लोकसेवा फेल भएर के भो ? शेयर बजारमा त सफल छु !

नयन्द्र बास्तोला, युवा शेयर लगानीकर्ता

बिबिएस पास गरे पछि उच्च-शिक्षा साथै लोकसेवा अध्ययन गर्नको लागि म काठमाडौ  आएको  थियो  । मेरो भित्रि इच्छा चाहिँ लोकसेवा पढ्नु नै थियो तर साथीहरुले मनमा अनेक योजनाहरु  बनाइ रहेका थिए  । अनि मलाई भन्थे लोकसेवा पास गरेर नि लाइफको सिक्युरिटी मात्र हुने हो पछि पारिवारिक अबस्थामामा आफ्नु जीवन धान्न सकिदैन यदि भ्रस्टाचार गरियन भने । अनि भ्रष्टाचार गर्न तेरो स्वभावले सक्दैनस जस्ता कुराहरु सुनाइ रहन्थे ।  त्यसपछि म पनि सोच्न थाले एक पटक बिदेश गयर आउने अनि फेरि पढ्ने यसैको सिल्सिलामा केही समय बिदेश जाने निधो गरियो  । भिसा पनि लाग्यो र  बिदेश गैइयो । बिदेश जदा नि मैले चाहिँ लोकसेवाको बूकहरु सगै लियर गएको पनि थिए  । धेरै बस्ने योजन त थिएन बिदेशमा पनि तर भनेजस्तो कहाँ हुने रहेछ र ! अलिक बढी समय नै बसियछ । बसाईलाई एक बर्ष लम्ब्याउने योजना बनाएको थिए  तर छुट्टीमा आएको बेला परिवार, साथिभाइ, नातागोताबाट अब चाहिँ बिबाह गर्नुपर्छ भन्ने आवाज धेरै नै आउन थाल्यो ।  हुन त पहिला पनि आउथ्यो त्यसलाई म हुन्छ हुन्छ भनी टारिदिन्थे तर यस  बेला अलिक बढी नै आएको ले भनिदिए केटी खोज्नु न त म त्यस पछि सोच्छु  तर त्यसो भनेको ५/७ दिन मै कुरा आए, कुरा गरियो, विबाह गर्ने कुरा पो छिनियो । फेरि मेरो योजना फेल भयो । तर म एक पटक बिदेश नगई हुदैन र बिदेश गए  उताको सबै कुरा मिलाएर नेपाल आएर बिबाह गरियो । त्यसपछि श्रीमतीसगै लोकसेवा पढ्ने योजना बनाइए । पढन थालियो पढ्दै जादा पहिलो परिक्षामा नाम निकाल्न सकिएन । लोकसेवामा धेरै मेहनत गर्नुपर्छ र जसरी पनि  पास गर्ने योजना अनुसार नै पढिरहेको अबस्थामामा अमेरिका को Dv परेको थाहा भयो  । second letter को लागि सबै ड्कुमेन्ट बनाइ पठाए अनि सोच्न थालियो । हाम्रो त अबस्य आउँछ visa लाग्न को लागि चाहिने सबै मापदण्ड हामीसग छ । त्यसपछि फेरि मेरो योजना परिवर्तन भयो । पढाई कम हुँदै गयो । अमेरिका जाने पो सपना देख्न थालियो । त्यस्तै गरि ३/४ महिना बित्यो । चासो बड्दै गयो कहिले आउँछ अनि बुझ्दै गए अमेरिकी सरकारले प्रत्येक महिना एउटा visa बुलेटिनमा यो महादेशबाट यति नम्बर सम्म हुनेहरूबाट यति जना छनौट भयो   ।  nayandra

यसरी हेर्दै जदा एसियाबाट यो साल ९५०० सिरियल नम्बर हुने को मात्र छनौट गरियो भन्ने देखे पछि फेरि सोच्न बाध्य बनायो । यो कुरा पहिला नै किन बुझियन तर धेरैले बिश्वास नै गरेनन अहिले नआए पछि पनि आउन सक्छ भनेर तर बास्तबिकता मैले जे बुझे त्यही नै थियो । अब लोकसेवा को परि परिक्षा आउन धेरै थिएन । फेरि पढ्न सुरु गरेउ अनि परिक्षा दियौ । नतिजा  आउन समय लाग्छ तर आश भने थियन किन कि अमेरिकाको सपनाले पढाई नै थिएन अब अर्को  परिक्षामा चाहिँ अबस्य नै निकाल्ने  गरि पढ्न पर्छ । कतै नलाग्ने भनी पढिरहेका थियौ result आयछ श्रीमतीको नाम निस्किएछ मेरो निस्किएन । अब आन्तार्वार्ता तयारी गर्न थालिन उनी म मनमा अनेक कुरा खेलाउदै अलि अलि पढ्दै थिए । आन्तार्वार्ता सकियो उनिको कोलेनिका काठमाडौ मै भर्ति  भयो । त्यसपछी मेरो चौथो योजना परिबर्तन भयो । अब दुबै जना सरकारी जागीर खाएर हुन्न । जागिरको सिल्सिलामा सरकारले जहाँ पनि पठाउन सक्छ गएन भने कि जागिर छड्नु पर्यो कि त जानैपर्छ । त्यस्तो अबस्थामा घर व्यबहार कसरी समाल्ने भन्ने सोचाइ आएपछि एक जना काम गर्ने अर्को जना केही विजनेस गर्ने सल्लाह गरियो । अब बिजनेस के  गर्ने केहीको अनुभव थियन । यस्तै सोच्दै जादा साथी हरुले भनेको सुनेको थिए । सेयर  मार्केट्बाट राम्रो फाइदा गर्न सकिन्छ हुन त मैले अलिक पहिला देखि नै ipo भर्ने गरेको थिए  । secondry मार्केट गएको पनि थिइन्  यस्तै कुरा गर्दा एक जना मेरो भान्जाले मलाई थाहा छ जाउ न त ब्रोकरकोमा भनी गैयो त्यसै दिन नाम रजिस्टर गरि भान्जा र उस्को साथीहरुको सल्लाहमा कुनै कम्पनीको शेयर किन्न शुरुगरे । यसरी दैनिक साथीहरूको सल्लाह अनुसार किन्ने बेच्ने गर्दै गए  तर म अलिक आक्रमक भयछु एक दुई महिना मै ५०/६० को लगानी गर्न पुगेछु । त्यस पछि बुझ्दै गए सबै साथीहरूको एउटै रोजाइ नहुने रहेछ कोहि सानो मुल्यको कम्पनी ठिक त कोहिको मिडियम मुल्यको यसरी लगानी बड्दै गयो । म पनि बिस्तारै बजार सम्बन्धी बुझ्दै गए, अध्ययन गर्दै गए । पहिला पहिला ब्रोकरकोमा जस्ले किन बेच धेरै गर्छ उसैलाई सोध्ने पनि गरियो कसैले राम्रो सल्लाह दिन्थे भने कसैले अलिक फरक व्यबहार देखाउथे । कसैले भन्थे सबैलाई नसोध्नु याहा त उल्टो advice दिन्छ्न आफुले बेच्नु छ भने यो किन र आफुले किन्नु छ भने यो बेच भन्छन भनेर अनि सोच्थे किन यसो गर्नु पर्यो र सहि कुरा र जानेको कुरा भन्दैमा उस्ले सोचे जस्तै कहाँ हुन्छ र भन्थे तर शेयर बजारमा यो चलाउने केही ब्यक्ति हुदा रहेछ्न त्यस्को साथै अहिले त internet को पहुच सबैको मोबाईलमा भएकाले सिमित ठुला खेलाडी भनैदाहरुले आर्थिक पत्रकारहरुलाइ प्रभावमा पारेर आफू अनुकुलको समाचार बनाउन लगाउने गरेको देखिन्छ । यसको असर शेयर मार्केटमा परेको पनि छ र परिरहन्छ जब सम्म परिपक्क बन्दैनन.लगानी कर्ताहरु मेरो अनुभव रहेको छ । पहिला पहिला के अहिले पनि मार्केट बडोकी आज खेलाडीले बडाए आज घटाए भन्छन् हुन पनि हो जस्तै लाग्छ पहिला पहिला सोच्ने गर्थे कति लगानी गर्ने लाई ठुला लगानी कर्ता भन्न्छ्न भनी तर एक दिन म मेरो dp मा statement लिन  गएको थिए र statement print गरेर हेर्दै थिए एक जना महिला आएर print गर्न लगाउनु भयो र मेरो नजिकै आयर statement पढ्न थाल्नु भयो     कुन कुन कम्पनी रहेछ भनेर असो नजर लगायको त म सोच्न बाध्य भए ठुला खेलाडी त यस्ता पो हुनेरहेछ्न भनी अनि सोछे कुनै कम्पनीको पनि लाख कित्ता भन्दा कमि शेयर थिएन र उस्ले चाह्यो भने जे पनि गर्न सक्छ भनी तर  गत माघ महिना बाट सबै कम्पनी हरु पेपरलेस भयपछी  मार्केट 950 बाट अहिलेको अवस्थामा आउनु भन्दा पहिला नै हो ।

 मैले आयोग पठन छोडेर तीनकुनेमा महानगर सुर्परमार्केट खोलेँ । त्यहाँ विदेशमा कामको शिलशिलामा भेटिएका अन्य ७ जना साथीहरु सहित केही सहकारीका साथीहरु पनि साँझेदार बनाएको छु । हामीले सो सुर्परमार्केट खोल्न ३ करोड बढी लगानी गरेका छौ । त्यो भन्दा केही अघिबाट मात्रै म सेयर बजारमा सक्रिय हुन थालको थिएँ । अहिले सुर्परमार्के सोचे भन्दा पनि राम्रो चल्न थालेको छ ।
०७१ सालबाट चाँही मैले व्यवसायिक हिसावले शेयरको सेक्रेन्डरी मार्केटमा किनबेच गर्न थालेको हँु । मेरो अहिलेको जग र आशा–भरोशाको सबैभन्दा ठुलो केन्द्र शेयरको लगानी नै हो । खासगरी मलाई यस क्षेत्रमा आउनका लागि साथी सुरेन्द्र गेलाल, सन्तोस बञ्जारा लगायतले सहयोग गरेका छन ।
०७१ सालबाट सेयरको व्यवसायिक लगानीकर्ता र उधमी भए । हाल मेरो नेपालका नाम चलेका ६०–७० ओटा कम्पनीहरुमा  शेयर लगानी छ । तर अघिल्लो साल भुइचालोको केही असर मेरो लगानीमा पनि प¥यो । १०–१५ लाख सो बेला गुमाउनु प¥यो । तर अहिले सेयर लगानीबाट राम्रै प्रतिफल पाएको छु । म अत्यन्त सन्तुष्ट छु । हाल मेरो शेयर बजारमा ऋणपान गरेको समेत गरेर ४ करोड जस्तो लगानी रहेको छ । ठुलो जोखिम उठाएको छु । कारण मसँग आत्म विश्वास छ । सेयर बजारमा म भर्खर भविष्य सुरु हुन थालेको देख्छु । यसमा अथाह सम्भावना देख्छु । विस्तारै देशले पनि तुलनात्मक रुपमा सही गती लिन थालेको छ ।
म प्राय सेयरमा लगानी गर्दा पोर्टफोलियो मिलाएर गर्ने गर्छु । किनकी पोर्टफोलियो मिलाउँदा सेयरमा लगानी डुब्ने समभावना हुदैन । मेरो हकमा बैकिङ सेक्टर, इन्सुरेन्स, हाइड्रोपावर, माइक्रो फाइनान्समा मुख्य रुपमा मैले लगानी गर्ने गरेको छु । यधपी होटलहरुमा पनि मैले अलिअलि लगानी गरेको छु । मलाई लाग्छ, अहिले मार्केट बढेको हावाको भरले होइन । पहिलो त अबको दिनहरुमा सेयर बजारको भविष्य अत्यन्त राम्रो छ । किनकी शेयर कारोबारलाई सर्पोट गर्ने आधारहरु जस्तो की डिम्याट अनिवार्य गरियो । शेयर किनबेच पाँच दिन देखि नै गर्न सकिने भयो । अर्को अनलाईन सिस्टममा जाने धितोपत्र बोर्डको निर्णय आइसकेको छ । एनआरएनलाई पनि शेयर कारोबारमा आउन दिने देखि सेयर सम्बन्धि आधुनिक औजारहरु भित्राउने धितोपत्र बोर्डको निर्णयका कारण पनि यस क्षेत्रको भविष्य उज्यालो देखिन्छ । राजनीति पनि सङलिँदै गएको कारण त्यो सम्भावना देखिएको हो । मेरो दिनमा प्राय एउटा टान्जेक्सन भएकै हुन्छ । सेयर बजारमा लागेर लगानी अनुसार पाएको प्रतिफलबाट अत्यन्त सन्तुष्ट छु । तर माकेर्ट सधै बढने वा सधै घटने हुदैन भन्ने कुरा मध्येनजर गर्न सकिएन भने यस क्षेत्रबाट फाइदा लिन सकिदैन । मार्केटको सेन्स हेरेर मात्र लगानी गर्न विजनेसपाटी पढनु हुने साथीहरुलाई मेरो सल्लाह छ । खासगरी सेयरमा लगानी गर्दा बाहिर आएका आधिकारीक न्युजहरु पढेर गर्न आग्रह गर्दछु । अन्त्यमा फेरी भन्छु यस क्षेत्रको भविष्य अत्यन्त राम्रो छ ।

                                                                                                   प्रस्तुति रिसब गौतम

फेसबुकबाट तपाईको प्रतिक्रिया