लघुवित्तको पूँजीबारे राष्ट्र बैंकको यस्तो धारणा
बिजनेसपाटी २९ चैत्र
राष्ट्र बैंकले लघुवित्तको चुक्ता पुंजीबृदिबारे चाडै निर्णय सार्वजनिक गर्दैछ भन्ने हल्लाको पछाडी सत्यता नभएको राष्ट्र बैंकले स्पष्ट पारेको छ । नेपाल राष्ट्र बैंकका प्रबक्ता नारायणप्रसाद पौडेलले यसबारे मौद्रिक नीतिमा लघुवित्तको पुंजीवृद्धि गरिनेछ भन्ने कुरा उल्लेख गरिएको अवस्थामा यस सम्बन्धमा गृहकार्य हुनु स्वाभाविक भएको बताएका छन् ।
तर यस सम्बन्धमा नेपाल राष्ट्र बैंकबाट तत्कालै कुनै नयाँ निर्णय नआउने पौडेलले स्पष्ट पारे । राष्ट्र बैंकले राष्ट्रियस्तरका थोक कर्जा प्रबाह गर्ने लघुबित्तहरुकै चुक्ता पूँजी २०७५ असारसम्ममा ६० करोड पुर्याउनु पर्ने नीतिगत ब्यवस्था गरिसकेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया