शेयर बजारमा फेरी गयो पहिरो
बिजनेसपाटी १ फागुन
शेयर बजार गत झैँ आज आइतबार पनि तिब्र गतिमा ओरालो लागेको छ । आज बजार ४३ अंकले खस्किँदा कारोबार रकम भने ५० करोड हाराहारी भएको छ।
आजको कारोबारमा होटल बाहेक सबै उचसूचक ओरालो लागेको नेप्से ४३.७३ अंकले घटेर १२५२.५ अंकमा झरेको छ । आज सबै भन्दा धेरै बीमा उपसूचक ६.४३ प्रतिशतले खस्कियो भने जलविद्युत ४.०६ प्रतिशत र बैंकिङ उपसूचक ३.६५ प्रतिशतले घटेका छन्। आज १३२ कम्पनीको ४९ करोड ४१ लाख रुपैयाँ बराबरको कारोबार भएको हो।
बजार ओरालो लाग्दा पनि आज ५ कम्पनीका शेयरधनीले भने कमाएका छन्। आज मेरो माइक्रोफाइनान्सका लगानीकर्ताले ५ प्रतिशत बढि कमाएका छन् । प्राइम लाइफ इन्स्योरेन्स र प्रभू इन्स्योरेन्सको शेयर मूल्य १० प्रतिशतले घटेको छ। आज १० कम्पनीका लगानीकर्ताले भने ९ प्रतिशत बढी गुमाएका छन्।
फेसबुकबाट तपाईको प्रतिक्रिया