युवा सङ्घ नेपालका केन्द्रीय सदस्यमाथि खुकुरी प्रहार

कोहलपुर (बाँके), १५ पुस ।

युवा सङ्घ नेपालका केन्द्रीय सदस्य सन्तोष बुढाथोकीमाथि गएराति खुकुरी प्रहार भएको छ ।

बाँकेको कोहलपुर नगरपालिका–१० विद्युत् रोडनजिकै अज्ञात समूहको खुकुरी प्रहारबाट बुढाथोकी सख्त घाइते भएको इलाका प्रहरी कार्यालय, कोहलपुरले जनाएको छ ।

घाइते युवा सङ्घ नेपालका केन्द्रीय सदस्य सन्तोष बुढाथोकीको मेडिकल कलेज कोहलपुरमा सामान्य उपचारपश्चात् थप उपचारका लागि लखनउ लगिएकोे छ । खुकुरी प्रहार गर्ने समूहको खोजी कार्य र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया