लोकमानको तस्बिर कार्यालयबाट हटाइयो

काठमाडौँ ९ कार्तिक

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरीबाट लोकमानसिंह कार्की फोटो हटाइएको छ। कार्यालय प्रमुख रवीन्द्रप्रसाद शर्माले कार्की निलम्बनमा परेपछि उनको तस्बिर हटाइएको बताए। आजको कान्तिपुर दैनिकमा खबर छ।

२०७३ असार २ गतेको मन्त्रिपरिषद् निर्णयले अख्तियारको क्षेत्रीय र सम्पर्क कार्यालयको नाम परिवर्तन गरी आयोगको कार्यालय बनाएको हो। २०७८० असोज १ गते कार्कीले नै जुट किसानको स्वमित्वमा रहेको भवनमा कार्यालय उद्घाटन गरेका थिए।

इटहरीस्थित कार्यालयमा ४० जनाको दरबन्दी छ। जनासँग प्रत्यक्ष सरोकार राख्ने कार्यालय भए पनि प्रमुखलाई सहजै भेट्न जान सकिँदैन। पहिले गेटमा रहेको प्रहरीले केरकार गर्छन्। उनले सबै विवरण टिपाएर एउटा रजिस्टरमा सही गराउँछन्। त्यसपछि पास लेखिएको कार्ड काँधमा भिरेपछि मात्र भित्र प्रवेश पाइने छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया