शेयर बजारमा आज २४ अंकको गिरावट
बिजनेसपाटी १५ फागुन
आज आइतबार सेयर बजार २४.४५ अंकले ओर्लिएर नेप्से परिसूचक १३१३.०१ आइ पुगेको छ। कारोबार रकममा पनि भारी गिरावट आएको छ । आज ५ करोड ६९ लाख रुपैयाँ बराबरको शेयर खरीद बिक्री भएको हो। आजको कारोबारमा सबैभन्दा धेरै कुमारी बैंकको शेयर खरीद बिक्री भएको छ । कुमारी बैंकको ३ करोड २४ लाख रुपैयाँ बराबरको शेयर खरीद बिक्री भएको हो ।
बीमा समूहका लगानीकर्ताले आज सबैभन्दा धेरै गुमाएका छन्। सबैभन्दा बढी सहारा विकास बैंकका शेयरधनीले कमाएका बैंकको करिब १० प्रतिशत मूल्यवृद्धि सँगै प्रति कित्ता मूल्य ३६ रुपैयाँ बढेर ३९८ रुपैयाँ पुगेको हो। सबैभन्दा बढी सिन्धु बिकास बैंकका शेयरधनीले करिब ७ प्रतिशत गुमाएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया