विश्व हिन्दु महासंघको बन्दसत्रमा हात हालाहाल

काठमाडौँ ५ कार्तिक
कमलादीमा जारि विश्व हिन्दु महासंघको बन्दसत्रमा दुई पक्षबीच हात हालाहाल भएको छ।
पूर्वराजा ज्ञानेन्द्र शाहले बिहीबार उद्घाटन गरेको सम्मेलनको बन्दसत्रमा हिन्दुवादी र राजावादी पक्षबीच हात हालाहाल भएको प्रहरीले बताएको छ।
काठमाडौं प्रहरी प्रमुख एसएसपी विक्रमसिंह थापाका अनुसार दुई पक्षबीच केहीबेर तनाव भए पनि अहिले अवस्था सामान्य छ। राजावादीहरूलाई सम्मेलनमा सहभागी नगराइएको भन्दै एक पक्षले बन्दसत्रमा तनाव सिर्जना गर्दा केहीबेर हात हालाहाल भएको थियो । सम्मेलन नयाँ नेतृत्व चयन गर्दै शनिबार सकिने छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया