शेयर बजारमा एकैदिन १४५ अंकको गिरावट, आत्तिए लगानीकर्ता

काठमाडौँ २२ साउन २०८१।

मंगलबार सेयर बजारमा एकैदिन १४५ अंकको गिरावट आएको छ ।  झण्डै २८ सयको विन्दु नजिक पुगेको बजारमा मंगलबार एकाएक १४५ अंकले गिरावट आउँदै २६५१ अंकमा झरेको हो । मंगलबार समग्रमा नेप्से ५.१८ प्रतिशतले बजार खस्किएको छ । यसदिन २३ अर्ब ७१ करोड रुपैयाँमाथिको कारोबार भएको छ । 

२३३ कम्पनीको सेयर मूल्य घट्दा जम्मा ८ वटा कम्पनीको मात्र बढेको छ । मंगलबार हिमालय रिइन्स्योरेन्समा लगानीकर्ता झुम्मिदा कम्पनीको मात्र १ अर्ब ३९ करोड ७८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । मंगलबार १३ वटै उपसूचक ऋणात्मक भएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया