विना भारत विखण्डन : दक्षिण एसियाली समृद्धि असम्भव !
सुरेन्द्र ढकाल
पोलिटब्युरो सदस्य, नेकपा माले
नेपालको वाम गठवन्धन सरकार बनेलगत्तै पाकिस्तानी प्रधानमन्त्रीको नेपाल भ्रमण हुनुले राजनीतिक र कुटनीतिक चर्चा पाएको छ । दुईतिहाइ बहुमत पु¥याई नेपाली नागरिकता लिएका आप्रवासी भारतीयहरु र भारतले चाहेबमोजिम संविधान संसोधन गरी नेपालबाट पहिले तराई टुक्राउने अनि कालान्तरमा नेपाललाई सिक्किमझँै गरी भारतमा विलय गराउने भारतीय गुप्तचर संस्था रअको आदेशानुसार ओली सरकार मधेसी दलहरुलाई सरकारमा सामेल गर्न उद्दत रहेको चर्चा एकातर्फ छ भने अर्कोतर्फ गठवन्धन चीनको अगुवाइमा भएका कारण अबको सरकारले भारतलाई एक्लाउने र चीनसँगको सहकार्यलाई घनिभूत बनाउने चर्चा अर्कोतफ चलिरहेको छ । चीनमा सि जिन पिङको उदयसँगै चीनको दक्षिण एसियाली राजनीतिमाचाख बढ्नुले भारत अमेरिकाको नीद हराम बनाएको विश्लेषकहरु बताउँछन् । यही कारण अमेरिकाले आफ्नो सुरक्षा नीतिमा ब्यापक हेरफेर गरी दक्षिण एसियाली राष्ट्रहरुलाई भारतीय चश्माले हेर्ने र चीनको वन वेल्ट वन रोडलाई चुनौती दिन एसिया अफ्रिका ग्रोथ कोरिडरको नयाँ विकास अवधारणा अघि सारेको छ ।
यस अवधारणा अनुसार भारतलाई दक्षिण एसियाको दादा बनाई चीनलाई काउन्टर दिन सन् २०१४ अमेरिकाले भारतलाई चीन जत्तिकै आणविक शक्ति राष्ट्र बनाउन सघाउने हेतुले आणविक सन्धि सम्पन्न गरी सोअनुरुप कार्य थालनी गर्न सुरु गरिसकेको छ । नेपालमाथि संविधान जारीपश्चात भारतले आर्थिक नाकाबन्दी गरेको र सो बेला चीनले नेपाललाई सहयोग पु¥याएको कारण भारतप्रति नेपाली जनस्तरमै घृणा पैदा भइरहेको बेला भएको नेपालको चुनावमा उही ओलीको दल नेकपा एमालेले चुनाव जित्नुले पनि नेपालले छिमेकीहरुसँगको सम्बन्ध कसरी अघि बढाउला भन्ने कौतुहलता सबैमा जागिरहेको छ । झन् त्यसमाथि माल्दिभ्सको आन्तरिक राजनीतिमा हस्तक्षेप नगर्नु भन्ने चेतावनी दिंदै चीनका जलयुद्ध पोतहरु हिन्द महासागरमा तैनाथ हुनु, यसअघि चीन भारतबीच दोक्लाम विवाद चुलिएको कारण दोक्लाम क्षेत्रमा चीनले सैनिक वन्दोवस्ती बढाउनुले सिर्जना गरेको विवादपूर्ण अवस्थामा नेपालमा नयाँ सरकार बन्दा नबन्दै पाकिस्तानी प्रधानमन्त्रीको नेपाल भ्रमण हुनुले दक्षिण एसियामा शीतयुद्ध भड्कने ठूलो सम्भावना देखिएको छ ।
इन्दिरा गान्धीको प्रधानमन्त्रित्वकालमा भारतले तत्कालीन सोभियत संघसँग सैनिक सम्झौता गरी त्यसैको बलमा पाकिस्तान टुक्राइ बंगलादेश बनाउने र सिक्किमलाई आफूमा विलय गर्न समर्थ भएको थियो । सोभियत संघको पतनपछि चीन विश्व शक्तिको रुपमा उदय भएको र चीन आर्थिक सामरिक विकासले यही गती लिने हो भने दक्षिण एसियामा मात्र नभई विश्वमा नै चीनको प्रभाव बढ्ने देखेर त्यसलाई नियन्त्रण गर्न अमेरिका भारतलाई शक्तिशाली बनाउन चाहिरहेको अवस्था छ । यसलाई चुनौति दिंदै चीनले भारतबाहेक सबै दक्षिण एसियाली राष्ट्रसँग आफ्नो सम्बन्ध घनीभूत
बनाउन खोजिरहेको तथ्य एकातिर छ भने अर्कोतर्फ चीन भारत ब्यापार बढ्दै गएको छ । सन् २०१४ को तथ्यांक हेर्दा चीनले भारतबाट ६ अरब ४०
करोड डलरको आयात गरेको थिया भने भारतले चीनबाट उही समयमा ५८ अरब ४० करोड डलरको आयात गरेको देखिन्छ । यो ब्यापारिक
स्वार्थलाई थाँती राखेर एसियाका दुई शक्तिशाली यी मुलुकहरु सजिलै युद्धमा होमिएलान् भन्न पनि सक्ने अवस्था छैन । तर जहाँसम्म सार्कको कुरा छ
त्यहाँ द्विपक्षीय समस्या उठाउन नपाइने शर्तको कारण सार्क खाली देखाउने दाँत मात्र सावित भएको छ । भारतको विरुद्धमा पाकिस्तानबाहेक अन्य सदस्य राष्ट्रहरुले चुँ.. पनि नगर्ने कारणले गर्दा सार्क फोरम भारतको दादागिरीलाई नतमस्तक भई स्वीकार्ने थलो भएको छ र यही महत्वहीन सार्कको शिखर बैठक गर्न ु प¥यो भनेर पाकिस्तानी प्रधानमन्त्री अवस्यै नेपाल आएका होइनन् । भारतको दादागिरीलाई ठीक गर्न भारतबाहेक सबै दक्षिण एसियाली राष्ट्रहरु एक भई कास्मिर, ग्रेटरनेपाल, स्वतन्त्र भुटानको मुद्दा उठाइ भारतलाई विखण्डन गर्नुपर्छ र यसमा चीनको सहयोग पनि रहने छ भनेर भन्न उनी नेपाल आएका हुन् भनेर ठोकेर भन्न सकिने अवस्था पनि देखिँदैन । तर जहाँसम्म सार्कको सक्रियता र दक्षिण एसियाको आम समृद्धिको कुरा हो त्यो भारतको दादागिरीको अन्त्य नभई सम्भव पनि छैन, त्यसको लागि पनि ढिलो वा चाँडो भारतको विखण्डन जरुरी देखिन्छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया