विवाह समारोहमा विस्फोट हुदाँ टर्कीमा ३० को मृत्यु
बिजनेसपाटी ५ भदौ ।
टर्कीको गजिनटेप शहरमा एक विवाह समारोहमा भएको विस्फोट भएको छ । विस्फोटमा कम्तिमा ३० जनाको मृत्यु भएका छन् भने ९४ जना भन्दा बढी घाइते भएका छन् ।
टर्की सरकारले यसलाई चरमपन्थी आक्रमण भनेको छ। घटना आत्मघाती आक्रमणकारीले गराएको टर्की सरकारले बताएको छ । यद्यपि विस्फोट कसले गराएको भन्ने खुलेको छैन । उपप्रधानमन्त्री मेहमत सिमसेकले यो आक्रमण बर्बरतापूर्ण भएको बताएको बीबीसीले जनाएको छ । गजिनटेप सिरियाली सीमाबाट ६४ किलोमिटरको दुरीमा छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया