युद्धप्रसाद मिश्रको ११०औँ जन्मजयन्ती तथा हेमन्त काव्य प्रवाह सम्पन्न

बिजनेसपाटी २७ पौष

प्रगतिवादी साहित्यिकार युद्धप्रसाद मिश्रको ११० औँ जन्मजयन्ती तथा हेमन्त काव्य प्रवाह आज सम्पन्न भएको छ । ललितपुरको चापागाउँ जाने रोड अर्थात् खुमलटार ,टुटने पानीमा अवस्थित मामा सेकुवा कर्नरमा विहान ९ बजे देखि काव्य प्रवाह शुरु भएको थियो । कवि वैरागी जेठाको सभापतित्व र बरिष्ठ साहित्यकार एवम् संस्कृतविद् तुलसी दिवसको प्रमुख आतिथ्यतामा काव्य प्रवाह भएको थियो । प्रगतिवादी कवि एवम् पत्रकार डा. टँक उप्रेतिले कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।

उक्त काव्य समारोहलाई कवि ख्यालमान राईले स्वागत गर्नु भएकोे थियो भने कार्यक्रममा सहभागी प्रमुख अतिथि र अथिति कविहरूलाई खादा ओढाएर मामा सेकुवाकी सञ्चालीका रिता कुमारी राईले सम्मान गर्नु भएको थियो । २० जना कविरुले आ-आफ्ना कविताहरू सुनाउनु भएको थियो । जसमा भवानी लिम्बू ,महेश प्रसाईँ ,पूण्य गौतम विश्वास ,डा. पुष्करराज भट्ट, किशोर पहाडी,ख्यालमानराई ,सुनील पुरी, दील बहादुर गुरुङ , प्रमोद स्नेही , कौशिला रिसाल ,मिसन अधिकारी, सुगिता शाह , प्रेम राई , एकराज आचार्य , अरुण कुमार राई , कृति अधिकारी लगाइतका कविहरुले सृर्जना सुनाउनु भएको थियो । उक्त समारोहलाई सम्बोधन गर्दै डा. भट्टले युद्धप्रसादको जिवनी र साहित्यिक योगदानबारे आफनो धारणा राख्नु भएको थियो ।

हामीले मिश्रको बाटो समाउँदै नेपाली प्रगतिवादी साहित्यलाई क्रियाशील बनाउँदै समाजमा अघि बड्नु पर्ने धारणा उहाँले राख्नु भएको थियो । साहित्यकार हिमालधन राईले वर्तमान साहित्य र कविताको बाटोबारे गहन र सम्वेदनशील कुराहरू राख्नु भएको थियो । प्रमुख आतिथ्यता ग्रहण गर्नु भएका कवि तुलसी दिवसले नयाँ र पुराना कविहरूको सम्बादले कविहरूलाई बलियो बनाउँछ भन्नु भयो । कवि आफैँ समालोचक हुन । देश तथा विदेशमा कविताको बहश हुन सके नेपाली भाषा साहित्यको विकास हुने र विभिन्न भाषा साहित्यमा लेखिने कविताहरूले अमरता पाउँने कुरा बताउँनु भयो । काव्य प्रवाह कार्यक्रमको मिडिया पार्टनर बिजनेसपाटी डटकम तथा बिजनेसपाटी टिभी रहेको थियो ।

कबिहरुको सम्पूर्ण कबिता बाचन छिटै नै बिजनेसपाटी टिभीमा प्रसारण गरिने बिजनेसपाटीको टिभी सम्पादक सगीत सुबेदीले बताउनु भयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया