लूम्विनी विकास बैंक र सूर्या लाईफबीच सम्झौता

काठमाडौं– ११ मंसिर

लूम्विनी विकास बैंकले आफ्ना निक्षेपकर्ता तथा कर्जाका ग्राहकहरुलाई बैंक मार्फत जीवन वीमा सेवा उपलव्ध गराउने उदेश्यले सुर्या लाईफ इन्स्योरेन्स्सग सम्झौता गरेको छ ।
उक्त सम्झौतामा लूम्विनी विकास बैंकका तर्फवाट प्रमूख कार्यकारी अधिकृत झलकप्रसाद खनाल र सुर्या लाईफ इन्स्योरेन्स्का तर्फवाट प्रमूख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले हस्ताक्षर गरेका हुन् । सम्झौता पछि ग्राहकहरुले लूम्विनी विकास बैंकका सवै शाखा कार्यालयहरु मार्फत सुर्या लाईफ इन्स्योरेन्स् क.लि.का विभिन्न प्रकारका जीवन वीमा सेवाहरु प्राप्त गर्न, वीमाशूल्क भूक्तानी गर्न, वीमालेख लिन तथा वीमा दावी भूक्तानी सहज रुपमा प्राप्त गर्न सक्ने बताइएको छ  ।

फेसबुकबाट तपाईको प्रतिक्रिया