विमान चार्टर गरेरै अमेरिकाले फर्कायो नेपाली आप्रवासी

काठमाडौं, फागुन २१, २०८१ । अमेरिकामा लामो समयदेखि अवैध रुपमा बसोबास गर्दै आएका नेपालीलाई काठमाडौं ल्याइपुर्याइएको छ । आज विहान ९ः५५ बजे अमेरिकी चार्टर विमान ११ जना नेपालीलाई बोकेर काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेको हो । अमेरिकाको अध्यागमन कानुन उल्लंघन गर्ने नेपालीहरुलाई विमान चार्टर गरेर यसरी फर्काइएको हो ।

गैर कानुनी रुपमा अमेरिका बस्दै आएका विभिन्न देशका नागरिकहरुलाई अमेरिकको अध्यागमन हेर्ने अदालतले धमाधम निष्काशन गर्दैै छ । यसरी निष्काशन गर्ने निर्णय गरेपश्चात् पहिलोपटक ११ जना नेपाली बोकेर अमेरिकी चार्टर बिमान नेपाल आएको हो । केही नेपालीलाई गैर कानुनी रुपमा काम गरिरहेकै अवस्थामा अमेरिकी सुरक्षाटोलीले पक्राउ गरेका थिए ।
यसरी अवैध आप्रबासी नेपालीहरुलाई बोकर पहिलो पटक अमेरिकी चार्टर विमान काठमाडौं आएको हो ।
यस अघि भारतीय अप्रवासीहरुलाई पनि अमेरिकाले फर्काइसकेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत जनवरी २० मा राष्टपतिको सपथ लिएसँगै गैर कानुनी रुपमा बसोबास गर्दै आएका आप्रवासीहरु प्रति उनी आक्रामक रुपमा प्रस्तुत भएका थिए । उनको पहिलो निर्णय अवैध रुपमा बसेका आप्रवासीहरुलाई अमेरिकाबाट लखेट्ने नै थियो ।
सोही अनुसार अहिले विभिन्न देशका अवैध अप्रवासीहरुलाई अमेरिकी सरकारले धमाधम अमेरिबाट निष्काशन गरिरहेको छ । यसअघि अवैध नेपालीहरुलाई विभिन्न एयरलाइन्सबाट नेपाल फार्काउन गरेको थियो । इमिग्रेसन एण्ड कस्टम इन्र्फमेन्सको रिपोट अनुसार अमेरिकामा अवैध रुपमा बसोबास गर्दै आएका नेपालीहरु ट्रप्को बढी निशासनमा पर्दै आएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया