शेयर बजारमा सवा ३ लाख नाबालक लगानीकर्ता
काठमाडौं०६ माघ २०७७ ।
गत साता एक वाणिज्य बैंकमा महिना दिनको बच्चाको नाममा ‘डिम्याट’ खाता खोल्न आएका एक अभिभावक भेटिए । प्राथमिक बजारमा सेयरमा आवेदन दिनकै लागि उनले नाबालक छोराका नाममा खाता खोल्दै थिए । मापदण्ड पुगेका सबै आवेदकलाई न्यूनतम १० कित्ता सेयर वितरण गर्नुपर्ने व्यवस्था छ । त्यसैले बच्चाका नाममा डिम्याट खाता खोल्न आएको ती अभिभावकको भनाइ छ ।
नाबालकका नाममा डिम्याट खाता खोल्नुको अर्थ उनीहरू पनि सेयर लगानीकर्ता हुन् भन्ने हो । यसका आधारमा पनि सेयर बजारमा करिब सवा तीन लाख नाबालक सेयर लगानीकर्ता रहेको रूपमा विश्लेषण गर्न सकिन्छ । डिम्याट खाता खोल्दैमा सबैले सेयरका लागि आवेदन दिन्छन् र उनीहरूलाई सेयर पर्छ नै भन्ने पनि हुँदैन । तर पनि अहिले सेयर बजार तातेको अवस्थामा डिम्याट खोले पनि आवेदन दिन्छन् भन्ने अनुमानका आधारमा यस्तो विश्लेषण गरिएको हो ।
पछिल्ला महिना नाबालकको नाममा खाता खोल्ने क्रम बढेको तथ्यांक छ । गत पुसमा मात्र ३९ हजार ६ सय ९४ वटा डिम्याट खाता नाबालकका नाममा खुलेका छन् । २०७६ पुसमा ५ सय ७७ वटा मात्र यस्ता खाता खुलेका थिए । गत वर्षको पुसको तुलनामा गत पुसमा २ लाख २६ हजार ९ सय २१ वटा बढी डिम्याट खाता खुलेका छन् । गत वर्षको तुलनामा यो वर्ष धेरै कम्पनीले प्राथमिक निष्कासन ९आईपीओ० जारी गरेको, सेयर बजार लगातार बढिरहेकोलगायत कारण डिम्याट खाता संख्या पनि बढेको जानकारहरू बताउँछन् । गत पुसमा मात्र २ लाख ३५ हजार ६ सय ३९ वटा डिम्याट खाता खुलेका छन् । गत वर्षको पुसमा ८ हजार ७ सय १८ वटा मात्र डिम्याट खाता खुलेका थिए ।
खासगरी लकडाउन खुलेपछि सेयर बजार बढिरहेको छ । सोही क्रममा आइतबार नेप्से २ हजार ३ सय १५ अंक पुगेको छ । अघिल्लो दिनको तुलनामा आइतबार नेप्से करिब साढे २८ अंकले बढेको हो । यो पनि हालसम्मकै उच्च हो । नेप्से परिसूचकसँगै सेयर बजारको आकार ९कुल बजार पुँजीकरण० पनि बढेर ३१ खर्ब १८ अर्ब रुपैयाँ कायम भएको छ ।
पछिल्लो समय चन्द्रागिरि हिल्सको प्राथमिक निष्कासनमा हालसम्मकै धेरै आवेदन परेको थियो । गत शुक्रबारदेखि इन्फ्रास्ट्रक्चर बैंकको आईपीओका लागि आवेदन आह्वान भएको छ । यो कम्पनीले ८ अर्ब रुपैयाँ बराबरको आईपीओ निष्कासन गरेको छ । यो हालसम्मकै ठूलो आईपीओ हो । यो कम्पनीको आईपीओमा आइतबारसम्म करिब १० अर्ब रुपैयाँ बराबरको आवेदन परिसकेको छ । ८ लाख २ हजार ७ सय ८ वटा आवेदनमार्फत सो रकम बराबरको सेयर माग भएको हो । आईपीओमा ९ करोड ९४ लाख ६ हजार ७ सय ४० कित्ता सेयरका लागि ९ अर्ब ९४ करोड ६ लाख ७४ रुपैयाँ बराबरको आवेदन परेको छ ।कान्तिपुर दैनिकबाट
फेसबुकबाट तपाईको प्रतिक्रिया