वित्तीय साक्षरता कार्यक्रय गरी सनराइज बैंकले मनायो ‘ग्लोबल मनी वीक’

काठमाडौं १४ चैत्र २०७९।

सनरााइज बैंकले पूर्वको तेह्रथुम देखि पश्चिमको दार्चुलासम्म एक सय वटा वित्तीय साक्षरता कार्यक्रम गरी ग्लोबल मनि विक मनाएको छ ।

बैंकले देशभरिका शाखा र सामाजिक संजाल मार्फत विभिन्न कार्यक्रम र सूचना प्रवाह गरी सफलताको साथ कार्यक्रम गरेको बैंकले जनाएको छ । बैंकले बैंकिङ्ग सेवा, बचत, ऋण, विद्युतिय बैंकिङ्ग सेवा र यसमा अपनाउनु पर्ने सावधानी लगायतका विषयलाई समावेश गरी देशभरीका विभिन्न १०० स्थानका युवालाई समेटेर वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको जनाइएको छ ।

कार्यक्रमले युवाहरुमा वित्तीय साक्षरताको अभिवृद्घि, वित्तिय निर्णय गर्ने क्षमताको विकास, सानै देखि बचत गर्ने बानी, बैंकिङ्ग सेवा सुविधाको सही उपयोगिता, बैंकिङ्ग विवरण अरुलाई दिदाँँ हुन सक्ने झमेला र ठगी लगायतका विषयको संचेतनाले उनीहरु र उनीहरुसँग जोडिएका परिवारको आर्थिक समृद्घिमा योगदान पुर्‍याउने बैंकको भनाइ छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया