राईट एण्ड एसोसियट्सको सेवा अब मेलबर्नमा
अरुण गौतम
सिड्नी,अस्ट्रेलिया
शनिवार,१८ जुन,२०१६
बिगत् १६ बर्षदेखी नेपालमा आफ्नो सेवा संचालनमा रहेर केही बर्ष अघि चितवनमा आफ्नो शाखा बिस्तार गरेको र सिड्नीमा ७ बर्ष देखि आफ्नो सेवा दिदै आएको राईट एन्ड एशोसिएट्स एजुकेसन एन्ड माईग्रेसनले आफ्नो अर्को शाखा मेल्बर्र्नमा बिस्तार गरेको छ।
शनिवार १८ जुन भिक्टोरीयाका लागि महा बाणिज्यदुत चन्द्र योन्जनको प्रमुख आतिथ्यमा आधिकारीक रुपमा अफिसको उद्घाटन गरियो।उद्धघाटनमा सहभागीहरु सिड्नी अफिसबाट परसुराम अधिकारी,वाल चन्द् भट्टराई,दिनेश खनाल र पत्रकारहरु ग्लोबल सेतोपाटीका हेमन्त काफ्ले,एम.एन.टिभीका चिरंजीवी देवकोटा,नारकोसी नेपालका खेम शर्मा समेतको उपस्थिति रहेको राईटका डाईरेक्टर परसुराम अधिकारीले बताउनुभयो।
मेल्बोर्नको सुईट ७१०,३४३ लिटल कोलीन्स स्ट्रीटमा राईट एन्ड एशोसिएट्स एजुकेसन एन्ड माईग्रेसनले आजबाट आफ्नो सेवा प्रदान गर्ने भयको छ।बिधार्थीहरुको माईग्रेसनको काम मात्र नभई यसलाई ” वन स्टप सोलुसन”को मुल नारालाई आत्मासाथ गर्दै चार्टड एकाउन्टेन्ट राजेश आचार्य र उनको लोटस स्मार्ट एकाउन्ट्स सँग साझेदारी गर्दै एकाउन्टीङ र होम लोन सँगै बिभीन्न बित्तीय सेवासँग सम्बन्धीत कामहरु प्रदान गर्ने जनाएको छ। भविस्यमा एउटै छानामुनी धेरै सेवाहरु बढाऊदै लाने राईट एण्ड एसोशियट्सका मेल्बोर्न व्यबस्थापक सुरेश क्षेत्री भन्नुहुन्छ।
सिड्नीमा आफ्नो गुणस्तरीय सेवाद्वारा सेवाग्राहीहरुको मन जित्दै आएको र त्यही सेवालाई मेल्बोर्न अफिसले निरन्तरता दिनेमा आफु ढुक्क भयको सिड्नी स्थित राईट एण्ड एसोसियट्सका माईग्रेसन एजेण्ट दिनेश खनालले बिज़नेस पार्टीलाई बताउनुभयो,वहाँ थप्नु हुन्छ भविष्यमा आफुले गर्नुपर्ने सहयोग गर्न आफु हरबखत तयार रहेको खनाल बताउनुहुन्छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया