रेड्मी नोट १३ सिरिज सार्वजनिक

काठमाडौँ २३  माघ २०८०- ग्लोबल टेक्नोलोजी लिडर शाओमीले एक भव्य कार्यक्रम आयोजना गर्दै नेपालमा रेडमी नोट १३ सिरिज सार्वजनिक गरेको छ । सोमबार होटल अलफ्टमा आयोजित एक शानदार लन्च कार्यक्रममा टेक ब्लगर्स तथा पत्रकारहरुको उपस्थितिमा शाओमीले आफ्नो रेड्मी नोट १३ सिरिज अन्तर्गत रेड्मी नोट १३ प्रो + फाइभ जि, रेड्मी नोट १३ प्रो, रेड्मी नोट १३ सार्वजनिक गरेको हो ।


यी तीनै मोडेलहरुमा ग्राहकहरुले शक्तिशाली प्रोसेसर र उच्च –स्तरीय क्यामराको साथ स्मार्टफोनको नयाँ अनुभव पाउन सक्नेछन् । रेडमी १३ सिरिज मार्फत नयाँ स्टाइल, पर्फर्मेन्स र इनोभेसन प्रदान गर्दै शाओमीले नेपाली बजारमा उच्च गुणस्तरीय प्रविधि प्रदान गर्ने आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिएको कम्पनीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया