लचकदार मौद्रिक नीतिले जगाएको आशा

रिसब गौतम

नेपाल राष्ट्र बंैकले ५ दिन अघि आर्थिक बर्ष २०७७–७८ का लागि मौद्रिक नीति ल्याएको छ । सो मौद्रिक नीतिलाई लिएर यतिबेला विभिन्नतवरमा टिक्का टिप्पणी भइरहेका छन् । नीजि तथा सार्बजनिक सबै क्षेत्रले यसपटकको मौद्रिक नीति आशा गरिए जस्तै भनेर टिप्पणी गरेका छन् । कोभिड १९ अर्थात कोरोना भाइरसको महामारीको कारण अर्थतन्त्रका यावत अवयवहरुमा परेको प्रभावलाई न्युनिकरण गर्ने र अर्थतन्त्रलाई पुर्नरजागरण गर्ने गरी मौद्रिक नीति आउनु पर्ने थियो । सोही अनुरुप नै मौद्रिक नीति आएको ब्यापारी, बुद्धिजिवी र अर्थवीदहरुको विश्लेषण रहेको छ । पक्तिकारको पनि ठर्हर त्यही हो । यसपटकको मौद्रिक नीतिमा नबनियुक्त गर्भरनरले निश्चय नै आफनो लामो अनुभव र दक्षता देखाएकै छन् ।
मुलत मौद्रिक नीति बजेटपछी आउने गर्छ । यहाँ मात्रै होइन तमाम देशहरुमा त्यही चलन हो । मौद्रिक नीतिको मुल उदेश्य बजेटले लिएको लक्ष्य तथा उदेश्यलाई सघाउ पु¥याउँदै त्यसमा समाविष्ट कार्यक्रमहरुलाई सहजिकरण गर्नु हो । आर्थिक सन्तुलनलाई विर्गान नदिइ अर्थतन्त्रलाई सही दिशानिर्देश गर्ने हो । त्यसकारण यसपटक मौद्रिक नीति मार्फत आएका आर्थिक उपकरणहरुले थलिएको अर्थतन्त्रलाई टेवा दिने नै देखिन्छ । त्यसको लागि शिघ्र कार्यविधि बनाएर त्यसलाई कार्यान्वयनमा लानुपर्ने खाँचो छ ।
खासगरी आर्थिक बर्ष २०७७–७८ को लागि ल्याइएको बजेट कोरोना माहामारीसँग जुध्ने र अर्थतन्त्रमा त्यसको नकारात्मक प्रभाव घटाउनेमा जोड रहेको छ । वास्तम्बमा अहिलेको आवश्यकता पनि कोरोनासँग जुध्ने र अर्थतन्त्रलाई असन्तुलत तिर अघि बढ्न नदिइ त्यसलाई जिवन्त तुल्याउनुृ हो । आर्थिक असन्तुलन कायम राखेर रोजगारी बृद्धि, गरिव निवारण र विकास निर्माणमा नै सबैको ध्यान जानुपर्छ । त्यसतर्फ बजेटले मात्रै नभएर मौद्रिक नीतिले पनि प्रशस्त ध्यान दिएको देखियो । त्यसकारण यसपटकको मौद्रिक नीति लचकदार एवं आशा गरिएजस्तै हो ।
यसपटकको मौद्रिक नीतिले कोरोना महामारीबाट अति प्रभावित उद्योग व्यवसायहरुले बंैकहरुलाई तिर्नुपर्ने ऋण ६ देखि २ बर्षसम्ममा तिर्न सकिने व्यवस्था मिलाएको छ । त्यसले पनि थलिएको उद्योग तथा व्यवसायको क्षेत्रलाई धेरैहदसम्म त्राण भरेको छ । त्यसैगरी त्यस्ता उद्योग व्यवसायहरुले आफनो ब्यापार व्यवसायलाई अघि बढाउन लिएको ऋणको थप २० प्रतिशत चालु पुँजीको रुपमा कर्जा लिन पाइने ब्यवस्था मौद्रिक नीतिले ल्याएको छ, त्यो असाध्यै राम्रो एवं व्यवसायमैत्री छ । जसले समग्र उद्योगी व्यवसायीहरुलाई उत्साह भरेको छ । त्यसैगरी यसपटकको मौद्रिक नीति मार्फत घरजग्गा कर्जामा दिइदै आएको ऋणको सिमालाई समेत बढाएको छ । त्यसले पनि ऋण उत्साह दिएको छ । यसअघि घरजग्गा कर्जाको सिमा मुल्याङकनको ५० प्रतिशत दिइने व्यवस्था रहेकोमा अहिले ६० प्रतिशत पुत्याइएको छ ।
मौद्रिक नीतिले शेयर बजारलाई पनि सम्बोधन गरेको छ । मार्जिन कर्जाको सिमालाई ६५ प्रतिशतबाट बढाएर ७० प्रतिशत पु¥याएपछी शेयर बजारमा नै त्यसको सकारात्मक प्रभाव पर्न थालिसकेको छ । दुइ दिन अघि मात्रै सर्वजनिक मौद्रिक नीतिमा शेयर धितोमा कर्जाको सिमा बढाएपछि आइतबारको शेयर बजारमा निकै उत्साह देखियो । लगानीकर्ताहरुले खरिद चाप बढाउँदा बजार परिसुचक १ घण्टामा नै सकरात्मक सर्किट बे्रक लागेर कारोबार बन्द भयो । एकैदिन ८४ अंकले बढेर नेप्से परिसुचक १४८० बिन्दुको नजिकमा पुग्यो ।
खासगरी यसपटकको मौद्रिक नीति प्रति अटो क्षेत्र, हाउजिङ क्षेत्र र लघुवित्त वित्तिय संस्थाहरु सन्तुष्ट रहन सकेनन् । मौद्रिक नीतिले लघुवित्तहरुलाई १५ प्रतिशतको कर्जाको ब्याजदर सिमा तोकेकाले नै उनीहरु सन्तुष्ट रहन नसकेका हुन् । यसअघि लघुवित्त वित्तिय संस्थाहरु आफनो लक्ष्य, उदेश्य बिर्सेर जथाभावी ब्याजदर निर्धारण गर्दै आएका थिए । त्यसमाथी यसै मौद्रिक नीतिले लघु वित्तको नयाँ दर्ता रोकेको पनि छ । फलस्वरुप लघुवित्त क्षेत्र मौद्रिक नीति प्रति असन्तुष्ट रहेको छ ।
राष्ट बैकले मौद्रिक नीति मार्फत बैक तथा वित्तिय संस्थाहरुको कर्जासँग निक्षेप तथा प्राथमिक पुँजीको अनुपात (सिसिडि रेसियो ) लाई ८० बाट बढाएर ८५ प्रतिशत पु¥याएको छ । यसबाट बैकहरुको कर्जा दिनसक्ने क्षमता बढाएको छ । जसले बजारमा तरलताको प्रवाह राम्रो हुने भएकोले पनि यसबाट नीजि उद्योग व्यवसायको क्षेत्र खुशी छ । बैकहरुलाई पनि यसले लगानीका लागि सजिलो बनाएको छ । अन्यथा बैकहरुले आफनो प्राथमिक पुँजीको २० प्रतिशत रकम राष्ट्र बैकमा सञ्चित गर्नुपथ्र्यो । यो ब्यवस्था सहित बीग मर्जरलाई अनिवार्य नगरी स्वच्छिक एवं प्रोत्साहनकारी बनाइएकोले पनि बैकहरु मौद्रिक नीतिबाट सन्तुष्ट देखिएका छन् ।
त्यसैगरी ऋणीहरुलाई मौद्रिक नीतिले थप सुविधा दिएको छ । कोरोनाको प्रभावलाई मध्यनजर गर्दै कोरोनाबाट अति प्रभावित ऋणले २ बर्ष, मध्यम प्रभावित ऋणीले ९ महिना र कम प्रभावित ऋणीले ६ महिनासम्ममा कर्जाको सावाँ ब्याज भुक्तानी गर्नुपर्ने समय सिमा बढाइएको छ । मौद्रिक नीतिको यही ब्यवस्थाले उद्योगी व्यवसायीहरु बढी खुशी एवं उत्साहि भएका छन् । ब्यवसायीहरुले उत्साहित हुँदै सार्बजनिक रुपमै कार्ययोजना शिघ्र बनाएर छिटो कार्यान्वयनमा ल्याइनु पर्ने बताएका छन् । कतिपयले भने मौद्रिक नीतिका प्रावधान राम्रो भएपनि कार्यान्वय हुन नसक्ने बताएका पनि छन् ।
कोरोना महामारी सुरुभएसँगै गरिएको लकडाउनका कारण पर्यटन तथा हवाइ उड्यन, होटल रेष्टुरेन्टपछी सबैभन्दा प्रभावित सार्वजनिक यातायातको क्षेत्र बन्यो । फलस्वरुप यस क्षेत्रले राहतको माग गर्दै आन्दोलन पनि गर्यो । मौद्रिक नीतिले यस्तो अतिप्रभावित क्षेत्रलाई २० प्रतिशत चालु पुँजी सहित कर्जा तिर्ने समयावधि थपेसँगै यस क्षेत्र पनि उत्साहित बनेको छ । उनीहरु सवारीसाधन चलाउन राजी समेत भएका छन् ।
त्यसैगरी मौद्रिक नीतिबाट साना उद्यमी व्यवसायी पनि खुशी छन् । तोकिएको क्षेत्रमा पुर्नरकर्जा, २ प्रतिशत ब्याजदमा लघु घरेलु तथा साना उद्यम पुर्नरकर्जा र ३ प्रतिशत ब्याजदरमा तोकिएको क्षेत्रमा साधारण पुर्नरकर्जा प्रदान गरिएको विषयले साना उद्यमीहरु उत्साहि बनेका छन् । बिकास बैकहरुले कुल कर्जा लगानीको २० प्रतिशत र वित्त कम्पनीहरुले कुल कर्जा लगानीको १५ प्रतिशत अनिवार्य रुपमा कृषि तथा लघु उद्यममा लगानी गर्नुपर्ने ब्यवस्थाले पनि उनीहरु सन्तुष्ट छन् ।
त्यसैगरी मौद्रिक नीतिले सहुलियपूर्ण कर्जालाई प्रदेश अनुसार सन्तुलन मिलाउन र लक्षित वर्ग एवं क्षेत्र समक्ष त्यस्तो सुविधा पु¥याउन बाणिज्य बैकहरुलाई प्रति शाखा जनालाई त्यस्तो कर्जा अनिवार्य प्रवाह गर्नुपर्ने व्यवस्था गरिदिएको छ । यसरी जुन ढंगले साना तथा मझौला उद्योग, कृषि क्षेत्रलाई मौद्रिक नीतिले प्राथमिकता दिएको छ त्यसले पनि मौद्रिक नीतिको ओज बढाएको छ । बैकरहरुले नै मौद्रिक नीतिको खुलेर प्रशंसा गरेका छन् ।
मौद्रिक नीतिले बंैकलेहरुले सेवाग्राहीसँग लिँदै आएका सेवा शुल्क कटौती गरेको छ । सो व्यवस्थाको पनि सबैले तारिफ गरेका छन् । बैकहरुले कर्जा स्वीकृत गर्दा सहकारीले झै चर्को शुल्क असुल्दै आएका थिए । कतिपय बैकले ३ प्रतिसतसम्म सेवा शुल्क र ६ प्रतिशतसम्म अन्तर ब्याजदर अन्तर कायम गरि नाफा आर्जन गरिरहेका थिए । मौद्रिक नीतिले त्यसमा अंकुश लगाएर राम्रो गरेको छ । यसरी यसपटकको मौद्रिक नीतिमार्फत राष्ट बैकले अर्थतन्त्रलाई र्पुरउथ्थान गर्न प्रभावकारी उपकरणहरु ल्याएको छ । यसबाट अनुभवी गर्भरनरको सक्षमता पनि मापन भएको छ ।
खासगरी कोरोनाका कारण २० प्रतिशत ब्यवसाय उठ्नै नसक्ने गरी ध्वस्त भए भन्ने अनौपचारिक अहिलेको तथ्याङक छ । अर्थतन्त्रमा यो विध्न नकारात्मक प्रभाव परेको घडीमा मौद्रिक नीतिले अर्थतन्त्र पुर्नरजागरका लागि ल्याएका उपकरणहरु निश्चय नै जायज र प्रसंसनीय छ ।
प्रकासित मिति २०७७–४–७

फेसबुकबाट तपाईको प्रतिक्रिया