विवाह वर्षगाँठको अवसरमा जीवन बीमा पोलिसि उपहार

काठमाडौं ०१ चैत्र २०७९-वैवाहिक बर्ष गाँठको अवसर पारेर विराटनगरका उज्ज्वल भट्टराईले आफ्नी श्रीमती यसोधा पोखरेल भट्टराईलाई रु. ३० लाख बीमाङ्क रकमको सो जीवन बीमा योजना प्रदान गरेका छन् ।

भट्टराईले १२ औं वैवाहिक बर्ष गाँठमा प्रभु लाइफइन्स्योरेन्सको जीवन बीमा पोलिसी उपहार दिएका हुन् ।जीवन बीमा हस्तान्तरण कार्यक्रममा प्रभु लाइफका तर्फबाट प्रदेश प्रमुख पुष्कर भट्टराई, शाखा प्रमुख प्रशान्त पाण्डे लगायतको उपस्थिती रहेको थियो । यसोधा पोखरेल भट्टराई प्रभु लाइफको एजेन्सी म्यानेजर समेत रहेकी छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया