनका भावनाहरू प्रस्तुत कवितामा जताततै पोखेको पाइन्छ ।
आज युगकवि सिद्धिचरण श्रेष्ठले ज्ञान र ध्यान भनीकन यो जगत्मा धेरै ठाउँमा डुलिसकेका छन् । केहि नयाँ सोच र बिचारको जन्म होस् भनी धेरै ठाउँमा आशाले हिडेका छन् । तर यो जगत्मा ज्ञान र ध्यानको महिमा धेरैले बुझ्न नसकेर होला मान्छेहरूले आपूmले आपैmलाई दुःख दिइरहेको महशूस गर्दैछन् । त्यसैले यो जीवनमा जोसँग ज्ञान र ध्यान छ ऊ सरल र सामान्य जीवन बिताउन चाहन्छ । किनकि ऊ सँग न काम, क्रोध, लोभ र मोह हुन्छ न अहंकार र ईष्र्या नै । यस्तो ज्ञानी व्यक्तिले न अरुलाई दुःख दिन सक्छ न अरुको दुःख नै हेर्न सकिन्छ । आफ्नो आत्मालाई सधैं सन्तोषी र सादगी बनाएर आपूmले आपैmमाथि जिन्दगीमा विजय प्राप्त गरेको हुन्छ ।
इच्छा आपैmमा असीमित छ । यस्तो असीमित इच्छाले मानव जीवनलाई कहिल्यै पनि कल्याण गर्न सकिँदैन । असीमित इच्छालाई आपूmलाई चाहे जति सीमित बनाउन ज्ञानले मात्र गर्न सकिन्छ । तसर्थ हामी जहाँ गए पनि यो धर्तीले हामीलाई ज्ञान दिन खोजिरहन्छ । ध्यान गर्न प्रेरित गर्छ । तर हामी आपैmमा चेतनाको कमीले होला ज्ञान र ध्यान तिर हाम्रो मन नगएको कारणले आज हामी चाहेर वा नचाहेर पनि दुःख भोगिरहेका छौं । यौटा केन्द्रविन्दु जहाँबाट सम्पूर्ण कुराहरू प्राप्त गर्न सकिन्छ । त्यसैलाई हामीले उपेक्षा गरिरहेका छौं । यो मानव जीवनमा धेरै ठाउँमा ठक्कर खाएर बाँच्नुको अर्थ केवल हामीमा ज्ञानको अभाव भए जस्तो लागिरहेछ ।
हो, शितलतामा मन आनन्द हुन्छ । जब मन नै आनन्द हुन्छ भने यो जीवनमा जतिसुकै दुःख र कष्ट भोगे पनि बाँच्नुको अर्थ मीठो हुँदो रहेछ । त्यसैले दुःख मात्र होइन नानाभातीका झन्झटहरूलाई पन्छाएर एक छिन विश्राम गर्ने हो भने यो थाकेको मनलाई निश्चय नै ऊर्जा प्राप्त हुने गरिन्छ । तसर्थ आज युगकवि सिद्धिचरण श्रेष्ठले आफ्नो धर्मपत्नी मिश्रीदेवी श्रेष्ठलाई आफ्नो शीतलताको प्रतिक मात्र होइन विश्रान्तिका लागि युगौ युगदेखि खोजिरहेको सुख र शान्तिका प्रतिकका रूपमा पनि आफ्ना भावनाहरू व्यक्त गरेको देखिन्छ ।
जीवन, त्यहि मात्र खुशी हुन्छ जहाँ आफ्नो इच्छा र आकांक्षाहरूलाई कदर गरिन्छ । त्यसैले यो जीवनमा रङ्गीचङ्गी पूmल फुलाउनु छ भने हामी पानी बनेर बोट बिरुवालाई पिलाउन सक्नु पर्छ । हामी हावा बनेर अर्कालाई बाँच्न दिन सक्नुपर्छ । हामी माटो बनेर कसैलाई पलाउन सक्नुपर्छ । हामी घाम बनेर सबैलाई न्याय दिन सक्नु पर्छ । होइन भने हाम्रो जीवन कसरी रङ्गीचङ्गी बन्न सक्छ ? स्वच्छ इच्छा र आकांक्षालाई सधै मारेर हामी कहाँ खुशी भएर बाँच्न सकिन्छ ? त्यसैले हाम्रो मन जहिले पनि हरियो पार्नु पर्छ । यो हरियो मनले हेरेपछि यो संसार सबै हरियै हरियो बनेर जगत् नै सुखमय बनाउन सकिन्छ । शीतल, शान्त अनि स्वच्छाले युगौ युगदेखि खोजिरहेको सुख र शान्ति हामीमा प्राप्त हुनेछ । त्यसैले होला आज युगकवि सिद्धिचरण श्रेष्ठले आफ्नो धर्मपत्नी मिश्रीदेवी श्रेष्ठलाई आपूmले युगौं युगदेखि खोजिरहेको सुख र शान्तिका प्रतिकका रूपमा लिएको देखिन्छ ।
अति सुलभ हुँदा सुन्दरतम पनि साधारण नै हुन्छ
साधारण पनि दुर्लभभन्दा उत्तम हो भैंm हुन्छ ।
हावापानी नहुँदा माछो छटपट छटपट भैंm मर्छ
हावापानी सुलभ हुनाले त्यसको के महिमा गर्छ ।
ज्ञान भनीकन, ध्यान भनीकन जगतीतलमा धाएँ
पाइनँ मैले त्यस्तो केही केवल ठक्कर खाएँ ।
दुःख झन्झट सारा नास्ने शीतल विश्रान्ति तिमी
युग युग मैले खोजिरहेको मेरो सुख शान्ति तिमी ।
मान्छेको मन बुझ्न धेरै गा¥हो छ । जसलाई मन पराउँछ उसैको लागि आफ्नो जीवन आहुती दिन पनि तयार हुनेछ । त्यसैले यो जीवनमा जतिसुकै दुःख र पीडा भोगे पनि आफ्नो मन परेको मान्छे भने पछि हृदयदेखि नै हुरुक्क भएर हरदम तन, मन र धनले माया गर्न खोज्छन् । जतिसुकै मुसुलधारे वर्षा नै किन नहोस् आपूm भिजे भिजोस् तर आफ्नो मान्छेलाई केहि नहोस् भनी छाता ओढाउन खोज्छन् । तसर्थ उसलाई दुख्नु आपूmलाई दुख्नु हो । उसलाई हँसाउनु आपूm हाँस्नु हो । उसलाई दिनु आपूmले पाउनु हो । उसलाई माया गर्नु आपूmले माया पाउनु हो । किनहोला, आपूmलाई बिर्सेर सधैं आफ्नो मायालाई मात्र सम्झने होला ? किन होला आपूmले खाई नखाई हरदम मायालाई मात्र स्याहार सुसार गर्ने होला ? किनहोला आफ्नो आयु काटेर आफ्नो मायालाई मात्र चढाउने होला ? किन होला, आफ्नै खुट्टामा काँढाले घोचे पनि आफ्नो मायालाई मात्र सुविधा दिने होला ? अनौठो छ, एक बारको जुनीमा पनि मान्छेले मन पराए पछि आपूm–आपूmभित्र हराएर आफ्नो मान्छेलाई किन बचाउने होला ? त्यसैले यो सुख र दुःखको सागरभित्र हामीले डुबल्की मार्ने हो भने त्यहाँ के छ के छैन यो आँखाले कहिल्यै देख्न सकिँदैन । किनकि यो आँखाले बाहिरी कुरा मात्र देख्न सकिन्छ, भित्री होइन । भित्री कुरा हेर्न त मनको आँखा चाहिँदो रहेछ । जसले जहाँ जुनसुकै बेला पनि आपूmले खोजेको कुरो देख्दो रहेछ । आपूmले खोजेको कुरा पाउदो रहेछ ।
माया अदृश्य हुँदो रहेछ । मायाभित्र पनि माया पलाउँदो रहेछ । त्यसैले माया यो जुनीको लागि मात्र होइन हरेक जुनी जुनीसम्म आफ्नो मन परेको मान्छेसँग जीवन निर्वाह गर्नका लागि बाचा गर्दो रहेछ । त्यसैले होला युगकवि सिद्धिचरण श्रेष्ठलाई आफ्नो धर्मपत्नी मिश्री देवी श्रेष्ठले यति धेरै माया गर्दो रहेछ जहाँ कहिल्यै स्वार्थ रहेन, जहाँ कहिल्यै धमिलो भएन केवल निस्वार्थ मायाले सधै ईश्वरको आराधना गरे जस्तै आफ्नो पतिको सुख र सुविधाका लागि हरदम तयार भएर ध्यान दिइरहेकी हुन्छे । लाग्छ युगकविको मनमा मिश्री ! तिमीलाई म के उपहार देऊ ? यो भवसागरमा त्यस्तो कुनै बस्तु छैन जुन बस्तु तिमीलाई उपहार दिन सकूँ । मैले त्यस्तो बस्तु खोज्दैछु जुन बस्तुले तिमीलाई सिँगार्न सकूँ । जुनी जुनीसम्म अटुट मायाको उपहार दिएर तिमीलाई मेरो बनाउन सकूँ । त्यसैले मिश्री यो ईश्वरको देह होइन । यो त पञ्चतत्वको देह हो । जहाँ आकाश छ । माटो छ । आगो छ । पानी छ । वायु छ । यो पञ्चमहाभूतले सृष्टिलाई यो जगत्मा सृजना गर्दो रहेछ । आत्मा त पञ्चतत्व भन्दा माथि छ । जसले सबै तत्वहरूलाई काम गराउँदो रहेछ । त्यसैले होला मृत्यु भनेको पञ्चतत्वहरूको विग्रह हो । जहाँ पञ्चतत्वहरूको मेल हुन सक्दैन । त्यहाँ आकाशले वायु, वायुले अग्नी, अग्नीले पानी, पानीले पृथ्वीमा कुनै सम्बन्ध नराखेपछि मान्छे सदाका लागि मर्दो रहेछ । त्यसैले मिश्री तिमीलाई बुझाउन सकेँ । किनकि तिमी सरल छौं । मैले जे भने पनि ईश्वरको बाणी जस्तो तिमीले सधै अनुकरण गर्छौ ।
आज मेरो मन रोइरहेको छ । न तिमीले बोल्न सक्छौ न बोलेको कुरा मैले सुन्न सक्छु । हे ईश्वर ! यो के भएको होला ? अब के हुन लागेको होला ? मैले जति प्रश्न सोध पनि मेरी मिश्रीले किन उत्तर नदिएको होला ? कथै बिचरा यो जिन्दगीमा मैले कति बेवास्ता गरे होला ? एक्लै बसी मेरो मात्र किन सधैं चिन्ता लिने होला ? थाहा छैन, आज मेरी मिश्रीलाई के भैरहेको छ । मुखले होइन आँखाले मात्र बोलिरहेका छन् । स्वर विहीन भएर मान्छेले मान्छेसँग बोल्नु नपर्ने त्यो परलोकमा कतै डेरा बस्न जान लागेको त होइन ? मलाई छोडेर सदाका लागि अन्तै आफ्नो काममा जान लागेको त होइन ?
मेरै मेरै ध्यान छ हरदम मेरी मिश्री तिमीलाई
तिम्रो जिउनु भयो केवल मेरै सुविधालाई ।
मिश्री ! अहिले तिमीलाई कुन त्यस्तो उपहार चढाऊ
न ईश्वर देह छ हो हो तापनि कसरी मनलाई बुझाउँ ।
के के खोज्छ्यौ भन मलाई किन्तु स्वर क्यै निस्कन्न
बोलाईकन सोधूँ भन्दा त्यसको उत्तर क्यै हुन्न ।
शायद तिमी स्वरभन्दा टाढा कही विचरण गर्द छौं
पञ्चेन्द्रियको पार कतैतिर डेरा आफ्नो खोज्दी छौं ।
आकाश स्वतन्त्र छ । जहाँ जो पनि उडेर जान सकिन्छ । यौटा जोडी ढुकुर प्रेम, माया र स्नेहका कुरा गर्दै आज नभमा उडिरहेको बेला त्यो पापी कालको आँखा लागेर होला पोथी ढुक्कुर भूँईमा खसेर छट्पटाई रहेका छन् । न बोल्न सक्छ न हलचल नै गर्न सक्छ । मानौं अल्प आयुमै अल्पन लागे जस्तो कस्तो कस्तो अमिल्दो तरिकाबाट जीवन गुजारी रहेका छन् । पानी विनाको माछो जस्तो, हावा विनाको मान्छे जस्तो, आकाश विनाको धरती जस्तो, घाम विनाको दिन जस्तो कस्तो कस्तो दिनमा पनि रात परे जस्तो यो आँखाले केही नदेखे पछि दिन हो कि रात छुट्याउँन नसके जस्तो । दैवको लीला अपरम्पार छ । यौटा मरे पनि अर्कोले नचाहेर पनि बाँच्नु पर्ने यो कस्तो जीवन ? आपूmले खोजेको कहिल्यै नपाउने, चाहे पनि परलोक जान नसक्ने ? हे ईश्वर ! अब यो बाटो कहाँ गएर टुंगिने हो ? थाहा छैन,यो कस्तो दिन आयो जहाँबाट शुरु भएको हो त्यही गएर टुंगिन खोज्छ । त्यसैले युगकवि सिद्धिचरण श्रेष्ठको मनमा आज ठूलो ज्वारभाट चलिरहेको छ । महाभूकम्प गएर मन मस्तिष्कमा ठूलो क्षति भएको छ । पहिरो गएर जताततै डरलाग्दो बनेको छ । आँधीबेरी चलेर आफ्नो मान्छे सदाका लागि ईश्वरले लग्दै छ ।
नभमा उठ्थे जोडी ढुक्कुर, अब यौटा अल्पन लाग्यो
के ल्यायो, यस जीवन पथमा यस्तो दिन पनि आयो ।
जो ज्ञानी छ उसले यो संसारमा के हुँदैछ बुझ्न सकिन्छ । जो पापी छ उसले यो संसारबाट के लिएर जाने भनी कोशिस गर्दैछ । त्यसैले यो त मेल र बेमेलको कुरो भो । जो जहाँबाट शुरु गरे पनि आखिर अन्त्यमा सबैले सूर्यास्त देखिने छ । योे बिछोडको आभास आपैmमा पीडादायक छ । किनकि बिछोडले मिलन गराउन सक्दैन । मिलनले बिछोडलाई हेर्न चाहँदैन । जो आ–आफ्नो बाटो रोजेर उनीहरू आपूm खुशी हिँड्न चाहन्छ ।
आज मिश्री मृत्युसँग लड्दैछे । मनमा थुप्रैं पीडा बोकेर युद्धमा जित्ने कुरा आँखाले बोल्दैछे । थाहा छैन, यो युद्धमा को जित्ने हो, को हार्ने हो ? युगकवि सिद्धिचरण श्रेष्ठको मनमा ज्यादै सन्त्रास लागेर होला कतै योे बिछोडको आभास हुने त होइन ? कतै नराम्रो खबर पाउने त होइन ? कतै सदाका लागि छोडेर जाने त होइन ? कतै बिछोडले आभास दिएको त होइन ? थाहा छैन, दीन अशुभ छ । शुभको संकेत धेरै कम छ । दिन ढल्केर अब त सन्ध्या हुन मात्र बाँकी छ ।
प्रकासित मिति २०७९–२–१३
फेसबुकबाट तपाईको प्रतिक्रिया