योगीको चेतवानी: गुन्डाहरु कि सुध्र, कि उत्तर प्रदेशबाट भाग
याँदिल्ली: १३ चैत्र
उत्तर प्रदेशका मुख्यमन्त्री बनेपछि पहिलो पटक आप्नो गृहनगर पुगेर योगी आदित्यनाथले प्रदेशको विकासका लागि दैनिक १८ देखि २० घण्टा काम गर्नुपर्ने खाँचो रहेको बताएका छन् ।
सम्बोधनका क्रममा उनले सामाजिक तत्वलाई पनि कडा चेतावनी दिएका छन् । मुख्यमन्त्री भएपछि उत्तर प्रदेशमा फोहर सफाइ अभियान थालेका उनले गुन्डा सफाइ अभियान पनि थाल्ने चेतावनी दिएका छन् ।
‘प्रदेशलाई लूट्नेहरु अब जेल जान्छन् । गुन्डाहरु कि सुध्र कि त युपी छोडेर भाग, त्यसो नभए त्यहाँ पठाइदिन्छौ, जहाँ कोही पनि जान चहाँदैनन्’, मुख्यमन्त्री योगीले भनेका छन् ।
मुख्यमन्त्री आदित्यनाथले पनि सम्बोधनका क्रममा सरकारी अधिकारी, जनप्रतिनिधि र कर्मचारीहरूलाई पनि कडा चेतावनी दिएका छन् । ‘सकारका मानिसहरू ठेकेदारीमा सहभागी हुने छैनन्, अबदेखि केवल अनुगमन गर्नेछन्।’
योगी आदित्यनाथ मुख्यमन्त्री बनेपछि राज्यमा कानुन व्यवस्था दुरुस्त राख्नका लागि कडा निर्णय लिइरहेका छन् । चुनावमा आफ्नो पार्टीले गरेको बाचा पूरा गर्ने दिशामा उनले गम्भीरतापूर्वक आफ्ना कदमहरू चालिहरेका छन् ।
योगी मुख्यमन्त्री भएपछि गुन्डागर्दी नियन्त्रण तथा युवती जिस्काउनेहरुलाई नियन्त्रण गर्नेलाई समात्नका लागि एन्टी रोमियो स्क्वाड नै गठन गरिएको छ । प्रदेशका कयौँ सहरमा एन्टी रोमियो स्क्वाडले काम पनि थालिसकेको छ ।
महिला स्कुल र कलेज नजिकै जम्मा हुने युवाहरूलाई पक्रेर बयान लिँदै हिरासतमा लिने क्रम बढाइएको छ । पुलिसले युवाहरूको यस्तो गतिविधि रोक्न आफूलाई पुरा सक्रिय बनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया