युग द्रष्टा युगकवि सिद्धिचरण श्रेष्ठ
स्वयम्भू शाक्य
तत्कालिन समयमा राणा शासकहरूको आँखाको कसिङ्गरको रूपमा कवि र लेखकहरू थिए । त्यसैले निरंकुश राणा शासकवर्गलाई आँखामा छारो हाल्नका लागि उपनामले पनि लेख रचनाहरू लेख्ने गरिन्थ्यो । युगकवि सिद्धिचरण श्रेष्ठले “चम्क युवक” कविता प्रकाशित गर्नका लागि “उद्भ्रान्त” नाम प्रयोग गरेका थिए । वि.सं. १९९४ सालतिर नयाँ सडक (हाल न्यूरोड) भूगोलपार्कनिर (त्यसबेला नयाँ सडकको सडक बनिरहेको तर भूगोलपार्क बनेको थिएन) दुई जना युवकहरू शहीद गंगालाल श्रेष्ठ र रामराज तुलाधरले आपूmले लेखेको कविता “चम्क युवक ! अब चम्क न चम्क, छाती फुलाई लम्क न लम्क” लयबद्ध गरी गाउँदै हिँडेको देखेका थिए । सम्भवत २००९÷१० सालतिर नेपाल युवक संघ र नेपाल महिला संघको संयुक्त मसाल जुलुसको प्रदर्शनमा प्रहरीको दमनले आन्दोलनकारीहरूलाई प्रहरीको ट्रकमा राखिएकोमा उक्त ट्रकमै युगकवि सिद्धिचरण श्रेष्ठका “चम्क युवक” कविता लय हाली गाएका थिए ।
भनिन्छ, जन्म र मृत्यु निधारमा लेखेर ल्याएको हुन्छ । त्यसैले युगकवि सिद्धिचरण श्रेष्ठ ३ वर्षको उमेरमा बिफरको खोप लगाउँदा ज्वरोले बिरामी भई झन्डै मर्न लागेका थिए । त्यस्तै बालककालमा साँझपख घरको सँघारमा बसिरहेको बेला एकजना अपरिचित व्यक्तिले जाऊ हिँड भनी सिद्धिचरणलाई बोलाउँदा नाइँ भनी डरले दगुरेर माथिल्लो तल्लामा बसेका आमाकहाँ पुगेका थिए । आमाले चारैतिर यताउता हेरेपछि आफ्नै छोरालाई स्याबासी दिई उक्त अपरिचित व्यक्ति यमदूत भएको अनुमान गरेका थिए ।
देशको राजनीतिक अवस्थाप्रति सचेत भई युगलाई हाँक्ने प्रजातान्त्रिक आन्दोलनका प्रतिविम्ब युगकवि सिद्धिचरण श्रेष्ठ साहित्यिक क्षेत्रका अमर र अजर नाम हो । नेपाल भाषामा रचित वि.सं. १९९४ सालको ‘वर्षा’ कवितामा क्रान्ति शब्दको पहिलो उद्भव गरी एकतन्त्रीय निरंकुश राणा शासन विरुद्ध विद्रोही एवं क्रान्तिको बिगुल फुक्ने युगकवि सिद्धिचरण श्रेष्ठलाई राणा शासकले पक्रिनु भन्दा एक महिना अगाडि रचिएको प्रस्तुत कवितामा न्याय प्राप्तिका लागि सिङ्गो नेपालीहरूलाई आह्वान गरिएको थियो । वि.सं. १९९७ सालको ‘विश्वव्यथा’ कवितामा हडताल शब्दको पहिलो प्रादुर्भाव भएको हो । जुन कविता युगकवि सिद्धिचरण श्रेष्ठको ४ वर्षको छोरा विश्वको निधनमा वि.सं. १९६६ साल भाद्र महिनादेखि ‘शारदा’ पत्रिकाका विभिन्न अंकहरूमा छापिएका थिए । यो पछिल्लो अंश छापिँदा ‘शारदा’ पत्रिका जफत भएको र यो ‘विश्वव्यथा’ कविता भएको भाग निकालिएको थियो । यसका अरु अंशहरू खानतलासी लिँदा हिनामिना भई नपाइएको भनी ‘कोपिला’ संग्रह (२०२१) मा उल्लेख गरिएको छ । तसर्थ धर्मकाँटाले मात्र न्याय अन्याय छुट्याउन सकिन्छ भन्ने मान्यता बोकेका सिद्धिचरण श्रेष्ठले नेपालको प्रथम दैनिक पत्रिका “आवाज” को पहिलो सम्पादक भई काम गर्नु भएको थियो । पछि वि.सं. १९९१ मा ‘शारदा’ पत्रिकामा सम्पादक, वि.सं. २००५ मा गोरखापत्रका सम्पादक, वि.सं. २०१२ सालमा ‘कविता’ पत्रिकाको प्रधान सम्पादक (सम्पादकद्वयमा बालकृष्ण सम र माधवप्रसाद घिमिरे), प्रजातन्त्र पछि स्थापना भएको नेपालभाषा परिषद्को मुखपत्र ‘नेपाल’ द्वैमासिकको सम्पादन मण्डलमा बसी काम गरेका थिए । संघर्षशील एवं प्रगतिशील युगकवि सिद्धिचरण श्रेष्ठले वि.सं. १९९४ सालमा नेपालभाषाबाट क्रान्ति शब्दको पहिलो उद्भव गरी रचिएको ‘वर्षा’ कविता फत्तेबहादुर सिंहले भारतमा छापिएको “नेपाली विहार” साहित्यिक कृतिमा वि.सं. १९९५ मा प्रकाशित भएको थियो । जुन कविता नेपालभाषाबाट नेपालीभाषामा अनुवादित गर्ने काम सुप्रसिद्ध कवि वैकुण्ठप्रसाद लाकौलले गर्नु भएको थियो ।
क्रान्ति, परिवर्तन र समतामूलक समाज निर्माण गर्ने अभिलाषा बोकेका युगको प्रतिनिधित्व गर्ने कवि सिद्धिचरण श्रेष्ठले राणाकालीन समयमा थुप्रै विकृति र विसंगतिहरूलाई कविताको माध्यमबाट जनसमक्ष पु¥याउन साहस गरेका थिए । तौलेर बोल्नु पर्ने प्रतिकूल समयमा आफ्नो ज्यानको परबाह नगरी क्रान्तिको शंख फुक्दै हिँड्ने युगकवि सिद्धिचरण श्रेष्ठले हाँसी हाँसी आपूm पनि फाँसीमा चढ्न तयार रहेको कुरा वि.सं.१९९४ सालको ‘यौवन’ शिर्षक कविता मार्पmत राणा शासकलाई हुङ्कार दिएका थिए ।
समयको मागसँगै विद्रोही र क्रान्तिकारी भई युगकविको उपाधि पाएका सिद्धिचरण श्रेष्ठले तत्कालीन समयमा निरंकुश राणा शासकको अन्याय र अत्याचारलाई कविता मार्पmत खुल्ला चुनौती दिनु भएको थियो । राजनीतिक स्वतन्त्रता विना देशको उत्थान असम्भव छ । त्यसैले देशको उत्थान गर्नका लागि राजनीतिक स्वतन्त्रता आवश्यक हुने भएकोले राणा शासनको परिवर्तन अपरिहार्य छ भनी सम्पूर्ण नेपालीहरूलाई क्रान्तिबाट मात्र शान्ति प्राप्त गर्न सकिन्छ । त्यसको लागि सम्पूर्ण नेपालीहरूले हडताल गर्नु आवश्यक छ भनी आह्वान गर्नु भएको थियो । देशलाई परिवर्तन गर्न काव्यबाट आगोको झिल्को बाल्ने कविरत्न सिद्धिचरण श्रेष्ठलाई वि.सं. १९९७ साल कार्तिक २ गतेका दिन राजकाज मुद्दा अन्तर्गत प्रहरीले प्रक्राउ गरी ओमबहाल स्थित घरमा ७ घण्टासम्म खानतलासी गरी थुप्रै कागजात तथा पुस्तकहरू कब्जा गरी लगेका थिए । क्रान्ति विना शान्ति हुँदैन भन्ने महान् काव्य सिर्जना गरी नेपालले कहिल्यै नपढेको क्रान्ति र हडताल शब्दको प्रयोग गरेको कारणबाट पक्राउ परेको ८३ दिन पश्चात् वि.सं. १९९६ साल माघ ८ गते सर्वस्व हरणसहित १८ वर्षको कठोर कारागारको सजाय सुनाएका थिए । यसरी काव्य सिर्जना गरे बापत १८ वर्ष लामो जेल सजाय भएता पनि वि.सं. १९८७ भाद्र १७ गतेका दिन श्री ३ जुद्ध शम्शेर प्रधानमन्त्री भए पश्चात् उनले आपूm जीवित छँदै आफ्ना भतिजा पद्म शम्शेरलाई श्री ३ बनाई आपूm सन्यासी बनेर पाल्पाको रिडीमा बस्ने इच्छा जाहेर गरी वि.सं. २००२ साल मंसिर ४ गते महर्षि बन्नु भन्दा अगावै वि.सं. २००२ सालमा क्रान्तिकारी कवि सिद्धिचरण श्रेष्ठ लगायत प्रजापरिषद् काण्डमा परेका सबै राजबन्दीहरूलाई राजकाजी कार्यमा सरोकार नराख्ने शर्तमा सबैलाई जेलबाट रिहा गरिएका थिए । तसर्थ काव्य सिर्जनाको माध्यमबाट वि.सं. १९९५ मा पनि जेल जीवन बिताएका र १८ वर्ष लामो सजाय तोकिएको पहिलो व्यक्ति कविरत्न सिद्धिचरण श्रेष्ठले जेल जीवनमा थुपै्र काव्यहरू सृजना गरेता पनि जेल प्रशासनबाट समय समयमा खानतलासी गर्दा दर्जनौं उनका पाण्डुलिपिहरू जफत गरी नष्ट गरिएको थियो । यसरी जेल जीवनमा जफत हुनबाट जोगिएका नेपालभाषामा लेखिएको “मां,” “चन्द्रमायात” “स्वर्गीय सिद्धिदास” र नेपाली भाषामा ‘करबीर मसान’ (१९९९), ‘जन्मने मर्छ’ (२००१) र ‘उर्वशी’ जस्ता काव्यहरू भने प्रकाशित भएको पाइन्छ ।
नेपाली साहित्यका युगकवि तथा नेपालभाषा साहित्यका कविरत्न सिद्धिचरण श्रेष्ठले पाँच कक्षादेखि नै कविता लेख्न थालेको देखिन्छ । वि.सं. २००५ सालमा नेपालको पहिलो राष्ट्रिय गानका रचयिता सिद्धिहस्त उर्पm काजीदाईले गर्नु भएको हो । वि.सं. २००८ साल आश्विन महिनामा बालबालिकाहरूलाई देशप्रेमको भावना जगाउन ‘बाल सखा’ दलको गठन गरिएको थियो । उक्त बाल सखा दलले वि.सं. २००८ साल माघ १७ गते श्रीपञ्चमीका दिन विशेष समारोह गरी युगकवि सिद्धिचरण श्रेष्ठको ‘राष्ट्रिय गीत’ कवितालाई राष्ट्रिय गानको रूपमा बालबालिकाहरूलाई गाउन लगाई हरेक दिन स्कूलमा गाउने वातावरण मिलाएका थिए । पछि वि.सं. २०१७ साल अघि ‘राष्ट्रिय गीत’ नामक कवितालाई राष्ट्रिय गीतको रूपमा समरबहादुर मल्लले गाउनु भएको थियो । जुन यस प्रकार छ ः—
हिमगिरि मण्डित, सुगन्ध शोभित
जय जय आमा नेपाल !
आर्य, अनार्य, बौद्ध र हिन्दू
मिश्रित हाम्रो देश विशाल ।
चीन र भारत अङ्कमालको
हे अक्षय बाहुबन्धन !
मन्दिर, गुम्बा, गिर्जा, मसजिद
पावनताको हे जीवन !
जाग्रत् क्षणको माया विम्बित
उच्च कलाले चुम्बित प्राण !
डोको, खुकुरी, खर्पन, टोकरी
ज्याभलहरूको मुसकान ।
कोसी, गण्डकी, कर्णालीको
नित्य सरल हे कलकल गान !
सधैंका लागि तानाशाहीहरूको स्वेच्छाचारीता मात्र जन्म हुँदैन । एक दिन जनताको पनि पालो आउँछ, त्यसका लागि हामी नेपालीहरूमा चेतना अपरिहार्य छ भनी हाम्रो समाजमा सचेतनाका लागि आह्वान गर्नु हुन्छ । सन् १९६६ मा चीनको पेइचिङ्गमा आयोजित अफ्रो–एशियाली लेखन सम्मेलनमा उहाँले “ठूलो शक्तिशाली मुलुक तथा साम्राज्यवादी उपनिवेशवादीहरूबाट हुने अतिक्रमण तथा हस्तक्षेपको विरोधमा उभिनु र कराउनु पर्छ” भनी आफ्नो मन्तव्य व्यक्त गर्नु भएको थियो । त्यसैले उहाँले गर्नु भएको योगदानलाई कदर गरी भारतीय लोक सभामा पश्चिम बंगाल, दार्जिलिङ्ग क्षेत्रबाट निर्वाचित मणिपुरमा जन्मेका सांसद् राजु बिष्टले युगकवि सिद्धिचरण श्रेष्ठको नेपाली कविता संसद्मा सुनाएका थिए ।
मिठो खान र राम्रो लाउन
पुस्तक च्यापी डटेर हिँड्न
बाबु ! तिमीले पाउँदैनौ है
मानिस हो तर कुक्कूर नै बन
तिम्रो बासित पैसा छैन ।
युगकवि सिद्धिचरण श्रेष्ठले रचना गरेका थुपै्र पाण्डुलिपिहरू खानतलासीमा परी कब्जा गर्नु र जेल जीवनमा लेखिएका थुप्रै पाण्डुलिपिहरू समय समयमा गर्ने तलासीमा परी नष्ट गरेको भएता पनि हाल उनका कृतिहरूमा उर्वशी (खण्डकाव्य २०१७), कोपिला (कविता संग्रह २०२१), मेरो प्रतिविम्ब (कविता संग्रह २०२१), ज्यानमारा शैल (खण्डकाव्य २०२३) कुहिरो र घाम (कविता संग्रह २०२५), सिद्धिचरणका प्रतिनिधि कविता (कविता संग्रह २०४५), मिरमिरे तारा (बाल कविता २०४६) बाँचिरहेको आवाज (कविता संग्रह २०४६), मंगलमान (खण्डकाव्य २०४९), आँसु (खण्डकाव्य २०५०), सिद्धिचरणका जेल संस्मरण (२०५२), जूनकीरी (नयकाव्य–२०५९), झिलिमिलि जुनकीरी (बाल कविता संग्रह २०५९) भिमसेन थापा (२०६०), वालिबद्य (२०६७), युघ्द र शान्ति , कान्तिमती, त्यस्तै नेपालभाषामा उर्वशी, सीस्वां (२००७), पूmस्वां (२०१७) मूस्वां (१९८७), ग्वयस्वॉ , लुमुनी , भूमि कामना , बाख‘ व निबन्घ , उत्तरा विलाप , सिद्धिचरणया निबन्घ , घःमा, तृप्णा, जस्ता कविता, कथा तथा नाट्य कृतिहरू प्रकाशित छन् । त्यस्तै अंग्रेजी तथा हिन्दी कविता संग्रहमा क्ष्ममजष् ऋजबचबलुक खभचकभ कभभिअतभम उयझक , क्ष्ममजष् ऋजबचबलुक ःझयचष्भक या वबष् ि, सिद्धिचरणकी कविताए‘ पनि प्रकाशित भएको छ । प्रकाशित भएको छ ।
असमान सामाजिक संरचनालाई पूर्णरूपमा भत्काएर मात्र समानता प्राप्त गर्न सकिन्छ भन्ने मान्यता बोकेका युगकवि सिद्धिचरण श्रेष्ठ वि.सं. १९९० सालको महाभूकम्पको बेला उनी २१ वर्ष पुगिसकेका थिए । भारतको तीनधाम तीर्थयात्रा सकेर घर फर्केको दोस्रो दिनमै महाभूकम्प गएको थियो । आफन्तलाई भेटेर घरको चोकमा पुगिसकेको बेला महाभूकम्प गएकोले घर अगाडिको चैत्य समाती बस्नु भएको थियो । महाभूकम्प पश्चात् के कति मानिसहरूको मृत्यु भयो, के कति घाइते भए, के कति घरबारविहीन भई बसेका छन् र सरकारबाट के कस्तो सहयोग गर्न सकिन्छ भन्ने मूल उद्देश्यले नेपालको पहिलो सामाजिक संस्था कर्णेल ब्रह्म शम्शेर जबराको अध्यक्षतामा एउटा भूकम्प स्वयंसेवक संघको गठन भएको थियो । उक्त संघमा युगकवि सिद्धिचरण श्रेष्ठ र उहाँका धेरै साथीहरू आबद्ध भई सक्रियतापूर्वक काम गरेका थिए । यसरी महाभूकम्प पश्चात् युगकवि सामाजिक अभियन्ताका रूपमा देखा परेका थिए भने यसबेला काठमाडौं उपत्यकामा करिब ९ हजार ५ सय सिपाहीहरूमध्ये अधिकांश सिपाहीहरूलाई उद्धार गर्ने काममा लगाएका थिए ।
वि.सं. १९९२ सालमा युगस्रष्टा सिद्धिचरण श्रेष्ठले छायाँवादी शैलीमा ‘ओखलढुंगा’ कविता रचेका थिए । आपूm जन्मी हुर्केको ठाउँ सबैलाई प्यारो लाग्छ भन्ने यो प्रकृतिपरक कविताको मूल आशय हो । किंबदन्ती अनुसार राजा जनकद्वारा शासित मिथिला राज्यमा पर्ने ओखलढुंगामा पञ्चपाण्डवहरू वनबासको समयमा ओखलढुंगामा पनि गएको र खोपिल्टो परेको ढुंगामा मुसलको सहायताले धान कुटी खाएकोले यहाँको नाम ओखलढुंगा रहन गएको जनश्रुति छ भने अर्कोतिर काठमाडौंका राजा लक्ष्मीनरसिंह मल्लले आफ्नो राज्य बिस्तार गर्ने क्रममा काजी भिम मल्ललाई ओखलढुंगामा पठाएको र विजय पश्चात् किरातीहरूलाई लखेटी लुटेको धान ओखलमा कुटी खाएकोले यसको नाम ओखलढुंगा रहेको किंवदन्ती छ । जुन उक्त ढुंगाको ओखल हाल सिद्धिचरण नगरपालिकाको वडा नं. ५ मा अवस्थित सिद्धिचरण पार्कसँगै सुरक्षित रूपमा राखिएको छ । काजी भिमसेन थापाको शासनकालमा ३२ जिल्लामध्ये ओखलढुंगा पूर्व ३ नम्बरमा पर्दथ्यो । पछि राजा महेन्द्रको शासनकालमा वि.सं. २०१८ सालमा नेपाललाई १४ अञ्चल ७५ जिल्लामा विभाजित गरी ओखलढुंगा जिल्ला सगरमाथा अञ्चलमा रहन गएको हो ।मानवतावादी तथा जागरणवादी युगकवि सिद्धिचरण श्रेष्ठका कालजयी कविताहरूमध्ये ‘ओखलढुंगा’ कविता ज्यादै लोकप्रिय छन् । प्रियस्थल जन्मभूमि र बाल्यकालको संस्मरण गर्दै चम्पादेवी, तीन कन्या, सिंहदेवी, कुन्तादेवी र जाल्पादेवी मन्दिरमा पुगेर ईश्वरलाई प्रार्थना गर्दछन् भने कहिले पोकली झरना र थाम डाँडामा पुगेर प्रकृतिको उपासना र आराधना गरी प्रकृतिप्रेमी बनेका छन् ।
आठ दशक लामो जीवन यात्रामध्ये छ दशक साहित्य साधनामा लागेका युगकवि सिद्धिचरण श्रेष्ठका कृतिहरूमा सूक्ष्म भन्दा सूक्ष्म रूपमा विश्लेषण गरी सामाजिक धरातलको आधारमा चेतना पैmलाउने सर्जकको रूपमा लिन सकिन्छ । नारी उत्थानका लागि उल्लेखनीय उदाहरणका लागि गोमा लेख्नु हुन्छ ‘म लगायत ७÷८ जना नारीहरूलाई प्रेमराज शर्माको घरमा बिहान बेलुकी घरमा आएर विना पारिश्रमिक पढाउनु हुन्थ्यो । अंग्रेजीको फस्टबुक उहाँले नै शुरू गराई दिनु भएको हो ।’ यसैबाट पनि उहाँको नारीप्रति धारणा के थियो भनी सहजै अनुमान गर्न सकिन्छ ।
हुन त जेल जीवनभित्र राजनीतिक बन्दीहरूलाई साहित्य प्रति रुचि जगाउनका लागि कथा लेख्न लगाई कथा गोष्ठी सञ्चालन गरेका थिए । यसका लागि उनले नेपालभाषामा कथाहरू कस्तो हुनुपर्छ भन्ने निबन्धका साथै “नारी हृदय” र “मानिसको मन” दुई कथा लेखेका थिए । देशमा भैरहेको दमन नीतिलाई साहित्यको माध्यमद्वारा विरोध गरेको कारणबाट देशद्रोहीको रूपमा तत्कालीन राणा शासकको आँखामा कसिङ्गर बन्न पुगेका सिद्धिचरण श्रेष्ठका अमर कृतिहरूबाट उत्प्रेरित भएर शहीद गंगालाल श्रेष्ठ र लौह पुरुष गणेशमान श्रेष्ठसमेत विद्रोहको आगोमा होम्न पुगेको देखिन्छ । तसर्थ गणेशमान श्रेष्ठकै शब्दमा “यो गणेशमानलाई गणेशमान बनाउनमा सिद्धिचरण दाईको सबैभन्दा ठूलो हात छ । राणाहरूको कालकोठरीमा सिद्धिचरण दाईले मलाई मानसिक रूपले भाँचिनबाट नरोकेको भए शायद म त्यतिबेलै खतम भइसक्ने थिएँ । उहाँको कविताको प्रेरणाले शहीद गंगालाल राजनीतिमा लागेका थिए । उहाँका कविताका कारण म पनि राजनीतितिर तानिएको थिएँ र राणा विरोधी आन्दोलनमा समर्पित भएको थिएँ । हामी जस्तालाई समेत आन्दोलनमा समर्पित गराउन प्रेरणा दिइरहने कविताहरू लेखेर युगकविले त्यो बेला बडो ठूलो कार्य गर्नु भएको थियो । क्रान्तिका प्रतीक कवि राजनीतिज्ञहरूको प्रेरणास्रोत युगकवि सिद्धिचरण आज हाम्रो माझमा हुनु हुन्न । राजनीतिक नेताहरूको अस्तित्व भोलि मेटिन पनि सक्छ तर सिद्धिचरण जस्ता कवि लेखक जहिले पनि अमर हुन्छन् । सिद्धिचरणको जोशिला कविताहरू कण्ठ गरेर हामी सडकमा भट्याउँदै हिँड्थ्यौं । नेपाल राष्ट्रका निम्ति सिद्धिचरणको जुन योगदान छ त्यो त अमर छँदैछ । म व्यक्ति पनि उहाँको ऋणी छु र त्यो ऋण म बोकेर मर्नेछु ।” त्यस्तै गरी मनमोहन अधिकारीको शब्दमा “मैले मानेका जाज्वल्यमान साहित्यका विभूतिहरूमा कविवर सिद्धिचरण श्रेष्ठ, स्व. महाकवि लक्ष्मीप्रसाद देवकोटा, नाटककार बालकृष्ण सम, कवि शिरोमणि लेखनाथ पौड्याल, हृदयचन्द्र सिंह प्रधान, गोकुल प्रसाद जोशी, भूपि शेरचन, पारिजात आदि हुन् । त्यसमा पनि सामन्ती राणा शासनको विरोधमा पूर्ण क्रान्तिका लागि बिगुल फुक्ने कविवर सिद्धिचरण श्रेष्ठ प्रति म त बढी प्रभावित छु । जनताको सुख–दुःखमा सहभागी हुने गुण सिद्धिचरणमा प्रचुर मात्रामा थियो । आफ्नो समाज परिवर्तनको अवधारणालाई उहाँले मृत्युपर्यन्त छोड्नु भएन् ।” त्यस्तै केदारमान व्यथितका शब्दमा “कविबाट नै मैले कविता कोर्ने प्रेरणा पाएको हुँ । छन्दोबद्ध काव्य सृजना गर्न उहाँले नै जेलमा मलाई सिकाउनु भएको हो । मैले कवि सिद्धिचरणलाई कसैसँग बादविवाद नगरी छुट्टै अस्तित्व सृजना गर्ने कविको रूपमा लिएको छु । उहाँलाई झिक्ने हो भने नेपाली वाङ्मयमा भ्याकुम सृजना हुन्छ । नेपाली वाङ्मयका ३ महारथी सिद्धिचरण, बालकृष्ण सम र लक्ष्मीप्रसाद देवकोटा भनेका ३ नदीहरू हुन् । यी नदीहरू मिलेर नेपाली साहित्याकाशमा त्रिवेणी बन्दछ ।” भनी आ–आफ्नो धारणा व्यक्त गर्नु भएको पाइन्छ । इतिहासकार तथा संस्कृतिविद प्रा. डा. चुन्दा वज्राचार्य लेख्नु हुन्छ “ऐतिहासिक घटनाप्रति आकृष्ट सिद्धिचरणसँग ऐतिहासिक सामग्री संकलन गर्ने गुण पनि पाइन्छ । यस सम्बन्धमा इतिहासकार धनवज्र वज्राचार्यका अनुसार कविजीले संकलन गर्नु भएको मल्लकालीन “घरःपौ” (गृह पत्र) पूर्ण रूपमा प्राप्त हुन सकेको भए मल्ल राजाहरूको संस्कृति अध्ययन गर्न ठूलो मद्दत पुग्ने थियो ।”
वि.सं.२००७ साल मंसिर १८ गतेका दिन प्रजातन्त्र प्राप्तिका लागि काठमाडौंमा तानाशाही राणा शासक विरुद्ध ठूलो जनप्रदर्शन भएको थियो । उक्त प्रदर्शनलाई रोक्न प्रहरीले अति निर्ममतापूर्वक लाठी चार्ज गर्नुका साथै गोली समेत प्रहार गरेकोले त्यसको भोलिपल्ट मंसिर १९ गतेका दिन अझ व्यापक रूपमा विरोध गर्न असन, भोटाहिटी, कमलाक्षी, नयाँ सडक, ओमबहाल, झोछेँ, खिचापोखरी, प्यूखा, नरदेवी जस्ता विभिन्न स्थानमा जनसागर वर्लेको थियो । त्यसबेला प्रहरीले भोटाहिटीमा अति त्रूmर एवं अमानवीय तरीकाबाट लाठी प्रहार गरी थुप्रै आन्दोलनकारीहरूलाई घाइते बनाएका थिए । जसमध्ये न्हुच्छेरत्न तुलाधर गम्भीर रूपमा घाइते भई रगताम्य भएकोले वीर अस्पतालमा लग्दा अस्पतालले समेत उपचार गर्न इन्कार गरेकोले उनलाई उहाँकै घर असनमा ल्याइयो र अन्दाजी राति ११ बजेतिर एउटा वीर सपूत जसले प्रजातन्त्र प्राप्तिका लागि आफ्नो ज्यानको आहुति दिए । यसरी वीर योद्धा न्हुच्छेरत्न तुलाधरलाई प्रहरीले निर्ममतापूर्वक लाठी प्रहार गरी हत्या गरेकोले मंसिर २० गतेका दिन उनको पार्थिव शरीर विष्णुमती स्थित कंगमा दाहसंस्कार गर्न लगेको बेला विशेष गरेर स्थानीय नेवारहरू अति आक्रोशित भई राणा शासन मूर्दावाद, शहीद न्हुच्छेरत्न तुलाधर जिन्दावाद जस्ता नारा लगाई प्रत्येक नेपालीको हातमा नेपाली कांग्रेसको झन्डा बोकेका थिए । तर नेपाली कांग्रेसको झन्डा नमिलेको कारणले युगकवि सिद्धिचरण श्रेष्ठ र गोविन्द बहादुर गोठालेले नेपाली कांग्रेसको झन्डा तुरुन्तै हजारौ संख्यामा तयार गर्न लगाई आम नेपालीहरूलाई वितरण गरी शवयात्रा चलाएकोले केही समय ढिलो हुन पुगेको थियो ।
दिवंगत न्हुच्छे रत्न तुलाधरको पार्थिव शरीरलाई श्रद्धाञ्जली दिन सडक र घरको झ्यालमा बसी धूप, पूmल, लावा र अबिरले बिदाई गरेका थिए । यसरी शवयात्रा गर्दा इन्द्रायणीमा रहेको ट्रकसमेत उत्तेजित भीडले आगो लगाई दिएको कुरा फासिस्ट तानाशाही निरंकुश राणा शासकले थाहा पाएर पनि नपाए जस्तो गरी जन सागरलाई त्यसबेला दमन गर्ने आँट गरेनन् ।
वि.सं. २००८ सालमा युगकवि सिद्धिचरण श्रेष्ठले सार्वजनिक रूपमा घोषणा गर्दै “नेपालमा प्रजातन्त्रको स्थापना हुनुपर्छ भन्ने हेतु राखेर कल्पनाश्रयी र स्वप्नशील काव्य रचना गर्ने जुन पद्धतिको हामीले विकास गर्दै आएका थियौं, हामीलाई पूर्ण प्रजातन्त्र प्राप्त भैसकेकोले अब त्यस युगको अन्त्य यहीँ गर्नु पर्दछ र अब सबै साहित्यकारले आर्थिक, सामाजिक एवं सांस्कृतिक रूपान्तरण ल्याउने सामथ्र्य भएका यथार्थवादी रचना तयार गर्नपट्टि लाग्नु पर्दछ ।” “अब हामीलाई कल्पना लोकको बासिन्दा बनी पुरानै राग अल पिरहन सुहाउँदैन किनभने अब सबै झ्याल–ढोका खुलिसकेका छन् अनि आपूmखुशी स्वतन्त्र विचरण गर्ने तथा त्यसलाई समाजका अगाडि प्रस्तुत गर्ने अधिकार हामी सबैलाई प्राप्त भैसकेको छ । हामी बन्द समाजका बन्दी होइन, खुला समाजका स्वतन्त्र नागरिकमा परिवर्तित भइसकेका छौं । त्यसकारण अब हामी सबै साहित्यकारले पनि तदनुरूप आपूmमा परिवर्तन ल्याउनु पर्दछ र अंग्रगामी नेपाली समाजको नव निर्माण गर्ने लक्ष्य प्राप्त गर्नका लागि यथार्थवादी बनेर हामी सबैले आपूmलाई त्यस कार्यमा अर्पित गर्नु पर्दछ । त्यही ने आजको युगको माग हो ।” यसरी युगकवि सिद्धिचरण श्रेष्ठले सार्वजनिक रूपमा घोषणा गरी प्रगतिशील तथा प्रगतिवादी वाग्धारालाई अगाडि बढाउने आफ्नो विचार प्रकट गरे पश्चात प्रगतिवादी साहित्यिक चिन्तनलाई अगाडी बढाउने कार्य हृदय चन्द्र सिंह प्रधान र कृष्ण चन्द्र सिंह प्रधानले गरेका थिए । यसरी सुधारवादी कविको रूपमा सिद्धिचरण श्रेष्ठले अगाडि बढाउनु पर्ने विचार व्यक्त गरेता पनि समकालीन एक अर्काका पूरक महाकवि लक्ष्मीप्रसाद देवकोटाले सिद्धिचरण श्रेष्ठको प्रगतिशील तथा प्रगतिवादी वाग्धारालाई आत्मसात् नगरी वि.सं. २०१६ सालसम्म स्वच्छन्दतावादी वाग्धारालाई नै आत्मसात् गरेपछि त्यसै सेलाएर गएको पाइन्छ । किनकि वि.सं. २००४ सालमा महाकवि लक्ष्मीप्रसाद देवकोटा नेपाल राष्ट्रिय कांग्रेससँग आबद्ध भएपछि सोही साल भारतको काशी पुगेका थिए । भारतीय प्रधानमन्त्री पं. जवाहरलाल नेहरुको कठपुतलीको रूपमा नेपाली नेताहरू देखेपछि नेपालमा प्रजातन्त्र आए पनि भारतको मात्र कठपुतली बन्ने उनको मनमा परेकोले स्वच्छन्दतावदी वाग्धारालाई आत्मसात् गर्नु पर्ने उनको तर्क थियो । परिणामतः प्रजातन्त्र पश्चात् श्री ३ मोहन शम्शेर प्रधानमन्त्री बन्नु, भारतीय सेना प्रयोग गरी डा. के.आई. सिंह लगायत कार्यकर्ताहरूलाई पक्राउ गर्नु, चिनियाकाजी हत्याकाण्डको निहुँमा राणा–कांग्रेस मन्त्रिमण्डल भङ्ग गर्नु, भारतीय कांग्रेसको सदस्य रही लामो समयसम्म भारतीय राजनीतिमा लागेका मातृकाप्रसाद कोइरालालाई प्रधानमन्त्री बनाउनु, भारतीय योजनाकारको इशारामा ३ करोड ५० लाख राजश्व संकलन हुने देशमा ५ करोडको बजेट बनाई डेढ करोड रुपैयाँ भारतले अनुदान दिइ नेपाल सरकार चलाउनु आदि इत्यादि जस्ता कुराहरू रहे भएबाट महाकवि लक्ष्मीप्रसाद देवकोटा एक दूरदर्शी साहित्यकारका रूपमा लिन सकिन्छ ।
हुनत युग कविलाई पनि आलोचना नभएको होइन । समालोचक चन्द्रेश्वर दुवे एम. ए. ले “कवि सिद्धिचरण श्रेष्ठले कवि बन्ने धोको लिए तर सफल बन्न भने सकेनन् । उनको ‘उर्वशी’ खण्डकाब्यले त्यही कुरा प्रमाणित गर्छ ।” भनी आलोचना गरेको पाइन्छ भने डा. तारानाथ शर्माका अनुसार सिद्धिचरण श्रेष्ठसँग शब्दधन नै छैन । उनी प्रथम श्रेणीका कवि ठहरिंदैनन् ।” भनी प्रतिकूलता जाहेर गरेको देखिन्छ । यसरी एकथरी विद्वान्हरू युगकवि सिद्धिचरण श्रेष्ठप्रति नकारात्मक टिप्पणी गरेको देखिन्छ भने अर्को थरी प्रसिद्ध विद्वान्हरू आनन्द देव भट्टले सिद्धिचरणलाई प्रगतिवादी एवं क्रान्ति द्रष्टा कविको रूपमा प्रशंसा गरेको देखिन्छ भने सूर्य विक्रम ज्ञवाली, रामकृष्ण शर्मा, रत्नध्वज जोशी र ईश्वर बराल जस्ता प्रसिद्ध समालोचकहरूले अग्रस्थानको रूपमा विशिष्ट ऐतिहासिक महत्वका साथ टिप्पणी गरेको पाइन्छ ।
जननायक बी.पी. कोइरालाले भारतको गोरखपुरमा बसेर नेपाललाई चीनले आफ्नो पञ्जामा लिँदैछ भने वक्तव्य दिँदा कविवर सिद्धिचरण श्रेष्ठ अप्रसन्न हुँदै बी.पी. जस्तो राजनेताले कसको बहकाउमा आएर यस्तो वक्तव्य दिए । यसले प्रजातान्त्रिक संघर्षमा घाटा पुग्छ म पुष्पलालको कम्युनिस्ट, कांग्रेस र अन्य प्रजातन्त्रवादी शक्ति मिलेर संघर्ष गर्नुपर्दछ अनि मात्र निरंकुशता ढल्छ र प्रजातन्त्र आउँछ भन्ने कुरामा विश्वस्त छु । वास्तवमा यही नीतिबाट मात्र प्रजातन्त्र आउँछ भनी आफ्नो धारणा व्यक्त गर्नु भएको थियो । किनकि २००५ सालमा बी.पी. भूमिगत रूपमा काठमाडौं आउँदा कति ठाउँमा सिद्धिचरण श्रेष्ठले लुकाएर राख्नु भएको थियो । बी.पी.लाई उहाँको लुगा ठीक हुने भएकोले भूमिगत रहने क्रममा उहाँको दौरा सुरुवाल पनि लगाउनु भएको थियो । वि.सं. २०३८ साल माघ श्रीपञ्चमीका दिन डिल्लीबजारको साँस्कृतिक संघको हलमा साहित्यिक पत्रकार संघले बी.पी. लाई अभिनन्दन गर्नका लागि सिद्धिचरण श्रेष्ठलाई सभापतित्वका लागि आमन्त्रित गरिएको थियो । तर त्यसताका प्रजातन्त्र पक्षका उधारवादी साहित्यकारहरूले मात्र गर्न लागेको आरोप लगाउँदै उक्त कार्यक्रमलाई विफल पार्न अनेकौं हल्ला चलाइएको थियो । वास्तवमा तत्कालीन समयमा यस्तो कार्यक्रम गर्नु भनेको महाअपराधको रूपमा सजायको भागीदार हुने डर थियो । तैपनि युगकवि सिद्धिचरण श्रेष्ठ उक्त कार्यक्रममा जान खोज्दा कसै–कसैले कार्यक्रम हुँदैन र असफल भयो भनी सुनाएता पनि अलि ढिलो उक्त कार्यक्रममा पुगेको थियो । तर वक्ताको रूपमा आमन्त्रित कथातर्पm कृष्ण चन्द्रसिंह प्रधान बाहेक उपन्यासतर्पm बासुदेव त्रिपाठी, कथातर्पm तारानाथ शर्मा, जीवन चरित्रतर्पm सूर्य विक्रम ज्ञवाली र ईश्वर बराल जस्ता व्यक्तित्वहरू उपस्थित भएनन् । वि.सं. २०४६ सालको ऐतिहासिक जन आन्दोलनमा युगकवि सिद्धिचरण श्रेष्ठ स्वास्थ्यमा समस्या भएको कारणले नैतिक समर्थन गर्नु भएको थियो । नेपाली कांग्रेसले फागुन ७ गते देखि र वाममोर्चा गठन पछि सो मोर्चाले फागुन १४ गते देखि आन्दोलन गर्ने घोषणा भएकोले उक्त आन्दोलन प्रति असन्तोष प्रकट गर्देै “म आन्दोलनमा समर्थन गर्दछु तर वाम र कांग्रेसले आन्देलन एक्ला एक्लै गर्नु हुन्न असफल हुन्छ ।” भन्ने कुरा लोककृष्ण भट्टराईलाई जानकारी दिएकोले कविवरको उक्त कुरा नेपाली कांग्रेसका कार्यवाहक अध्यक्ष कृष्णप्रसाद भट्टराई र वाम मोर्चाका अध्यक्ष श्रीमती साहना प्रधानलाई जानकारी दिए पश्चात् गम्भीर रूपमा छलफल भई संयुक्त आन्दोलन गर्ने निर्णय गरेका थिए ।
हामीलाई थाहा छ, भविष्यको निर्माण हिजोको कालखण्डलाई केलाएर आजबाट सुरुवात हुनेछ । तर दुर्भाग्यको कुरो यो छ कि कतिपय साहित्यकार तथा समालोचकहरूले युगकवि सिद्धिचरण श्रेष्ठको साहित्यिक तथा सामाजिक योगदानलाई बिर्सेर एकपक्षीय रूपमा साँघुरो मापदण्ड अपनाई मूल्याङ्कन गरेको देखिन्छ । तसर्थ उक्त मूल्याङ्कन ठीक छ छैन ? व्यक्तिगत स्वतन्त्रता उपभोग गर्न पाइन्छ कि पाईंदैन ? प्रजातन्त्रभित्र राजनीतिक स्वतन्त्रता मात्र होइन आर्थिक समानताको प्रश्न उठाउनु न्यायसंगत हो कि होइन ? आदि इत्यादि जस्ता प्रश्नहरू जन्मिन सक्छ । अतः समालोचकहरूको अर्थ आलोचना मात्र गर्नु होइन तत्कालीन समयमा के कस्ता अवस्था विद्यमान थियो सो कुरालाई समेत गम्भीर र खम्बिर रूपमा अध्ययन अनुसन्धान गरी गुण र दोष छुट्याउन सक्नु पर्दछ । होइन भने टाढाबाट हेर्नु र नजिकबाट हेर्नुको कुनै अर्थ रहँदैन । जीवन कालचक्र हो । गतिशीलताको परिवर्तन हो । त्यसैले यो कालचक्र र समयचक्रबाट यो जीवन कहिल्यै पनि मुक्त हुन सक्दैन । शून्यबाट जन्मेर शुन्यमा नै हराउने शून्यवादी सिद्धान्तलाई आत्मसात् गर्ने अद्वितीय सिद्ध पुरुष सिद्धिचरण श्रेष्ठ जहिले पनि आफ्नै तालमा अविरल बग्ने समुद्र जस्तै एकैनास बगेको देखिन्छ । आकाश जस्तो उचाइ र समुन्द्र जस्तो गहिराइमा पुगेका उनका कृति कहिले क्रान्तिकारी त कहिले समाजवादी प्रजातन्त्रका आदर्शलाई छुन पुगेको देखिन्छ । त्यसैले युगकवि सिुद्धिचरण श्रेष्ठको कलममा न्याय छ । प्रजातन्त्र छ । विद्रोह छ । समानता र स्वतन्त्रता छ । शक्ति र सामथ्र्य छ । निर्भीकता र चेतना छ । आन्दोलन र हडताल छ । जेलको कालकोठरी छ । परिवर्तन छ । जातीय विभेद र छुवाछूतको अन्त्य छ । समग्रमा मानव जीवनको दर्शन छ ।
अन्तमा नयाँ युग दिने युगकवि सिद्धिचरण श्रेष्ठ मूलतः साहित्यिक क्षेत्रका शिखर पुरुष हुन् । तत्कालीन जिब्रो छाप शासन कालमा आफ्नो घर परिवार मात्र होइन आफ्नै ज्यानको बाजी लगाएर क्रान्तिका लागि आगोको झिल्को बाल्ने युगस्रष्टालाई हामी नेपालीहरूले नेपाल रहेसम्म चिर स्मरण गर्नेछ । तसर्थ उनका थुप्रै अप्रकाशित कृतिहरू खोजी खोजी प्रकाशनमा ल्याउनु राज्यको मात्र होइन हामीहरूको पनि उत्तिकै दायित्व हो । अन्त्यमा कलमलाई विश्राम दिनु भन्दा अगाडी मैले चिनेको युगकवि सिद्धिचरण श्रेष्ठ पुरानो सेतो रंगको घरमा तेस्रो तल्लामा बस्नुहुन्थ्यो । जाडोको बेला कोठासँगैको बरन्डामा बसेर घाम तापिरहने र दोलाइँ ओडी तमाखु खानु हुन्थ्यो । मेरो पिता मोतीकाजी शाक्य, जो आफ्नै टोल ओमबहालका शहीद धर्मभक्त माथेमाकहाँ पहलमानी सिक्न जाने कुरा बताउनु हुन्थ्यो । शहीद धर्मभक्त माथेमालाई वि.सं. १९९७ साल माघ १३ गतेका दिन राति नौ दश बजेतिर उनका चेला नर शम्शेरले अति क्रुद्ध तरीकाबाट फाँसी दिई शहादत प्राप्त गरेकोले माघ १४ गतेका दिन आदरणीय गुरुलाई अन्तिम बिदाइ गर्न सिफलमा गई श्रद्धाञ्जली दिई तीन दिनसम्म अन्नपानी छोडेको कुरा बताउनु हुन्छ । यसरी शहीद धर्मभक्त माथेमासँग सम्बन्ध जोडेका मेरा पिताको युगकवि सिद्धिचरण श्रेष्ठ र उहाँका छोरासँग पनि पारिवारिक सम्बन्धले गर्दा म सानै बेलादेखि युगकवि सिद्धिचरण श्रेष्ठको घरमा जाने गरेकोले उक्त सम्झनासाथ कलमलाई विश्राम दिई अहिलेका लागि यति मात्र भन्न सक्छु ।
भोकले कोही नेपाली मर्नु नपरोस्
रोगले कसैलाई पनि छुन नसकोस्
आ–आफ्नै कर्मको फल अनुसार
सबैले परिश्रमको मूल्य पाउन सकोस् ।समाप्त,
प्रकासित मिति २०७८–१–३० गते
फेसबुकबाट तपाईको प्रतिक्रिया