राष्ट्रिय वाणिज्य बैङ्कको सीईओमा खनाल

काठमाडौं ११  जेठ २०८१।

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा देवेन्द्ररमण खनाल नियुक्त भएका छन् ।

बैंकको बिहीबार बिहान बसेको सञ्चालक समितिको बैठकले खनाललाई सीईओ नियुक्त गर्ने निर्णय गरेको कम्पनी सचिव हेमराज खरेलले जानकारी दिए । उनका अनुसार खनाल चार वर्षका लागि बैंकको सीईओमा नियुक्त भएका हुन् । उनी यसअघि डेपुटी सीईओ थिए ।

यसअघि बेंकले सीईओका लागि आवेदन दिएका मध्येबाट पाँच जनाको नाम ‘सर्टलिस्ट’ मा राखेको थियो । सर्ट लिस्टमा पर्नेहरूमा खनालसहित कृष्णबहादुर अधिकारी, प्रकाशचन्द्र अधिकारी, विष्णुदेव यादव र शंकर केसी थिए ।

सीईओका लागि २० जनाले आवेदन दिएका थिए । बैंकका तत्कालीन सीईओ किरणकुमार श्रेष्ठले दुई कार्यकाल पूरा गरेर चैत २०८० मा बाहिरिएपछि पद रिक्त भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया