यूएसएआईडीका करिब १० हजार कर्मचारी कटौती

काठमाडौं २५ माघ २०८१ । अमेरिकी अन्तर्राष्ट्रिय सहायता एजेन्सी (यूएसएआईडी)का करिब १० हजार कर्मचारी कटौती गरिएको छ । एलन मस्क नेतृत्वको सरकारी प्रभावकारिता विभागले कर्मचारी कटौती गरेको हो ।


कटौटी पछि एसियामा यूएसएआईडीका आठ र अफ्रिकामा १२ कर्मचारी बाँकी रहेका छन् ।


गत मंगलबार यूएसएआईडीले महत्त्वपूर्ण कामका निम्ति जिम्मेवारबाहेक सबै कर्मचारीलाई आज शुक्रवार देखि बिदामा बस्न भन्दै इमेल गरेको थियो । विदेशमा रहेका एजेन्सीका कामदारलाई अमेरिकाले फिर्ता बोलाउने समेत इमेलमै उल्लेख छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया