लोकमानको कार्यालयमा ताला !

काठमाडौं ११ कार्तिक ।
अख्तियार दुरुपायोग अनुसन्धान अायोगले गम्भीर अपराधको कसुरमा महाभियोगको सामना गरिरहेका प्रमुख आयुक्त लोकमानसिंह कार्कीको सचविालय बन्द गरेको छ।

कार्यावाहक प्रमुख आयुक्त दीप बस्न्यातको अध्यक्षतामा बसेको आयुक्तहरुको बेठकले निलम्बित प्रमुख आयुक्त कार्कीको कर्यालय बन्द गर्ने निर्णय गरेको हो । आयाेग पदाधिकारी बैठकको निर्णयसँगै कार्याबाहक प्रमुख आयुक्त बस्न्यातले बुधबार नै कार्कीकाे सचिवालयमा रहेका नपाल प्रहरी र सशस्त्र प्रहरीलाइ फिर्ता पठाइ उनको सुरक्षा सचिवालय नै बन्द गरेका हुन् ।

सबै अायुक्तहरूले एकमतका साथ कार्कीकाे सुरक्षा सचिवालय र उनको कार्यालय बन्द गर्नुपर्ने मत राखेका थिए । सोही निर्णयअनुसार कार्यवाहक प्रमुख बस्न्तयाले कार्कीले आफना लागि बनाएको सुरक्षा सचिवालय खारेज गर्दै सचिवालयमा कार्यरत ११ जनामध्ये १० जना सुरक्षा अधिकारीलाइ फिर्ता पठाइदिएका हुन् ।
करेक्सन सुरु भइसक्यो
अख्तियार दुरुपायोग अनुसन्धान अायोगले प्रमुख आयुक्त लोकमान सिंह कार्की विरुद्ध लगाएइएको महाभियोगले अयोगका काममा कुनै असर नपार्ने प्रस्ट पारेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाललाइ बुधबार विहान भेट गरी कार्यवाहक प्रमुख आयुक्त सहितका पदाधिकारीले महाभियोगपछि अयोगको काम झनै गतकिा साथ अघि बढेको भन्दै असर नपार्ने प्रस्ट पारेको हुन् ।

महाभियोगले आयोगको काममा कुनै असर पार्दैन । विगतमा भएको ज्यादती भने रोकिएको छ प्रधानमन्त्रीसँग अयोगका पदाधिकारीको भनाइ थियो ।आजको राजधानी दैनिकमा समाचार छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया