लिलामणि पौडेल चीनका लागि राजदूतमा सिफारिस, भारतका लागि उपाध्याय
काठमाडौं १६ भदौ ।
चीनका लागि नेपाली राजदूतमा सरकारले पूर्वमुख्य सचिव लिलामणि पौडेल र भारतका लागि राजदूतमा अघिल्लो सरकारले फिर्ता बोलाएका पूर्वराजदूत दीपकुमार उपाध्यायकै नाम सिफारिस गरेको छ ।
आज बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले भारतका लागि राजदूतमा उपाध्याय र चीनका लागि पौडेलको नाम सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एबम संचारमन्त्रि सुरेन्द्र कार्कीले बताए । यी दुवै छिमिकी देशमा नेपालको राजदुत नियुक्त हुन बाँकि थियो
मन्त्रिपरिषद बैठकपछि सञ्चारमन्त्री कार्कीले भने, ‘निकट भविश्यमा प्रधानमन्त्रीको भारत भ्रमण हुँदैछ । चीन र भारतका राष्ट्रपतिको नेपाल भ्रमण हुँदैछ । यसका लागि राजदूत हुन जरुरी भएकाले सिफारिस गरिएको हो ।’ सो बैठकले आर्थिक सल्लाहकारमा डा. श्रीराम पौडेल र प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा डा. ऋषि अधिकारीलाई नियुक्त गरेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया