राराको हवाई भाडा घट्यो
![](https://sp-ao.shortpixel.ai/client/to_webp,q_lossy,ret_img,w_284,h_177/https://businesspati.com/wp-content/uploads/2017/01/rara.jpg)
मुगु १५ माघ
रारा विमानस्थलमा जहाज उडानको प्रतिस्पर्धाले भाडादर घटेको छ । तारा, गोमा र सीता एयरलाइन्सले नेपालगन्जदेखि उडानमा भाडादर घटाएको खबर आजको कान्तिपुरमा छ ।
तारा एयरले नेपालगन्ज जान ४ हजार ५ सय भाडा लिदै आएकोमा हाल ४ हजार २ सय ८० रुपैयाँ लिन थालेको छ ।
यसअघि नेपालगन्जदेखि मुगु आउँदा सहुलियत दरमा ४ हजार ५ सय र कार्गोमा ९ हजार भाडा लिदै आएकोमा हिजो आज सहुलियत दरमा ४ हजार २ सय ८० र कार्गो दरमा ५ हजार रुपैयाँ कायम गरेको छ ।
रारा विमानस्थलबाट सुर्खेत जान ३ हजार ९० रुपैयाँ भाडा रहेको छ । त्यसैगरि गोमा एयरलाइन्सले रारा एयरपोर्टदेखि नेपालगन्ज जान ४ हजार ७ सय भाडा लिने गरेकोमा हाल ४ हजार २ सय ८० कायम गरेको छ ।
नेपालगन्जबाट आउन सहुलियत भाडा ४ हजार २ सय ८० र कार्गोको भाडादर ५ हजार लिन थालेका छन् ।
जहाजको प्रतिस्पर्धाले भाडा घट्न थालेपछि यात्रुलाई सहुलियत र सहज भएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया