लक्ष्मी क्यापिटल र सनफार्मर बिच लगानी सम्बन्धी सम्भौता

काठमाडौँ १४, मंसिर २०७९-लक्ष्मी क्यापिटल मार्केट लिमिटेडर सौर्य उर्जा सेवा प्रदायक कम्पनि सनफार्मर बिच लगानी सम्भाव्यता सम्बन्धी एक समारोहबीच सम्भौता सम्पन्न भएको छ ।यहि मंसिर ११, गते सम्पन्न सो सम्बन्धी समझदारी पत्रमा लक्ष्मी क्यापिटलका तर्फबाट प्रमुखकार्यकारी अधिकृत राजिव सापकोटा र सनफार्मरकातर्फबाट प्रमुख संचालन अधिकृत हरि श्रेष्ठल ेहस्ताक्षर गरेका छन् ।

लक्ष्मी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत राजिव सापकोटाले आफ्नो धारण राख्द ैमर्चेन्ट बैकिङ तथा परामर्श सेवामा बिगतको सफल अनुभव रहेकोले नवीकरणीय र स्वच्छ ऊर्जामा योगदान पु¥याइरहेको सनफार्मरसँग सहकार्र्य गर्द ैलगानी गर्न पाउँदा गर्व महसुस भएको बताए। अन्य परियोजनाहरूको लागि समेत कोसेढुङ्गा सावित हुने विश्वास व्यक्त गरे ।संयुक्त राज्य अमेरिकामा संचालित कम्पनी सनफार्मरले सन २०१४ देखि नेपालमा ४ सय भन्दा बढि सोलार इनर्जीप्रोजेक्ट सम्पन्न गरीसकेको छ । यस कम्पनीले सौर्य उर्जा संगै स्वास्थ, शिक्षा र कृषिको समेत प्रवर्धन गर्ने उद्देश्यका साथ हाल सम्म७,८४२,७८२ यूनिट स्वच्छ विद्युत उत्पादन गरी सकेकोे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया