विदेशीको कब्जामा नेपालको बिजुली !

काठमाडौं ९ जेठ। 

अधिंकाश ठूला जलविद्युत आयोजना निर्माण जिम्मा लिएका विदेशी कम्पनीले दशकाँदेखि नदी तथा खोला कब्जामा राखेका छन् ।  बिजुली उत्पादन नहुदाँ नेपालीे भने दैनिक १५ घण्टासम्म लोडसेडिङ झेल्दै अध्यारोमा बाच्न बाध्य छन् । आजको नागरिकदैनिकमा समाचार छ ।लगानीमैत्री वातावरण अभाव, तरल राजनिति, फितलो कानुन, अनुगमनमा सरकारको गैरजिम्मेवारीले विदेशीले नदी ओगट्ने मौका पाएका हुन् । उर्जा मन्त्रालयले पञ्चेश्वर र सप्तकोसी उच्च बाँध बाहेक हालसम्म १२ हजार ५ सय २४ मेगावात क्षताका आयोजनाको अनुमति बाँडेको छ । यीमध्ये करिब ८५ प्रतिशत विदेशी कम्पनीले लिएका छन् । भारत, चीनर कोरियाली कम्पनीले ठुला आयोजना बनाउने नाममा नदी ओगटेर बसेका छन् । विदेशीले लिएका अनुमतिमध्ये ४२ प्रतिशत भारतीय कम्पनीको कव्जामा छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया