विश्व अर्थतन्त्र : सन् २००९ को भन्दा खराब आर्थिक मन्दीको खतरा

काठमाडौं १५ चैत ।

अन्तर्राष्ट्रिय मुद्रा कोषले शुक्रबार अनलाइन प्रेस वार्ता गर्दै विश्व अर्थतन्त्र आर्थिक मन्दीमा प्रवेश गरेको बताएको छ । आईएमएफकी प्रमुख क्रिस्टालिना जोर्जिएभाले विश्वभर फैलिएको कोरोना भाइरसको कारण विश्व अर्थतन्त्र मन्दीमा गएको बताइन् ।

जोर्जिएभाका अनुसार यो आर्थिक मन्दी सन् २००९ मा देखिएको आर्थिक मन्दीभन्दा पनि खराब हुनेछ । क्रिस्टालिनाले यसबाट पार पाउन विशेषगरी विकसित मुलुकले अझै धेरै आर्थिक सहायता कोष ल्याउनुपर्ने बताइन् ।

कोरोनाको संक्रमण र त्यसलाई नियन्त्रण गर्ने घोषणा गरिएको लकडाउनका कारण धेरै मुलुकहरुको अर्थतन्त्र धर्मराएको छ । बेरोजगारीको समस्या अचानक बढ्दो छ, अर्थतन्त्रमा पर्ने नकारात्मक असर न्यूनीकरण गर्नका लागि विश्वका धेरै मुलुकले आर्थिक सहायता योजना ल्याएका छन् ।

क्रिस्टालिनाले बजारलाई सन्तुलनमा ल्याउन कम्तीमा २५ खर्ब डलर आवश्यक रहेको बताइन् । बीबीसीको सहयोगमा  

फेसबुकबाट तपाईको प्रतिक्रिया