शशांकको अवस्था झनै गम्भीर, चिकित्सकहरुले भने–’ यसै भन्न सक्दैनौं’

काठमाडौं २२ असार

ओम अस्पतालको भेन्टिलेटरमा उपचार गराइरहेका नेपाली कांग्रेसका महामन्त्री शशांकको कोइरालाको अवस्था थप गम्भीर बनेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।

अस्पतालले बुधबार अपरान्ह पत्रकार सम्मेलन गरी कोइरालाको अवस्था थप गम्भीर रहेको जानकारी दिएको हो ।
अस्पतालका प्रवक्ता लव जोशीले भने, ‘उहाँ मेकानिल भेन्टिलेटरमा नै हुनुहुन्छ, २४ घण्टा पूरा नभएसम्म के हुन्छ भनेर भन्न गाह्रो छ ।’
उनले बिहान १०० प्रतिशत अक्सिजन दिइएकोमा अहिले ८० प्रतिशत अक्सिन दिइएको भन्दै प्रेस बढाउनेदेखिका औषधि चलाइरहेको जानकारी दिए ।
उनले अगाडि भने , ‘बान्ता भएपछि अड्किएर निमोनिया भएको छ, ब्लेड लेभल र किड्नीमा पनि केही समस्या देखिएको छ । विभिन्न अंगहरुले राम्रो सँग काम गरिरहेको छैन । ’उनका अनुसार अहिले मुटुको चाल ८० प्रतिमिनेट र ब्लड प्रेसर १००–५० रहेको छ ।

मंगलबार राती स्वास्थ्यमा समस्या देखिएपछि उनलाई परिवारले ओम अस्पताल लगेको थियो । राती नै ओममा भर्ना भएका उनको स्वास्थ्य अवस्था भने बुधबार बिहान ४ बजेपछि नाजुक बन्न पुगेको थियो ।

रातीदेखि बिहानसम्म लगातार बमिट गरिरहेका उनको बिहान साढे पाँच बजे बमिट सर्किएर मुटुमा असर गर्न पुगेको बताइएको छ । लगत्तै अचेत बनेका उनलाई चिकित्सकहरुले भेन्टिलेटरमा सारेका थिए ।

‘विदेश लैजान सम्भव छैन’
पत्रकार सम्मेलनमा अस्पतालले यहि अवस्थामा विदेश लैजान सम्भव नरहेको बताएको छ । प्रधानमन्त्री तथा कांग्रेसकै केहि नेताहरुले थप उपचारका लागि भारतमा लैजाने बताइरहेको बेला यही अवस्थामा लैजान सम्भव नहुने बताएको हो ।

‘यहिले कै अवस्थामा विदेश भारत तथा अरु देशमा लैजान सम्भव छैन, त्यसरी लगिए लैजानेहरुले नै जिम्मेवारी लिनुपर्ने हुन्छ, हामी जिम्मेवारी लिन सक्दैनौं’, प्रवक्ता जोशीले भने ।

‘विहानदेखि अहिलेसम्म स्वास्थयमा सुधार भयो भन्न सकिन्न, बाहिर लाने विषयमा प्रधानमन्त्रीले पनि भन्नुभयो तर स्थिति ठीक छैन । ट्रान्सफोर्ट गर्न सकिँदैन भन्ने हामीले तर्क राख्यौं’, उनले अगाडि भने, ‘ मान्छेलाई लैजान पनि सक्नुपर्यो नी । पठाउने भन्दैमा हाम्रो जिम्मेवारीबाट पन्छेर पठाइहाल्न मिल्दैन । यहाँबाट एयरपोर्टसम्म त्यसपछि एक घण्टाको फ्लाइट धान्न सक्नुहुन्छ कि हुन्न डा साबले ? परिवारसँग पनि सल्लाह गर्यौं । वहाँहरुले तपाईंहरुले जे गरिरहनुभएको छ, त्यही अनुसारले अघि बढौं भन्नुभएको छ ।’ by ratopati

 

फेसबुकबाट तपाईको प्रतिक्रिया