शेयर बजारले तीन रेकर्ड तोड्यो, कारोबार अहिलेसम्मकै उच्च

काठमाडौं ९ जेस्ठ ।

आज आइतबार  सेयर बजारमा अहिले सम्मकै उच्च रकमको कारोबार भएको छ । आज  बजारमा १३५  कम्पनीको एक अर्ब २४ करोड रुपैयाँको सेयर किनबेच भएको छ ।

आजको बजारमा नेशनल लाइफको ६ करोड ६५ लाख, एनबी बैंकको ६ करोड ६२ लाख र शिखर इनस्योरेन्सको पाँच करोड १७ लाख रुपैयाँको सेयर किनबेच भएको छ । कारोबार रकममा भएको उत्साहजनक प्रगतिसँगै सुचक पनि दोहोरो अंकले उक्लिएको छ । बजार १० अंकले बढेर १५०९ अंकमा पुगेको छ । आइबार सेयर बजारले रकम र सुचक दुबैको रेकर्ड तोडेको हो ।

शेयर बजारमा सोल्टी होटलको चार करोड ४६ लाख, नेपाल बैंकको चार करोड २१ लाखको र सेञ्चुरी कमर्सीयल बैंकको चार करोड एक लाख रुपैयाँको सेयर किनबेच भएको छ । बिमा सुचक अहिलेसम्मकै उच्च अंकले बढेको छ । बिमा सुचक ३३६.८२ अंकले बढेको छ ।  बैंकिङ १ र विकास बैंक चार अंकले बढेको छ भने बाँकीका सुचक घटेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया