राजनीतिक पसल खोलेका बाबुराम अफ्ठ्यारोमा पर्दै

काठमाडौं ४ अशोज

नयाँ राजनीतिक संस्कार र संस्कृति निर्माण गर्न भन्दै जीवनरभर परख गरेको राजनीतिक विचार÷दर्शनलाई चटक्कै तिलाञ्जली दिए नयाँ राजनीतिक पसल खोलेका बाबुराम भट्टराई समय गुज्रदैँ जाँदा विस्तारै अफ्ठ्यारोमा पर्दै जान थालेको नयाँ शक्ति स्रोतले जनाएको छ ।

पछिल्लो समय उनी पुरानै पार्टीको झल्को आउने गरी संकटको दल–दलमा फस्दै जान थालेको चर्चा नयाँ शक्तिमा हुन थालेको छ ।

‘मुखले नयाँ बनाउने भने पनि व्यवहारमा पुरानो पार्टीलाई उछिन्ने शैली , प्रवृति नयाँ शक्तिभित्र मौलाउन थालेपछि बाबुरामको टाउको देखेर नयाँ शक्तिमा हेलिएकाहरु समेत निराश बन्न थालेको गुनासो सार्वजनिक हुन थालेको छ ।

नयाँ राजनीतिक संस्कार बसाउने भन्द खोलिएको नयाँ शक्ति नेपाल पार्टीमा विवाद बढेपछि पार्टी संयोजक भट्टराई र संगठन विभाग प्रमुख देवेन्द्र पौडेलबीच अहिलेसम्मको हार्दिकतापूर्ण सम्बन्ध नै चिसिन पुगेको खबर छ । आजको साँघु साप्ताहिकमा खबर छ ।

– See more at: http://www.ratopati.com/aakhabar/80020/#sthash.nF4GXFLz.dpuf

फेसबुकबाट तपाईको प्रतिक्रिया