लुम्बिनीमा टेलिकमले गर्यो आइपी टिभी सेवाको विस्तार
काठमाडौं ७, असार २०७८।
नेपाल टेलिकमको प्रादेशिक निर्देशनालय भैरहवाले लुम्बिनी प्रदेशका विभिन्न स्थानहरुमा आइतबारदेखि एफटीटीएच फाइबर (टु दि होम) मार्फत् आइपी टिभी सेवा सुरु गरेको छ।
यो सेवा पहिलो चरणमा लुम्बिनी प्रदेशको भैरहवा, बुटवल, तानसेन, तम्घास, सन्धिखर्क, परासी र तौलिहवालगायतका स्थानहरुमा सेवा सुरु गरेको नेपाल टेलिकमले बताएको
आगामी दिनमा निर्देशनालय मातहतका सबै क्षेत्रमा यो सेवाको विस्तार गर्ने तयारी भइरहेको प्रादेशिक निर्देशनालय भैरहवाका निर्देशक झविन्द्र उपाध्यायले बताए ।
हालसम्म एफटीटीएच सेवाबाट भ्वाइस सेवा र डेटा सेवा उपलब्ध गराइरहेको टेलिकमले एनटी टिभी सेवा पनि उपलब्ध गराएपश्चात् ट्रिपल प्लेको अवधारणा कार्यान्वयनमा ल्याएको छ।
अहिले वितरण गरिएको एनटी टिभी सेवामा मुलुकका राष्ट्रिय प्रसारण र क्षेत्रीय प्रसारणका सबै टेलिभिजन च्यानलहरु उपलब्ध रहेको बताइएको छ। टेलिकमले बेसिक र प्रिमियम गरी दुई प्याकेजमा एनटी टिभीको प्याकेज अहिले बिक्री गरिरहेको छ। सो प्याकेजमा १०२ वटा प्रिमियममा १८५ वटा टेलिभिजन च्यानलहरु प्रसारण भइरहेका छन्। टेलिकमले गत पुष १७ गते एनटी टिभी सेवा सुरु गरेको थियो। यो सेवा हाल काठमाडौ उपत्यका बाहेक बनेपा र चितवनमा उपलब्ध रहेको बताइएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया